ई – दिशानिर्देश

सामाजिक तथा धार्मिक चाँडपर्व

१६ कार्तिक २०७७, आईतवार
सामाजिक तथा धार्मिक चाँडपर्व

करिव करिव हामी सामाजिक तथा धार्मिक चाँडपर्व २०७७ को अन्ततर्फ पुगी रहेका छौं । रामराज्यको समयदेखि चलिरहेको विजया दशमी २०७७ को समापन भएको छ । त्यसपछिको अर्को महत्वपूर्ण पर्व भाईटिका, गाई पुजा, कुकुर पुजा र कागतिहार जोडिएको दिपावली पर्व भाईटिका आईरहेको छ । विजया दशमी र भाईटिका अर्थात तिहार पर्वले सामाजिक गतिविधिलाई समेटेको छ । यी पर्वहरु सबैले देखे सुनेकै भएकोले त्यसको बारेमा बढी भनि रहनु पर्दैन । हाम्रो समाज अटुट रितिरिवाज धर्म संस्कृतिमा बाधिएर रहेको थियो ।
जेष्ठ नागरिक, मान्यजन तथा आस्थावानप्रतिको आस्था कहिलै मेटाउदैन थियो दिदीबहिनीको प्रेम भाई बहिनीप्रतिको सद्भाव अपार थियो र अझै छ । हाम्रो समाजको परम्पराले र धर्मले पशुहरुप्रतिको दयामोह पनि अथाह रहेको पाइन्छ । गाई तिहार गाई पुजाले गाईको महत्व बुझाउँछ तर वर्तमानमा गाईलाई पागल कुकुर सरह ठानी गोठबाट निकाल्ने तरजुमामा समाज कसिएर लागेको छ । वर्षभरी गाईको दुध खायो अनि घर निकाला गरेको हामी देख्छौ तर केही भन्न र गर्न सक्दैनौं । हामी आफैले मानी आएको समाज विग्रदै गएपनि सामाजिक रितिरिवाज भने हराएका छैनन् रीत सम्म जोगाएकै छ । राम्रो कार्य अमर हुन्छ, रामराज्य कसको राज तथा श्रीकृष्णको लिलाका सम्झनाहरु जिवित रहेका छन् । त्यस्ता हाम्रा पुराणहरु पनि त्यस्तै छन गरुड पुराण हाम्रो धर्म संस्कृति समाज सुधार ऐन नियमे ओतपोत भएको पाइन्छ । गरुड
पुराण तथा बेदहरुको रुपान्तरिक शब्द सुन्दा आफ्नो जीवन अर्कै लाग्छ जसको वर्णन हामी गर्न सक्दैनौं ।
उतिबेलाका ऐन नियम धार्मिक सामाजिक र निष्कपट थिए । त्यस बेलाको समाज माया प्रेमले ओतपोत थियो, हामी आज पनि त्यस्तो समाज निर्माण गर्न सक्छौ तर ऐन कानून नियमको पालना सबैले गरिदिनु पर्दछ । साझा नियमको पालना सबैले गरिदिनु पर्दछ । २००७ सालदेखि हालसम्म संविधान नियम कानूनको अपहेलना भएको छ । त्यसकै फलस्वरुप पंचायती व्यवस्था गयो राजा विरेन्द्रको वंशनास गर्यो र जिउँदा राजा ज्ञानेन्द्र सत्ता च्यूत पनि भए । आज सिंहदरबार घर घरमा पुगेको छ तर नारायणहिटीले पुग्न पाएन । ३० वर्षे पंचायती व्यवस्थाले राजाको छत्रछायामा रहेर ७५ जिल्लामा सडक सञ्चालन तथा काठमाडौं लगायतका विभिन्न स्थानहरुमा उद्योगहरुको स्थापना भएका थिए । २०४७ पछिका नेताहरुले उद्योगका नामको जग्गा समेत बेचेर खाए प्रमाणको लागी जनकपुर चुरोट कारखानाको नाममा रहेको गोदावरी अत्तरीयाको जग्गा छ । त्यहाँ घेर पर्खाल लगाई उद्योग स्थापनाको तयारीमा थियो व्यवस्था बदलियो उद्योगको सम्पत्ति पनि गायव भयो । कारवाही र जमिन फिर्ताको लागी लेख्यौ तर कसले कारवाही गरी जग्गा फिर्ता गर्थ्र्यो, अव देश भ्रष्टाचारको जालोमा फसेकोले उम्काउन सरल छैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh