ई – दिशानिर्देश

बेलौरी नगरपालिकाद्धारा नौं सय क्विन्टल धानको बिउ वितरण

२८ बैशाख २०७७, आईतवार
बेलौरी नगरपालिकाद्धारा नौं सय क्विन्टल धानको बिउ वितरण

दिशानिर्देश समाचार/महेन्द्रनगर, २७ बैशाख
कञ्चनपुरको बेलौरी नगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गर्न लागेको छ । बेलौरी नगरपालिकाका मेयर पोतिलाल
चौधरीले आज बेलडाँडी पोष्टसंग कुरा गर्दै बेलौरी नगरपालिका उत्पानमुखी कुराहरुमा जोड दिन लागेको बताउदै ९ सय क्विन्टल बिउ प्रत्येक वडामा ९० क्विन्टलका पुग्ने गरी ५० प्रतिशत अनुदानमा दिन लागेको बताउनु भयो ।
बेलौरी नगरपालिकाले उत्पादमा बढी जोड दिने भन्दै अहिले धानको विउँ वितरण गर्ने समय भएकाले सबै किसान समुहहरुलाई पुग्ने गरी धानको बिउ वितरण गर्न लागेको बताउनु भयो । उहाँका अनुसार वडामा गठित वडा स्तरीय कृषि समन्वय समितिको सिफारीसमा वडाका समुह मार्फत वितरण गर्न निर्देशन दिएको बताए । लकडाउनको बेला किसान धानको बिउ नपाएर भौतारीनु भन्दा किसान दाजुभाईहरुलाई सजिलोको लागि यस्तो कार्यक्रम ल्याएको बताए । कुनै पनि किसानलाई समस्या नपरोस भन्ने हिसावले प्रसस्त मात्रमा धानको बिउ ल्याएको बताउनु भयो ।
स्थानीय सरकार प्रत्यक्ष किसान संग टच भएकाले किसानका समस्याहरुलाई पहिलो प्राथामित्ता दिदै बेलौरी नगरपालिका भित्र अन्य कृषि बालिमा समेत जोड दिने बताउनु भयो । उहाँले भन्नु भयो, बेलौरीमा लकडानउका क्रममा खुर्सानी किन्नु परेको देखियो तर अर्को आर्थिक बर्षको निति तथा कार्यक्रममै खुर्सानी, आलु, टमाटर जस्ता कुरामा पोकेट क्षेत्र बनाएर कार्यक्रम अगाडी बढाउने आफ्नो तयारी रहेको समते बताउनु भयो ।
यस नगरपालिका भित्र ९० प्रतिशन भन्दा बढी किसान भएकाले ठाउँ अनुसारको खेतीमा जोड दिने नगरपालिकाको तयारी रहेको जनाउनु भयो । सबै उत्पादन मुखी भए भारतको मुख हेरेर जीउने समस्याको समाधान गर्ने समेत आफुहरुको तयारी रहेको जनाउनु भयो । यसरी लकडाउनको समयमा ५० प्रतिशत अनुदानमा धानको बिउ पाउन थालेपछि यस क्षेत्रका किसान हर्षित भएका छन् । किसानहरुले भने यस्ता कार्यक्रम थप स्थानीय सरकारले ल्याउनेमा आफुहरु आशावादी भएको समेत भएको बताए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh