ई – दिशानिर्देश

कुनै पनि क्षेत्रले जनभावनाको कदर गर्दैन

१९ चैत्र २०७३, शनिबार
कुनै पनि क्षेत्रले जनभावनाको कदर गर्दैन

नेपाल सरकार र नेताहरु त जनताका भावनाको कदर गर्दैनन् तर अचेल मीडियाहरुले पनि जनभावनाको कदर गर्न छोडी सके । कुनै ऐन कानूनको परिधि भित्र नबसी मनमानी तरिकाले काम गर्दैछन् ।
रेडियो, टी.भी., एफ.एम.ले तथा पत्रपत्रिकाले आफ्नो रुटिङ बनाउन सकेका छैनन् । दिउँसो भरीको कार्यक्रममा कुनै बेलाको प्रसारण गर्ने भन्ने एकिन छैन । देशका नागरिकलाई विना रोकटोक समाचार सुन्ने हक र अधिकार छ तर समाचारको समय कुनै निश्चित छैन । जनताका अधिकार र साझा समयलाई खोसी दुरुपयोग गरेका छन् ।
समाचार पढ्ने समय, वादविवाद लगायतका हरेक कार्यक्रमका सबैको सही उपयोग गर्नुप¥यो । समाचारको समय जनताको हुदा त्यो समय विक्री गर्न मिल्दैन । त्यस्तै स्वाभिमानी विज्ञापन मीडियाले छान्नु प¥यो । जथाभावी रकम पाइन्छ भन्दैमा भारतीय सेवा सुविधाको विज्ञापन गर्नु हुदैन भन्ने धारणा व्यक्त गरेका छन् । स्वास्थ्य जस्तो कुरामा आफ्ना क्षेत्रको अस्पतालको राम्रो नराम्रो कुरा जानकारी गराउनु वेश हो तर रिस्क लिई विदेशी डाक्टर राम्रो भनी पुरस्कार लिनुहुदैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh