ई – दिशानिर्देश

धर्मको सीमाना हुदैन

१९ चैत्र २०७३, शनिबार
धर्मको सीमाना हुदैन

नेपालमा धार्मिक तथा पर्यटक स्थलको विकास हुन सकेको छैन । आज हामी महेन्द्रनगरमा छौं । त्यसैले भारतीय सीमा सित जोडिएका तीर्थस्थलमा पुरानो ब्रह्मदेवमा रहेको सिद्धबाबा शिवरुपी धार्मिक आस्थाको केन्द्र रहेको छ । महाकाली पारी माथिल्लो डा“डामा पूर्णागिरी माताको मन्दिर रहेको छ । पूर्णागिरी माताको दर्शन गर्ने धेरैजसो भारतबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । पूर्णागिरीको दर्शन गरेपछि अन्तमा सिद्धबाबाको दर्शन नगरे फल नपाइने किम्बदन्ती भएकोले तीर्थको सफलताको लागि अनिवार्य रुपबाट पूर्णागिरी माताको दर्शनपछि सिद्धबाबाको प्राचिन स्थान कवानी खल्ला मछिट्टीको डाँडामा भएपनि बाटो तथा यातायातको असुविधाले जान सक्ने स्थिति नहुदा ब्रह्मदेव र महेन्द्रनगर बजारमा सिद्धबाबाको स्थापना गरेको हुदा चैत्र देखि हजारौं भक्तजनहरुको घुइचो लागि रहेको छ ।
यी सबै तीर्थयात्रीहरु भारतको गुजरात, मुम्बईबाट समेत आएका भएपनि सीमावर्ती क्षेत्र पिलिभित, रुद्रपुर, बरेली मेरठ लगायतका धेरै ठाउँहरुबाट नेपालका उक्त ३ वटै स्थान पुरानो र नयाँ ब्रह्मदेव, महेन्द्रनगर बजारको पूर्वतर्फ रहेको मन्दिरमा दर्शन गरेर फर्कदा यहा“ पाइने विदेशी छाता, जुत्ता, तल्चा, लुगा कपडा १÷२ थान खरीद गरेर लैजाने हुदा व्यापारीहरुको आम्दानीमा पनि केही बृद्धि भएको छ ।
तीर्थ यात्रा गर्नेहरुमा सरकार, संघसंस्था, व्यक्तिहरुबाट पीडित पक्ष बढी देखिएका छन् । भारतको उत्तर प्रदेश र नेपालको अन्तिम ७ नं. प्रदेशमा अत्याधिक हिन्दु बाहुल्यता क्षेत्र रहेपनि मुस्लिमहरुको भद्रता र हिन्दु धर्मावलम्बी प्रति आस्थावान रहेका छन् नेपाल र भारतका हिन्दुहरु । उनीहरु भन्दछन् कि राजनीति गर्नेहरुको क्षेत्रवण्डा गरिएका छन् तर धर्महरुको कही सीमाना छैन । शत्रु पक्ष भएपनि धार्मिक स्थलमा जान छुट छ भन्छन् भारत पिलिभित घर बताउने प्यारेलाल गोयल । नेपाल हाम्रो हिन्दु धर्मको राजधानी समेत भएको तर नेपाली नेताहरुले विदेश सित मिलोमतो गरी विश्व हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष गरेकोमा सारा हिन्दुहरुको आस्थामा बज्रपात गरेको छ भने भारतमा अंग्रेजहरु कै बाहुल्यता बढी भएकोले गर्न सकिएन भन्ने कुरा थप्दै हेमराज पौडेलको भनाई पनि देखिन्छ ।
भारतको बनबसा पुलको ठोक्करमा त्यहा“का रिक्सा युनियनले बनाएको मन्दिरको दा“जोमा महेन्द्रनगरमा केही छदैछैन भनेपनि हुन्छ । यदि धार्मिक क्षेत्रको विकास गर्दै जाने हो भने धार्मिक पर्यटकहरुको संख्यामा अत्याधिक बृद्धि हुने देखिन्छ । भारतबाट आउने धार्मिक पर्यटकहरु धेरैजसो मध्यम वर्गीय घरानका बढी आउने भएकोले उनीहरुलाई नेपाल र भारतका कष्टमहरुबाट सुविधाजनक राम्रो व्यवहार गर्नुपर्ने उनीहरुको माग रहिआएइको छ । निकट भविष्यमा मुख्य तीर्थस्थल भम्केनीधाम, विष्णुधाम, झिलमिला ताल, वेदकोट तथा आरक्षमा पर्यटकहरुको सुविधाजनक भ्रमण गराएमा पनि पर्यटक वृद्धि हुने हुदा सरकारले विशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ । त्यस्तै शिवधाम क्षेत्र, एयरपोर्ट हुदै झिलमिला तालबाट मलासको डा“डैडा“डा सडक लगि वेदकोट निकास गर्ने हो भने देहरादून, मनसुरी सम्म आउने पर्यटकहरुको आवागमन निश्चित रुपमा बृद्धि हुने थियो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh