ई – दिशानिर्देश

निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने – नयाँ शक्ति संयोजक

२६ चैत्र २०७३, शनिबार
निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने – नयाँ शक्ति संयोजक

काठमाण्डौं, २६ चैत्र ।२०५२ देखि रामले बनवास लिएझैं जंगल पसेका तर हिंस्रक बनी त्यो हिंसक पार्टी परित्याग गरी आफ्ले पवित्र पार्टी खोल्न चोखिएझै नयाँ जनशक्ति पार्टीका संस्थापक रहेझैं नयाँ नागरिकको खोज तलासमा हिड्दै बडामुस्किलले पार्टीको रुप धारण गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्थानिय निर्वाचनमा भाग लिनको लागि चुनाव चिन्ह नपाउँदा आक्रोशित भई चिन्ह नपाएका अरु पार्टीहरुलाई पनि आफु तिर तान्दै धाँक र धम्कीका साथ अधिराज्भर प्रदर्शन, धर्ना समेत गरी रहेका छन् । यस्तो गर्न पूर्व प्रधानमन्त्री समेत रही सकेको हैसियतले मिल्छ मिल्दैन त्यो कुरा उनी र उनको सरकारलाई थाहा हुने कुरा हो । जे भएपनि हजारौं हजार मानिसका मुण्डन गरी सकेपछि शान्ति प्रक्रियामा आएको पार्टीले चुनाव चिन्ह खोज्नु सकारात्मक कुरा हो तर नेपालमा पार्टीहरुको संख्या बढी भएकोल संसारका परिचित चिन्ह भन्दा पनि पार्टीको चिन्ह नदिएको पनि हुन सक्छ ।
नयाँ शक्ति पार्टी ३ नं प्रदेश संयोजक गङ्गानारायण श्रेष्ठले दलको हैसियतमा निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने बताएका छन् ।
नयाँ शक्ति सिन्धुलीको बैठकको निर्णय सार्वजनिकीकरणका लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई दलको हैसियतका आधारमा दलिय निर्वाचन चिह्न दिनुपर्ने बताए ।
उनले भने ‘निर्वाचन आयोगले दल दर्ता गर्न आग्रह गर्ने अनि दर्ता भएका दललाई स्वतन्त्र रुपमा चुनाव चिह्न दिन्छु भन्नुको अर्थ निर्दलीय व्यवस्थातर्फ देशलाई लग्न खोजिएको छ । यसमा नयाँ शक्तिले पूर्ण रुपमा विरोध गरेर निर्वाचन हुनै दिँदैन ।’
सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको पनि उनको आरोप थियो ।
निर्वाचन वातावरण देशका जिम्मेवार पार्टीहरु स्वयंले र संविधान निर्माण गर्ने बेला नै थाहा थियो कि यो संविधानले नेपालमा चुनावको माहोल बनाउँदैन भन्ने कुरा स्वयं संविधान निर्माता बाबुराम भट्टराईलाई पूर्ण थाहा हुदा हुदै रिसको आवेगमा आएर उनले आफ्नो पार्टी परित्याग गरेका हुन् । केवल मुखले उनले प्रत्यक्ष मात्र माओवादी पार्टीलाई दोष दिन नसकी खुरुखुरु आफ्नो व्यक्तिगत कार्ड नदेखाइ पार्टी तथा सभासद् पदबाट समेत राजीनामा दिई प्रचण्डबाट अलग बस्न खोजेका मात्र हुन् । बाँकी दर्शनको कुरा गर्ने हो भने दुबैको एउटै माओवादी दर्शन नै
रहेको देखिन्छ । नेपालका कुनै पनि पार्टीहरु आफ्नो या कसैको दर्शनले चलेका छैनन् । पार्टीको घोषणा पत्र एउटा हुन्छ पार्टीको काम कारवाही अर्कै देखिन्छ । घोषणा पत्र त केवल देखावटी मात्र हो त्यो पत्रलाई सर्वसाधारणले न पढ्न सक्छन् न अर्थ बुझ्न सक्छन् । सर्वसाधारणलाई केवल झुक्याउने नीति मात्र राजनीतिक पार्टीहरुको देखिन्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh