ई – दिशानिर्देश

धान खरीद गर्न र मूल्य तोक्ने काम गरियोस्

११ आश्विन २०७७, आईतवार
धान खरीद गर्न र मूल्य तोक्ने काम गरियोस्

सरकारले समयमा कृषकहरुलाई मलखाद उन्नत बीउ उपलब्ध गराउन नसके पनि आफ्नै क्षमताले भ्याएसम्म कृषकहरुले धानखेती गरेका छन् ।
महङ्गो मल सिचाईबाट व्ययभार ग्रस्त भएका कृषकहरुले लगाएको धानबाली फल्ने अवस्थामा रहेको छ । साना किसानहरु एक दुई बोरा धान विक्रि गर्छन तर त्यसको पनि उचित मूल्य पाउने ग्यारेन्टी छैन त्यस कारण ठूला किसानको धान खरिद गर्न सरकारलाई केही समय लाग्ने र व्यवस्था मिलाउनु पर्ने भए पनि साना किसान जो १/२ बोरा धान बेची मलखादको ऋण चुक्ता गर्न चाहन्छन् उनीहरुका धान सरकारले मूल्य अनुदान दिएर भए पनि चाडै खरिद गर्नु पर्ने व्यवस्था होस भन्ने किसानहरुको कामना रहेको छ ।
आज हाम्रो सरकार हामी सबैलाई दुःख लागेको छ कि हाम्रा युवाहरु आफ्नो रोजीरोटीको लागी यस्तो अवस्थामा पनि भारततर्फ गई रहेका छन । सगरमाथा लगायतका टिभीबाट सिमानामा हामी सबैले लाईनबद्ध रहेका हामीले देखेकै छौ यी सबै बढीमा पहाडी जिल्लाहरुबाट आएका हुन । पहाडका डाडाँकाडा सबै नाँगा छन, प्रचुर मात्रामा फलफुल उत्पादन हुने भए पनि युवाहरुलाई जोस जागर र अन्य सुविधा सरकारले दिन सकेको छैन । सरकारी नोकरी निजामती सेना प्रहरी बाहेक अरु कुनै रोजगार युवाहरुको लागी छैन,सरकारले अन्न फलफुलको बजारको बन्दोबस्त गरी अरु मुलुक झै यहाँको बाझो धर्तिलाई उर्बरा बनाई युवाहरुलाई कृषि फलफुलतर्फ आकर्षण गराउन सके अवश्य युवाहरु स्थिर भएर काम गर्ने थिए । आजको सरकारले कृषकहरुलाई सक्दो सुविधा दिने संकेत पाएकाले सरकार सित धेरै कृषकहरु सन्तुष्टिमा छन, राजसंस्था विहिन जनप्रतिनिधिले धानेको सरकारबाट जनताले आफ्नो माग प्राप्त गर्न खोज्नु राम्रो कुरा हो ।
आज नेपाल र नेपाली जनतालाई सबल नेतृत्व चाहिएको छ उपलब्ध भएसम्म छदैछ थप आवश्यक भएमा जनताले खोज गर्नुमा कुनै दोष छैन तर नेपालको सञ्चालन नेपालबाट नै होस वैदेशिक हस्तक्षेप रोकियोस, नेपाली कृषक, सेना, प्रहरी, कर्मचारी, शिक्षकहरुलाई आवश्यक पर्ने ड्रेस कपडाको उत्पादन नेपालमा नै गरियोस राजनीति र शासन गर्नमा विदेशी हस्तक्षेप हामी रोकौं हाम्रो मेल भयो भने हामीलाई कसैले दवाउन सक्दैन भन्ने कुरा जनता सरकार कसैले पनि भुल्नु हुदैन । देश सबैको साँझा हो देशलाई इमान्दारी बनाउ हाम्रो धर्म संस्कृति सनातनको जगेर्ना गर्दै अगाडी बढौं नेपाल र नेपालीको सभ्यता जिवन्त राखौं, आज मोहन जोद्डो र हपप्पामा भएको उत्खनन् गरी सभ्यताको खोजी भईरहेको छ भने नेपालको सभ्यताको हकमा पाँच हजार वर्ष भन्दा बढी अवधी सम्मको सभ्यता जिवन्त छ र जिवन्त राखौं । राष्ट्रमा भाइचारा रहोस सबै पार्टी पार्टी बीच एकता रहोस भन्ने धारणा पनि रहेका
छन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh