ई – दिशानिर्देश

सशस्त्र प्रहरीको साईकल गस्ती

२८ बैशाख २०७७, आईतवार
सशस्त्र प्रहरीको साईकल गस्ती

दिशानिर्देश समाचार/महेन्द्रनगर, २७ बैशाख
विश्वभरी कोरोना भाईरसको प्रभावले मानिसलाई कसरी बाँच्ने बारे विवस बनाईरहेको छ । सरकारले समेत कोरोना भाईरस (कोडिभ ९)रोकथामका लागि आगामी ५जेठसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
यसै सन्दर्भमा लकडाउन प्रभावकारी बनाउन कञ्चनपुरमा सशस्त्र प्रहरी बलले कञ्चनपुरमा साईकल गस्ती नियमित शुरु गरेको छ । पछिल्ला दिनहरुमा नागरिकबाटै समाजिक दुरीको वेवास्ता गर्दै राजमार्ग, चिया चोक चौतारामा भिडभाँड जुटाएर लकडाउन उलङघन हुन थालेपछि सशस्त्र प्रहरीले यस अघि गर्दै आएको पैदल र सवारी साधनको गस्तीपछि साईकल गस्ती गर्न नीति अघि सारेको छ ।
सशस्त्र प्रहरी प्रहरी बल ३५नम्बर गण शैलेश्वरीले कञ्चनपुरभरी साईकल गस्ती गर्न मातहतका निकायलाई निर्देशन समेत जारी गरेको छ । बुधबार मात्रै शैलेश्वरी गणका गणपति बीरसिह शाहु आफै शुक्लाफाँटा नगरपालिका ५ बनसमिति शैलेश्वरी गणदेखि कञ्चनपुरको पुर्वी सीमानासम्म आफै साईकल चढेर गस्तीमा हिडेका थिए ।
पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बनसमितिदेखि जिल्ला प्रवेसद्वार कृष्णपुर नगरपालिका ५ गुलरिया गजरौलासम्म साईकल गस्ती गरिएको थियो । त्यसको भोलीपल्टै गणबाट राजमार्ग महेन्द्रनगर बजार, मझगाउँ हुँदै दोधाराचाँदनीसीमा सम्मा साईकल गस्ती गरिएको छ । साईकल गस्तीका क्रममा लकडाउन उलङघन गर्नेहरुलाई सम्झाई बुझाई कोरोना जित्न सबैले लकडाउन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुपर्ने सचेत गराईरहेका छन् ।
समान्यतया सशस्त्र प्रहरीमा उपल्ला दर्जाका वा कमाण्डरहरुले साईकल शोकका लागि चढ्ने भएपनि ३५ नम्बर गणका गणपति शाहु शसस्त्र प्रहरी जवानसंगै साईकल चलाएर दुईदिन गस्तीमा हिडेपछि सशस्त्र प्रहरीलाई थप हौसला प्रदानका साथै नागरिकले समेत सशस्त्र प्रहरीको गस्तीको प्रसंसा गरेका छन् ।
एकारित ईन्धन नसकिने अर्का्तिर साईकलमा पनि गस्ती गर्दा चुस्तीफुर्ती आउने भएकाले फौजी संगठनका लागि साईकल गस्ती पनि प्रभाकारी हुने कतिपय जानकारको बुझाई छ । सशस्त्र प्रहरी उपरीक्षक शाहुले लकडाउन प्रभावकारी बनाउनका लागि साईकल गस्ती समेत गरिएको बताए ।
उनका राजमार्ग, सीमा क्षेत्र, वन क्षेत्र, ग्रामीण भेगबस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले साईकल गस्ती गरेर अपराध न्यूनिरणका लागि भूमिका निर्वाह गरेको बताए । सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ ।
सशस्त्र प्रहरी ३५ नम्बर गणले समेत सशस्त्र प्रहरीलाई गस्ती गर्नका लागि साईकल उपलब्ध गराएको छ, भने बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीलाई गस्ती प्रभावकारी बनाउन ८ थान साईकल र सुरक्षा उपकरण दिएको बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले बताए ।
भारतसंग सीमा जोडिएको १ सय २९.५ किलोमिटर दुरीमा सशस्त्र प्रहरीले नियमित पहरा बनाएको छ । सीमा क्षेत्रमा आवतजावत रोक्नका लागि यस अघि १० अस्थायी पोष्ट सहित गस्ती बढाएको हो ।
सश्स्त्र प्रहरीले कञ्चनपुरमा कोरोनाको चैन तोड्नेदेखि अवैध हतियार बोक्ने जनप्रतिनिधी, मदिरा सेवन गरेर लकडाउन तोड्ने, लागु औषधका तस्करलाई तह लगाउँदै आएको छ । सशस्त्र प्रहरीले कोरोना बाट बाँच्नका लागि सबै नागरिक समेत हुनुपर्नेमा जोडदिदै आएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh