ई – दिशानिर्देश

आन्दोलन क्रान्ति, आतंककारी के हो ?

२८ बैशाख २०७७, आईतवार
आन्दोलन क्रान्ति, आतंककारी के हो ?

आन्दोलन, क्रान्तिकारी र आतंककारीका रुपहरु हेर्दा तिनै उस्तै उस्तै लाग्छन र जनता पनि भ्रमित नै रहेका देखिन्छन, सरकार पक्षले जे भन्यो जनता पनि त्यही स्वीकार्दा रहेछन्, अन्तमा यहि सत्ता आतंककारी भनिने संगठन सित पुग्यो भने त्यो शुद्ध प्रजातन्त्र लोकतन्त्रवादी हुने रहेछ । संसारमा घटेका हरेक घटनाले त्यो देखाई रहेको छ । जनतालाई बलवानले जे को पुष्टि गरि दियो त्यही सम्झन्छन। केही समयको लागी भए पनि हामी हाम्रो नेतालाई खुब विश्वास गर्छौं त्यसको विकल्प खोज्न पनि नेता नै चाहिन्छ ।
राजपरिवारका १० जना सदस्यको हत्या भयो अलग अलग ठाउँमा मारिए । राजाका एडीसीहरुले पनि युवराजले नै मारेको भन्ने पुष्टि गर्न खोज्यो र त्यसमा आजसम्म कुनै फेरबदल भएन । प्रतिपक्षका नेता माधवकुमार नेपाल शक्तिशाली नेता नै हुन छानविनको बेला समितिबाट भागे जे देखि यो त्यही भन्नुपर्नेमा के को डर यदि कसैले मारेमा झन अमर हुने थिए घटनाको पनि स्वयम् खुलासा हुने थियो । हुन त दिपेन्द्र होइन भनेपछि अर्को देखाउनु पर्ने बाध्यता पनि थियो होला हामी त अझै भन्दैछौं कि एकै समयमा अलग अलग ठाउँमा एकै जनाले मार्न सक्दैन त्यो पनि रक्सी खाएर कालो सेतो चिन्न नसक्ने अवस्थामा रहेका बेला । हुन त दिपेन्द्रको मुकुण्डोधारीलाई जो सुकैले पनि दिपेन्द्र नै भन्नुपर्ने हुन्छ जहानेर जसले देख्यो युवराज दिपेन्द्र नै देख्यो र त्यही प्रचारबाजी पनि भयो भने अर्को एकथरीले गलत प्रचार पनि गर्यो त्यो स्वयम मिल्या लागेकोेले कुनै पनि सरकारले विरोध गर्न सकेन । न
कारवाही गर्न सक्यो सुरक्षा निकायको कमजोरीले त्यो दुर्घटना घटेपनि कुनै प्रजातान्त्रिक वा लोकतन्त्रवादी सरकारले कारवाही गर्न सकेन हिम्मत क्षमता राखेन जसरी राजसंस्थाको अन्त्य भयो त्यस्तै नेपालको अन्त गर्न लेन्टोप दर्जेहरु सलबलाई रहेका छन् वा तिनको खोजी भैरहेको नहोला भन्न सकिन्न ।
संग्रहालयको स्थापना गरियोस
नेपालका सबै प्रदेशमा संग्रहालयको स्थापना हुनुपर्ने जनधारणा रहेको छ । प्रदेशहरुमा रहेका संग्रहालयले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आयमा बृद्धि हुन्छ र वन्यजन्तु तथा ऐतिहासिक सामग्रीको संग्रहले अलग्गै किसिमको उल्लामय हुन्छ । भारतको लखनौको चिडियाखाना तथा संग्रहालय पुरातात्विक सामग्रीहरु राखिएका छन भने त्यसैगरी नयाँ दिल्लीको लालकिल्ला क्षेत्र केरला मद्रास मुम्बई लगायतका सबै क्षेत्रहरुमा सर्वको बगैचा मृग संग्रहालय चिडियाखाना राखी संरक्षण गरिएकाले विदेशबाट प्राप्त हुने उपहार गैडा हात्ती बाघ, तथा पुराना मनुष्यका लासहरु समेत ती संग्रहालयमा राख्ने गरिएको छ । भारत सरकारलाई इजिष्ट सरकारले उपहार दिएको ५ हजार वर्ष पुरानो महिलाको लास लखनौंको संग्रहालयमा अझै हेर्न सकिन्छ । त्यस्तै तिर्थस्थलहरुमा भारतले कनियाकुमारी देखि कास्मीरसम्म र आसाम देखि मुम्बै सम्मका हजारौं मठमन्दिरहरुको संरक्षण गरी विश्वका पर्यटकहरुलाई दर्शन गराई रहेको छ । दूनघाटीका पर्यटकीय स्थल, मनसुरी कागडा धर्मशाला, कास्मीरमा समेत सरकारले रमणीय प्राकृतिक स्थानलाई सजाएर पर्यटक तान्ने काम मात्र हैन जगन्नाथ पुरीको मन्दिरमा पहिलो पुजा गर्ने अधिकार नेपालका अर्थात विश्व हिन्दुहरुमा राजारानीलाई मात्र
रहेको छ । विगतमा भारत सरकार तथा त्यहाँका जगतगुरु संकटाचार्यले राजारानी ज्ञानेन्द्र शाह र रानी कोमललाई उच्च सम्मानका साथ पुजा गर्ने अवसर दिएका थिए । त्यहाँका हिन्दु भक्तजनहरुले राजारानीको कर्तल ध्वनीका साथ जैजैकार गरेका थिए त्यो सबै नेपालीलाई थाहा भएको हुनुपर्छ । हाम्रा विश्व शान्ती दूत गौतम बुद्धका मुर्तिहरु भारत, बंगलादेश श्रीलंका चीन, तिब्बत लगायतका थुप्रै देशमा राखी पुजा गरी रहेका छन् भने नेपालमा यस्ता शालिकहरु तोडी बहादुरी कमाउला भनि नेताले सोचेका छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh