ई – दिशानिर्देश

लकडाउनको सदुपयोग गर्दै अपाङ्गता भएका व्यक्तिहरु

२१ बैशाख २०७७, आईतवार
लकडाउनको सदुपयोग  गर्दै अपाङ्गता भएका व्यक्तिहरु

दिशानिर्देश समाचार
महेन्द्रनगर, २० बैशाख
चीनको बुहान शहरबाट देखिएको कोरोना भाईरस यतिबेला विश्वका शक्तिशाली राष्ट्रदेखि विकासोन्मुख मुलुकसम्म प्रभाव पारेको छ । कोरोना भाईरस(कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ । तर, कतिपयले लकडाउनको उलङघन गर्दै फजुल घुमिरहेका छन् । यस्ता फजुल समुह व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्बाही पनि गरिरहेको छ । लकडाउन सदुपयोग गर्न सके क्रियात्मक काम पनि भईरहेका छन् ।
आफ्ना खेतबारी बाँझा राखेर खाद्यान्नदेखि तरकारीसम्म भारतबाट आयात गरेर उपभोग गर्दै आएका नेपालीले अब घर घरमा तरकारी खेति गरेर लकडाउनको सदुपयोग गर्दै आत्मनिर्भर तर्फ उन्मुखको विकल्प छैन् । कञ्चनपुरमा अपाङ्गता भएका व्यक्तिपनि आफ्नो व्यक्तिगत शारिरिक पीडा छिचोल्दै लकडाउनको सदुपयोग गरिरहेका छन् । भीमदत्त नगरपालिका ६ऐठपुरका जिवन भट्ट अपाङ्गता भएका व्यक्ति हुन् । उनी लकडाउनमा घरमै फुलबारीदेखि बिग्रेका साईकल मर्मतमा जुटेका छन् । फुलबारीदेखि व्यवासयिक रुपमा उनीघरमै बिग्रेका साईकल मर्मत गरेर समयको समुपयोग गरिरहेका छन् । हामी नेपालीले पौरख गरे चट्यानमा समेत हराभर गर्न सकिन्छ । त्यसैले तपाई पनि आजदेखि लकडाउनको सदुपयोग गर्दै तरकारीखेती तर्फ उन्मुख भई आत्मनिर्भर बन्न प्रयास गर्दा आफ्नो र देशको भलो हुने देखिन्छ ।कुराकानी, गफगाफ र भाषणमा नभई व्यवहारिक जिवनमा नै आत्मनिर्भरका काम गरेमात्रै सुखी नेपाली सम्बृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh