ई – दिशानिर्देश

सर्पले डसेकी किशोरीको सफल उपचार

२८ बैशाख २०७७, आईतवार
सर्पले डसेकी किशोरीको सफल उपचार

दिशानिर्देश समाचार/ महेन्द्रनगर, २७ बैशाख
सर्पले डसेकी एक किशोरीको महाकाली अस्पतालमा सफल उपचार भएको छ । २१चैत्र घाँस काट्ने जंगल गएकी
परशुराम नगरपालिका–७ बड्डी मलास डडेल्धुराकी १८ बर्षिया किशोरी जानकी बोहराको महाकाली अस्पतालमा सफल उपचार भएको हो ।
यस बर्षको गर्मी र बर्षे मौसमको पुर्व सन्ध्यामा सर्पले डसेको पहिलो केस सफल भएको पाईन्छ । किशोरीका बाबु करन बोहराले घाँस काट्ने क्रममा विषालु सर्पले जानकीको हातमा काटेको थियो ।

‘घरबाट गैरखानसम्म पिठ्युमा बोकेर ल्याए, ‘उनले भने, ‘त्यहाँबाट अस्पताल सम्म एम्बुलेन्समा ल्याए ।’ लकडाउनका कारण छोरी बाँच्ने आसै नभएको बताउदै उनले कमै खर्चमा छोरीको सफल उपचार भएको अनुभव सुनाए । कतिपयको सर्पले डसेपछि लाखौँ खर्च भएपनि उनको अहिलेसम्म सबै ८ हजार मात्रै खर्च भएको छ । महाकाली अस्पतालका डा. अर्जुन कुमार भट्टले बिरामी अस्पतालमा भर्ना भएपछि २४घण्टासम्म चिकित्सक एव स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिएको बताए । एन्टिस्नेकभेनमबाट उनको उपचार गरियो । अहिले उनमा धेरै सुधार नभएको डा. भट्टले बताए । एचबियू कक्षमा उनको उपचार भईरहेको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्कसर)ले जनशक्ति र उपकरण बढ्दै गएपछि सर्पले डसेका बिरामीको उपचार भएको बताए । उनका अनुसार यो बर्षको पहिलो केस हो । यस अघि सर्पले डसेका बिरामीलाई धमाधम बाह्य रिर्फर गर्दै लैजान्थे, अहिले अस्पतालको प्रयासबाट उनको अस्पतालमै उपचार भएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh