ई – दिशानिर्देश

नेपालको संविधान २०१९ – भाग ५

१४ असार २०७७, आईतवार
नेपालको संविधान २०१९   – भाग ५

समय परिवर्तनशील छ मानव विचारधारा फेरबदल हुँदै जान्छन् जनचाहना स्वार्थमा लटपटिएका हुन्छन्, हरेक समाज नियम कानूनले चल्छ तर कानूनको पालना गर्नु पर्दछ नत्र देश समाज चलाउन कठिन हुन्छ, हामी माथि प्रयोग भएका सबै संविधानहरुलाई ऐतिहासिक दस्तावेजकै रुपमा प्रकाशित गरिरहेका छौं । अध्यापनको लागि सरल र सहज हुने नै छ केवल इतिहासको रुपमा मात्र हो भन्ने कुरा जानकारी गराउन नेपालको संविधान २०१९ लाई ऐतिहासिक जानकारी गराउँदछौं ।
भाग ५
श्री ५
२०. अधिकारको श्रोत श्री ५ ः
(१) यो संविधानमा श्री ५ भन्ने शब्दले श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहका वंशज आर्य संस्कृतिका अनुयायी
हिन्दु धर्माबलम्बी गद्दीनसीन श्री ५
महाराजाधिराजलाई सम्बोधन गरेको सम्झनु पर्दछ ।
(२) नेपालको सार्वभौमसत्ता श्री ५ मा निहित रहेको छ र कार्यकारिणी, व्यवस्थापिका र न्याय सम्बन्धी सबै अधिकार मौसूफबाट सःसृत हुन्छ । शाह राजवंशको उच्चतम परम्परा अनुसार प्रजाको हित र इच्छाको विचार गरी श्री ५ बाट यो संविधान र तत्काल प्रचलित अन्य कानून बमोजिम स्थापित अंगहरुद्वारा सो अधिकारहरु प्रयोग गरिबक्सिन्छ ।
२० क. समन्वय परिषद् ः (१) दलविहीन प्रजातान्त्रिक पंचायत प्रणालीद्वारा सबै नेपालीलाई एकै सुत्रमा गाँसी देशको सुरक्षा, सुव्यवस्था, शानित र न्याय कायम गरी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता तथा अखण्डताको संरक्षण गरी श्री ५ को कार्यकारिणी, व्यवस्थापिका, न्याय सम्बन्धी तथा अन्य कार्य प्रणालीमा समन्वय कायम राख्न श्री ५ बाट चाहिबक्सेमा एउटा समन्वय परिषद्को गठन गरिबक्सन सकिबक्सनेछ ।
(२) समन्वय परिषद्को गठन, काम, कर्तव्य र कार्य प्रणाली समेत अन्य आवश्यक विषयमा श्री ५ बाट स्वीकृत नियमाबली बमोजिम हुनेछ र यो नियमावलीको पालना भयो भएन भन्ने प्रश्न कुनै अदालतमा उठाउन पाईने छैन ।
२१. राजगद्दी–उत्तराधिकार सम्बन्धी कानूनः (१) यस संविधानको कुनै कुराले पनि श्री ५ का वंशजहरुको राजगद्दी–उत्तराधिकार सम्बन्धी कानून, रीत र
परम्परालाई असर पार्ने छैन ।
(२) श्री ५ का वंशजहरुको
राजगद्दी–उत्तराधिकार सम्बन्धी कानून बनाउने, संशोधन गर्ने र खारेज गर्ने सम्पूर्ण अधिकार श्री ५ मा मात्र रहनेछ ।
२२. राज्य सहायक, राज्य सहायक परिषद् राजप्रतिनिधि र
राजप्रतिनिधि परिषद् ः यस संविधानमा श्री ५ लाई सम्बोधन हुने शब्दले, विषय वा प्रसंग अनुसार अर्को अर्थ नलागेमा, अधिकार पाएको राज्य सहायक वा राज्य सहायक परिषद्लाई र धारा २२ क. बमोजिम अधिकार प्रयोग गर्ने राजप्रतिनिधि वा
राजप्रतिनिधि परिषद्लाई पनि जनाउँछ ।
२२ क. राजप्रतिनिधि र
राजप्रतिनिधि परिषद् ः श्री ५ बाट मौसूफ नेपाल बाहिर रहिबक्सेको अवधि वा कुनै तोकिएको अवधिसम्मको निमित्त लालमोहरले प्रमाणित गरिबक्सेको अधिकार पत्रमा तोकिएको शर्तको अधीनमा रही मौसूफबाट गरिबक्सने दैनिक कार्य सञ्चालन गर्न
राजप्रतिनिधि नियुक्त गरिबक्सी वा
राजप्रतिनिधि परिषद् गठन गरिबक्सी अख्तियार दिन सकिबक्सनेछ । त्यस्तो राजप्रतिनिधि वा राजप्रतिनिधि परिषद्ले अधिकार पत्रमा तोकिएको शर्त तथा परिधि अन्तर्गत रही गरेको कार्य यस संविधानको उद्देश्यका लागी श्री ५ बाट भए सरह मानिने छ ।
२२ ख. श्री ५ को झण्डा ः
चतुरस्त्र आकार, सिम्रिक रङ्गको भूई, झण्डाको दण्डीतिरको माथिल्लो कुनाा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार, दण्डोको पल्लापट्टिको माथिल्लो कुनामा बाह्रकोणयुक्त सूर्यको सेतो आकार, मध्य भागमा पंचायत्वको प्रतीक पारेर रेखाङ्कन गरिएको सेतो झण्डा रहेको र सो झण्डाको दण्डीलाई अगाडिको दुबै हातले समाती पछाडिको दायाँ खुट्टाले दण्डीको फेदलाई आड दिई सम्मुख पारी उभिएको सेतो सिंह भएको परम्परागत झण्डा श्री ५ को झण्डा हो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh