ई – दिशानिर्देश

नयाँ युगको प्रारम्भ

१४ बैशाख २०७७, आईतवार
नयाँ युगको  प्रारम्भ

२ थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

समग्र मानवजाति विश्व मानचित्रमा अभूतपूर्व तरंग व्याप्त भईसकेको छ । यद्यपि परिवर्तनशील जगतमा विभिन्न समयमा अनेक घटना भएकै हुन । रोग व्याधि शसार्थको प्रयोगले असंख्य चर अचर विनष्ट भएका थिए । डायनासोरको करोडौ वर्षको सम्राज्य प्राकृतिक विपतबाट समाप्त भएको आदिमकालको यथार्थ इतिहास जीवन्त छ । प्लेग, दादुरा, हैजा, रुवेला आदि व्याधिबाट करोडौं प्राणी मरेका हुनाले कोरोना भाइरस किन नवीन रुपमा दिइयो यसको समीक्षा आवश्यक लाग्दछ ।
सन् १३०० देखी १६०० को समयलाई फ्रेन्च भाषामा Reunisance (पुनर्जागरण) को नाम दिइन्छ । यसले पनि ठूलो परिवर्तनकारी भूमिका निर्वाह गर्यो । विषयान्तर हुने भएकोले विवरणमा नगई विश्व परिवेश हेर्दा नयाँ युगको प्रारम्भ अभूतपूर्व रुपमा प्रकट भएको छ । ऐतिहासिक कालखण्डमा अनेकौं सम्राज्य बने । समयक्रमले समाप्त हुँदै गए । भारतमा पुरातत्व विभागले मोहन्जोदडो, हडप्पा आदि विकसित सभ्यता रहेको त्यस्तै महाभारत कालीन अवशेष, मिश्र रोम ग्रीक सभ्यताहरुको उत्थान पतन, यमन मुसलमानहरुका मध्यपूर्वबाट फैलिएका सम्राज्य, अंग्रेजहरुमा बेलायतको सम्राज्यमा सूर्य कहिले नअस्ताउने विश्वव्यापि शासन व्यवस्था समय क्रमले हराएको आफ्नै उपनिवेश अमेरिका उत्कर्षमा पुगेको त्यस्तै फ्रान्स युर्तगाल ग्रीक यूनानका सभ्यता कसरी फैलिएर समाप्त भए, सोभियत संघको उत्थान र पतन भारतीय सभ्यता र स्वतन्त्रताका इतिहास, चीनको सम्राट, राजाहरुबाट कुन गतिमा विकसित हुदै यो अवस्थामा आईपुगेको छ, यी तमाम पृष्ठभूमीमा वर्तमान विश्व परिवेश कसरी फरक ढंगले अगाडी बढी रहेको छ यो समीक्षा त सान्दर्भिक हुने नै भयो, नेपाल नामको भूमिमा बाचेको हुनाले यसलाई खास लक्षित गरी विश्लेषण गर्ने मेरो मनसाय छ । किनभने ऐतिहासिक कालखण्डको विलक्षण निर्णायक मोड आईसकेको हुनाले तर्क वितर्क भन्दा पनि यथार्थपरक विश्लेषणमा यो सानो लेखबाट समेट्न कठीन भए पनि आजको समय सन्दर्भले यसमा विश्लेषण गरिएन भने क्षम्य हुन नसक्ने र पेशागत रुपमा पनि कानूनी विषय समेत आईरहेकाले प्रिय प्रकाशक सम्म त पठनीय होला भनि लेख्दैछु आज म यो भन्ने छैन कि असान्दर्भिक व्यक्तिका विचार अर्थहीन छन किनभने सान्दर्भिकता कसैको पनि रहेन, एक्लो म मात्र कसरी एकाकि हुन सक्छु आज वास्तवमा नै प्रत्येक जनको चेतनालाई तरंगित पार्ने घटनाक्रम विकसित भईसकेका छन । अव बाहुबली वा निर्वलको सवाल छैन डुब्न लागेको जहाजमा कोही सुरक्षित अभिजात्य वा कथित ठूलो बन्न असम्भव छ । विश्व परिवेशको चर्चा गर्दा गर्दै अकस्मात नेपालको प्रसँग विषयान्तर जस्तो लाग्न खोजे पनि बस्तुतः त्यसो नभई सबै एक अर्कासँग गाँसिएका हुनाले कोरोना भाइरस विश्व मानचित्र परिवर्तन गर्न विचित्र रुपमा प्रकट भएको छ । यो प्रकृतिले प्रयोग गरेको अद्भूत शस्त्रका रुपमा आई लागेको छ । ठूल ठूला शक्ति राष्ट्र पंगु र धरासायी बनि सकेका छन । कुनै अस्त्र शस्त्र काम लाग्दैनन्, बम बारुद गोली बेगर विनास विचित्र गतिले भईरहेको छ । अर्थ व्यवस्था धरासायी भईसकेको छ । विज्ञानको चरम उत्कर्षका सामु कोरोनाले तुच्छ हुन भन्ने सन्देश र प्रहार गरी रहेको छ । यद्यपि यसको उपचार पद्धति ढिलोचाणो पत्ता लाग्ला तर त्यो अवधिसम्म त सारा कामकाज जोडी लुकी छिपी बस्न बाध्य पारी सकेको छ । आवतजावत बन्द भइसकेका छन । रोजगारी समाप्त हुदै छन् । लाखौ नेपालीहरुका लागी आफ्नो देश प्रवेश गर्न पाइने सम्मको छुट भएन भोकमरी अभाव गरिवीको मार वर्षौसम्म अनवरत चली रहने देखिन्छ, रेमिटेन्स कर आयका श्रोत वैदेशिक सहायता केही प्राप्त हुन नसक्ने स्पष्ट भएपछि रकम खान पल्केका भर्तिकेन्द्रको हविगत पनि दयनीय नहुने प्रश्न नै रहदैन । लाखौं कार्यकर्ताका दावेदारहरुको कही सक्रिय उपस्थिति देखिदैन । राहत कोषमा आएका रकमहरुको सुरक्षित उपयोग होला भनि विश्वास गर्न कठीन भएको छ ।
सरकार दुई तिहाईको शक्तिशाली छ भन्छन् यस्तो महामारीका बखत अचानक आएका दुई अध्यादेशले तरंग पैदा गरी दिएको छ । ओली साइपलाई धन्यवाद दिनु पर्छ जे लुकाएर रजगज गर्दै थिए नांगै भएर छिप्नै नसक्ने गरी बेनकाव भए अरुलाई पनि गराए, नयाँ नेपालको नाममा लूटतन्त्र मच्चाएको खुला सन्देश बाहिर ल्याई पुर्याए विगत अल्पसमय देखि यस सम्बन्धमा विविध टिप्पणी हेर्दै सुन्दै थिए । आश्चर्य लाग्दछ । यसमा तर्क गर्ने
कारण नै छैन । “मरता क्या नही करता” भन्ने हिन्दी उखान स्पष्ट हुँदा हुँदै अनावश्यक तर्क व्यर्थ लाग्दछन, ओलीले आत्मरक्षाका लागि कवच निर्माण गरेका हुन । असाधारण गतिमा घटनाक्रम बढ्दै जाने छन् । धुमौरीधारी सबका सव समूल नाश हुने बेला आई आश्चर्यजनक घटना आरम्भ भइसकेको छ । यसबाट जनजीवनमा के असर पर्ला त भनि हेर्दा महाभारत युद्धमा असंख्य मानव जातिको संहार भएको भनिन्छ तर आम सर्वसाधारणमा त्यसले कुनै तात्विक असर गरेन । किनभने युद्धमा मारिने वर्ग जाती विशेष थिए त्यस्तै राजनीतिका रुपमा हतियार बनाई विना शीप श्रम हुक्के धुपौरेहरुको
रोजीरोटी आनशान रवाफिलो अनावश्यक जीवनशैली अव कटौरा समाति दानापानीका लागि नयाँ “घोषणा” आश्रयस्थली खोज्ने समय आयो, यो परिवर्तन संविधान व्यवस्था सब “परछाइ” हुन काम लाग्दैनन् भन्दै आएको थिए यी सव ताशका महल जस्तै बालुवामा खडा भएका पुतला ढल्ने छन्, दुर्भाग्यवश विकल्प पनि सुखद देखिदैन । निकट भविष्यले आश्चर्यजनक भने देखाउने छ । विश्व परिवेशमा तथा कथित धर्म आस्थाका केन्द्र धरासायी हुदै छन् । सनातन, शाश्वत, सार्वभौम सत्यका रुपमा हाम्रो अन्तश्चेतनाका द्वार खुल्दै नचाहिदो दंभ र अहङ्कार भष्मासूर प्रवृत्तिले रंगमञ्च परिवर्तन भई नयाँ युगको प्रादुर्भाव निश्चित छ । नेपाल त्यसबाट अलग रहन सक्तैन, सारा बाद खोक्रा सावित भए, हामी त केवल दर्शकदीर्घामा छौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh