ई – दिशानिर्देश

एघार दिनमा दुई हजार बढि कञ्चनपुर भित्रिए

२१ बैशाख २०७७, आईतवार
एघार दिनमा दुई हजार बढि कञ्चनपुर भित्रिए

दिशानिर्देश समाचार
महेन्द्रनगर, २० बैशाख
लकडाउनमा बेला कञ्चनपुरको पुर्वीद्वारबाट एघार दिनमा दुई हजारबढि स्थानीय भित्रिएका छन् । काठमाडौँ लगायतका विभिन्न जिल्लाबाट बैशाख दोस्रो र तेस्रो साताको अवधिमा दुई हजार ५३ जनाले प्रवेश गरेका हुन् । पुर्वनाबाट जिल्ला प्रवेस हुने भएपछि कृष्णपुर नगरपालिका जनस्वास्थ्यकर्मी र सशस्त्र प्रहरी बलका प्राविधिक कर्मचारीले हेल्थडेस्क मार्फत जिल्ला भित्रिने नागरिकको स्वास्थ्य चेकअफ गराईरहेका छन् ।
कृष्णपुर नगरपालिकाको तथ्याङ्क अनुसार ७ बैशाखदेखि १७ सम्म ५ सय १९ महिला र एक हजार ५३४ जनाले जिल्ला प्रवेस गरेका छन् । ७ बैशाखमा १ सय १३, ८ ९६, ९ १ सय ९, १० एक सय २, ११ १ सय ४४, १२ १ सय ४१, १३ ३ सय ६७, १४ मा ३ सय ८४, १५ २ सय ४१, १६ मा २ सय ७७ र १७ मा ७८ जनाले जिल्ला प्रवेस गरेका छन् । कृष्णपुर नगरपालिकाले ९ वटै वडाका चार हजार ८६ घर परिवारलाई राहत वितरण पनि गरेको छ । सबै वडाहरुमा न्यायोचित राहत वितरण गरेको जनाईएको छ ।
चामल ८९ हजार ८सय २९क्विन्टल, दाल ७ हजार ७सय ४४, तेल चार हजार ४ सय ४४ लिटर र नुन चार हजार एक सय २४किलो नुन वितरण गरिएको छ । कृष्णपुर नगरपालिकामा विभिन्न निकायबाट सहयोग पाईएको छ ।
कृष्णपुर नगरका प्रमुख कर्ण हमालले कोरोना रोकथामका लागि समाजिक दुरी कायम गर्दै राहत वितरणदेखि जिल्ला प्रवेसद्धारमा हेल्थडेस्क मार्फत चेकजाँच गरिएको बताएका छन् । भने मेयर हमालले सहयोगीताहरुप्रति आभार प्रकट गरेका छन् । जिल्ला प्रवेस गर्ने सबैको स्वास्थ्य परीक्षण गरेर सम्बन्धीत स्थानीय तहको जिम्मेबारी लगाईन लागिएको छ । जिल्ला प्रवेसद्वार कृष्णपुर नगरपालिका ५ गुलरिया गजरौला, मोहन चौकमा सशस्त्र प्रहरी बलले हेल्थडेस्कका साथै ब्यारेल समेत राखेर जिल्ला सिल गरेको छ । ‘जिल्ला प्रवेस गरेका सबैको स्वास्थ्य परीक्षण गरेर सबैलाई स्थानीय तहको जिम्मा लगाईरहेका छौँ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh