माथिको हरफ हतोत्साह गर्न नखोजी यथार्थ भन्न मात्र खोजेका हौं । “हामी निरिह जनता” द्वन्दकालमा माओवादी पार्टीले एक गाउँबाट अर्को गाउँ जान आउन भिसा जारी गर्यो “हामीले लुरु लुरु सह्यौ” तास खेल्नेलाई तास खुवाउँदा हामी खुसी हुन्थ्यौ घुस खानेलाई भौतिक कारवाही गराउदा समेत खुसी हुने हामी आज आफै भ्रष्टाचारी बनेका छौं ।
झुलाघाटमा सुरुङ पारी नालापानी किल्ला पुनः फिर्ता ल्याउने हाम्रो कबोल कालापानी भन्दा माथि माथि लिपुलेक लिपियाधुरामा अडकियो, गरिब निमुखालाई फकाई सिडी चढने हामी आज आफै अपरिचित भयौं । कोरोना पनि आजै आयो आफ्नै देशको माटोमा हुर्किएका हामी स्वावलम्बी थियो खारिया खनेरै भएपनि आकाश सितको उधारो पानीमा खेती गरेको मस्त जिन्दगी कोरोनाको चपेटामा परेको छ । माओवादी द्वन्दकालको जस्तो त्राही त्राही भएको छ । हे ईश्वर माओवादी द्वन्दबाट बाच्न सफल भएको मेरो सहोदार बाच्न दिनु भन्ने प्रार्थना गरेको देखिन्छ । भारतको झुक्यानको आड मार्यो माओवादीले भनि सोचेको बेला हाम्रो नै आड मर्यो, नापी विभागको शोषणमा जनता परेका थियौ निमुखा आज पुरै देशले काकाको अपुताली खान खोज्दा बुवाको अपुताली पनि अर्कैले खाई रहेको छ । निर्लज्ज भएर बाच्ने गलत मौकामा आत्महत्या गर्ने मन लाग्छ । यौटा सुसाईट नोट लेखेर आत्महत्या गरु जस्तो लाग्छ । नेताहरु हामी जनताझै निरिह भएर गए हाम्रो अधिकार उनैलाई समर्पण गर्यौं अव हामी साच्चै निमुखा छौं ।
हामी निरिह भएका छौं, जस्तो आशा माओवादीको थियो उस्तै आशा माओवादी विप्लपको गरेकोमा कति बेला त्यो पनि चकनाचुर हुन्छ थाहा छैन । हामी निरिह जनता नेता छान्न नजानेका निमुखा निरिह हाम्रो बारेस खै लिपियाधुरा र कालापानीको वारेस खै ?