ई – दिशानिर्देश

अपाङ्गता भएका व्यक्तिलाई घर दैलोमै स्वास्थ्य समाग्री

२१ बैशाख २०७७, आईतवार
अपाङ्गता भएका व्यक्तिलाई घर दैलोमै स्वास्थ्य समाग्री

दिशानिर्देश समाचार
महेन्द्रनगर, २० बैशाख
सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य समाग्री सहयोग गरिएको छ । सेविका कन्ष्ट्रक्सन एण्ड ईन्जिनियरिङ्ग कन्सलटेन्सीका संचालक निराजन खडका, सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाह र नेपाल पारा ओलम्पिक कमिटि सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीर्घ कुमार
स्वाँरको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य समाग्री सहयोग गरिएको हो । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त स्वाथ्य समाग्री हस्तान्तरण गरिएको छ । एकद्धार प्रणाली अनुरुप तीनै जना दाताहरुले मुख्यमन्त्री भट्टलाई उक्त समाग्री हस्तान्तरण गरेका थिए ।
सुदूरका कैलाली, डडेल्धुरा र बझाङ्गका स्पाईनरी इन्जुरी भएका अपाङ्गता भएका व्यक्तिलाई उक्त स्वास्थ्य समाग्री दिईने छ । समन्वय अपाङ्गता सहायता प्रतिष्ठान नेपालका अध्यक्ष एव पत्रकार भवानी ऐरले अति आवश्क स्वाथ्य समाग्री वितरण गरिएको बताए । उनका अनुसार १६जनालाई अति आवश्यक स्वास्थ समाग्री दिईएको छ । कैलालीका अपाङ्गता भएका व्यक्तिलाई घरमै गएर उक्त समाग्री वितरण गएिको छ । भने बझाङ्ग र डडेल्धुराका अपाङ्गतालाई शनिबारदेखि समाग्री घरमै गएर दिईने छ । मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले प्रदेशभरीका अपाङ्गता भएका व्यक्तिको विवरण ल्याए सहयोग दिने बताए । नेपाल पारा ओलम्पिक कमिटि सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीर्घ कुमार स्वाँरले यस अघि पहिलो चरण अन्र्तरगत कञ्चनपुरको भीमदत्त, बेदकोटका अपाङ्गता भएका १०जनालाई स्वास्थ्य समाग्री वितरण गरिएको बताए । उनका अनुसार विश्वभरी कोरोना भाईरसको संक्रमण चलिरहेका बेला सबैभन्दा बढि अपाङ्गता भएका व्यक्ति मारमा परेको भन्दै अपाङ्गताका व्यक्तिका लागि अब खाद्यान्न समाग्री समेत वितरण गरिने बताए ।
सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाहले अपाङ्गता भएका व्यक्तिको कुनैपनि सरकारले ध्यान दिएको भन्दै आफ्नो तर्फबाट सहयोग गरिएको बताए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh