ई – दिशानिर्देश

राष्ट्रको अर्थ व्यवस्थाको जानकारी हुनुपर्ने

२१ बैशाख २०७७, आईतवार
राष्ट्रको अर्थ व्यवस्थाको जानकारी हुनुपर्ने

वर्षमा एक पटक बजेट भाषण हुन्छ बनाएको बजेट सार्वजनिक गर्ने प्रचलन नेपालमा कायम रहेको छ । हरेक बजेटमा सांसद कोषको रकम यथावत
रहेको पाइन्छ । सभासदको विश्वासिलो पात्रले जहाँ खर्च गर्न चाह्यो त्यहा खर्च गरिन्छ । जनताले यस अप्रत्यक्ष भ्रष्टाचारको रुपमा पनि हेरेको पाइन्छ । आजसम्म देशले विदेशी सहायता वा कर्जा कति लिएको छ लिएको कर्जा मध्ये कति तिरेको छ अव कति तिर्न बाँकी कस–कसको कति छ पंचायतकाल देखि हालसम्मको फिर्ता गर्न बाँकी रहेको कर्जाको विस्तृत विवरण सर्वसाधारणले समेत बुझ्न पाउने गरी सार्वजनिक गर्नुपर्ने माग रहेको पाइन्छ । जनतालाई पनि चिन्ता हुन्छ मेरो देशको अवस्था कस्तो छ भनि बुझ्न आतुर भएको बेला अर्थ व्यवस्थाको चित्रण गर्नुपर्ने नै हुन आउँछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh