ई – दिशानिर्देश

सामाजिक विकृति उच्च विन्दुमा

२५ आश्विन २०७७, आईतवार
सामाजिक विकृति  उच्च विन्दुमा

शान्त नेपालले आज अशान्ति सामाजिक विकृतिको घेरा भित्र बस्नु परेको छ । सामाजिक विकृति गाउँघर शहर देशभर फैलिदै गएको छ । यसको निदान समयमा नै खोज्न सकिएन भने भावि निदनहरु भयावह हुनेछन् । व्यक्तिगत स्वार्थले गर्दा राज्य नै भयावहको अवस्थामा पुग्न लागेको छ । जव देशमा सुशासन सुरु होला जस्तो हुन्छ त्यस बेला हरेक प्रकारको संकट देशमा आई परेको इतिहास टाढा छैन । २००७ सालले प्रजातन्त्र ल्यायो २००७ सालमा जसले ल्यायो उसैले मास्यो मास्न लगायो । २०४६ सालमा पुनरवहाली भयो जसले गर्यो उसैले लगेर गयो । २०६३/६४ मा लोकतन्त्र गणतन्त्र आयो त्यो पनि डगमगाई रहेको छ । देशमा राम्रा काम कारवाही भएको देख्न नचाहनेको संख्यामा संख्यात्मक बढोत्तरी भई रहेको छ ।
राष्ट्रमा कानूनको पालनाको अभ्यास भैरहे पनि पुर्ण हुन पाएको छैन । कानूनको पालना नभएर हो वा प्राकृतिक नियम संगत नियम नबनाएको कारणबाट अपराध बढी रहेका छन् देशमा सबैभन्दा दुःख लाग्ने कुरा जवरजस्तीकरणी वा बलात्कारका घटनाहरुमा बढोत्तरी भई रहेको छ । बलात्कारपछि हत्या गर्ने र चेहरामा तेजाव छर्कि कुरुप बनाई दिने वा सामुहिक बलात्कार पछि हत्या गर्ने माथि विश्वका अरु देश वा छिमेकी राष्ट्र भारतमा भएको कानून जस्तै यस्ता जघन्य अपराधीलाई मृत्युदण्डको सजायको कानूनी व्यवस्था हुनुपर्छ भन्ने मानव समाजको धारणा रहेकोले मूल नियमले मृत्युवरण बन्देज गरे पनि केवल बालबालिका अपहरण, बलात्कारपछि मार्ने अपराधी माथि त्यस्तो मुत्युदण्डको सजाय हुनै पर्दछ । त्यसमा झन १०/१२ वर्ष मुनिकी बालिका परेका समाचार आई रहेका छन् । त्यस्तो नियम बनाएमा महिला सभासदको अग्रसरतामा हुनु अनिवार्य उमेर पुगेकी वा पत्नीले जवरजस्ती गर्यो भन्ने मुद्दामा गहन अध्ययन हुनु पर्दछ । सुरुमा दुवैको मन्जुरीले लेनदेन समेत गर्ने अन्तमा बढी मोलतोलको लोभले जवरजस्ती गरेका भन्ने घृणाहरु पनि नभएका
होइनन् । त्यस्ताको प्रकृति हेरेर मुद्दा चलाउने तथा निर्णय हुनु पर्दछ । यौनकर्मीहरुले पनि इज्जजतपुर्वक बाच्न पाउनुपर्छ भन्ने जमानमा लोग्ने स्वास्नी बीचको सम्बन्धलाई खलल पुग्ने गरी बनाएका नियममा पनि ध्यान दिनु पर्दछ । श्रीमती विरामी रहेको अवस्थामा लोग्नेबाट जबरजस्ती भएको र अन्य अवस्थामा अन्य प्राविधिक कारणबाट इच्छा नहुँदा लोग्नेबाट जबरजस्ती गरिएको कुरालाई पनि गम्भिर रुपले विशेष अध्ययन गर्नुपर्ने देखिन्छ ।
आजको लोभी स्वार्थी समाजलाई नियन्त्रण गर्न सरकारी निकायहरुलाई पनि निकै कठीन भएको पाईन्छ । जेसुकै भए पनि वर्तमानको समाज जतिसभ्य हुँदै गयो त्यति असभ्य पनि भैरहेको छ । ४०/५० वर्ष पहिलेको समाज घरपरिवारमा अत्यन्त राम्रो सद्भावना हुने गर्दथ्यो तर आज उनै व्यक्ति जिवित रहेपनि समाजिक रितिथिति हराई सकेको छ । गाउँ घरमा भाई छोराहरुमा फुट गराई फाईदा लिने तत्वहरुको कमी छैन । आफन्तलाई आफन्तबाट नै धोका दिलाउने पारिवारिक फुट गराउने काम समेत भइरहेका छन् ।
आफ्ना नातेदार भाईबन्धु सित भेटघाट गर्न नदिने अपवाह फैलाउने जस्ता अनेक प्रयास यो समाजमा जारी छ । यी सबै कानूनी त्रुटी मात्र हैन कार्यान्वयनमा पनि हेलचेक््याई भैरहेको पाइन्छ । परिबन्धमा परेका नफसुन भनेर कुनै कसुर गर्नमा यति वर्ष कैद यति हजार जरीवाना वा दुवै सजाय गर्न सकिने छ भनेको दफा व्यक्तिगत नाफामा प्रयोग गरे अन्यास हुन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh