ई – दिशानिर्देश

युवा पलायन हुनबाट राकौं

२३ कार्तिक २०७७, आईतवार
युवा पलायन  हुनबाट राकौं

नेपालमा रोजगारीको अवसर नपाउँदा दिनादुदिन युवाहरु पलायन भईरहेका छन् । सुदूरपश्चिमकै कुरा गर्दा पनि कोरोना कहरकै बाबजुद पनि दुई छाक टार्न र एकसरो लुगा लगाउनका लागि मात्रै पनि भारत जानु परेको छ । चाडवाडका बेला पनि मजदुरी गर्न भारत जानुपर्ने बाध्यता रहेको छ । दैनिक जसो सिमा क्षेत्रबाट नेपालीहरु हजारौंको संख्यामा बाहिरीरहेका छन् । घर परिवारको खर्च धान्नै मुस्किल परेकाले मुग्लानको बाटो जानुपरेको बाध्यात्मक परिस्थिति हाम्रो सामु लुकाएर पनि लुक्न सक्दैन । स्वेदेशमा कुनै पनि रोजगारीको अवसर नपाउँदा नेपाल बाहिर जानु परेको स्थिति छ । सस्तोमै भएपनि विदेशमा गर्नैपर्ने बाध्यात्मक परिस्थिति खडा भएको छ । नचाहेर पनि कष्टकर रुपमा काम गर्नुपर्दा कति बाध्यता, कष्ट र भोग्नुपरेको पिडाले नेपालीको मन कति राएको छ भन्ने कुरा महलमा बस्ने सरकारलाई के थाहा ? यस्तो बाध्यता विवस्तालाई मध्य नजर गरेर सरकारले स्वदेशमा रोजगारीको सिर्जना गर्नुपर्दछ ।
अहिले नेपालमा दक्ष जनशक्ति उत्पादनको दर बढेको छ । दक्ष जनशक्तिलाई नेपालमा टिकाउन नदिएको परिदृष्य हामी सामु विगतदेखि अहिलेसम्मको इतिहास फर्केर हेर्दा छर्लङ्ग नै छ । नेपाल सरकारले युवाहरुलाई विदेश पलायन पलायन गराउनु भन्दा पनि स्वदेशमै साना, मझौता तथा ठूलो उद्योगहरु स्थापना गरी स्वदेशमा नै रोजगारीको अवसर प्रदान गराउनु पर्दछ । स्वदेशमै रोजगारी सिर्जना गरे नेपालको आर्थिक बृद्धिदर पनि निश्चित रुपमा बढ्छ । नेपालमा अहिले विकास निर्माणको चरणलाई तीब्र रुपमा बढाउन विभिन्न स्तरका युवाहरुलाई क्षमता अनुसारको काममा परिचालन गरिनु पर्दछ, तब समृद्ध नेपाल सुखी नेपाली सपना साकार हुन्छ । सातै प्रदेश उद्योगहरु स्थापना गरी नेपालीलाई मातृभूमिमा नै काम गर्ने अवसर प्रदान गर्नु नेपाल सरकारको दायित्व निर्वाह गर्नुपर्छ । सरकारले प्रत्येक नेपालीको घरआगनमा खुसीयाली छाउन विभिन्न ठाउँ अनुसार कुन स्थानमा कस्तो उद्योग फस्टाउँछ त्यस अनुसार कार्ययोजना बनाएर अघि बढाउनु आवश्यक छ । नेपालमा दिगो विकासको अवधारणाले मात्र पुग्दैन, यसको कार्यान्वयनको पाटो बलियो बनाउनु आवश्यक छ । सरकारले नीति नियम बलियो बनाएर आवश्यक काम कारवाहीलार्य चाडो भन्दा चाडो अगाडि बढाउनु जरुरी छ । ताकी विभिन्न विकास निर्माणहरु अगाडि बढ्दा युवाहरुले नै स्वदेशमा नै काम गरेर आफ्नो जिविका चलाउन सकुन । दिगो विकासले देशको भविष्यको खाका कोर्छ ।
नेपाललाई कृषि प्रदान देशले चिनिन्छ तर वास्तविक रुपमा कृषि क्षेत्रको विकास हुन सकेको छ । वास्तविक रूपमा खेती धानिरहेको ठूलो समुदायलाई बेवास्ता गरेर दिगो कृषिको नारा लगाउनु भनेको गन्तव्य निश्चित नभएको यात्राको थालनी जस्तै हो । दिनभर पसिना बगाए बापात प्राप्त हुने एकाध माना कनिकामा नून, पानी र खोर्सानी घोलघाल पारेर ८–१० जनाको पेट तातो पार्नुपर्ने बाध्यता रहेसम्म पोषिलो आहार सपना मात्रै रहिरहने निश्चित छ । हाम्रो देश नेपालमा पनि कामका लागि विभिन्न खाडी मुलुक कतार, साउदी अरेबिया, कुबेत, दुबई, इजरायल, दक्षिण कोरिया, ताइवान, जापान लगायतका अन्य देशहरुमा जानेको संख्यामा बृद्धि भएको छ । कामको खोजीमा इराक, सिरिया, अफगानिस्तान जस्ता देशमा अवैध ढङ्गले जानेको कुरा त अझै दर्दनाक छ । ज्यानबाजी लगाएर नेपालीहरु विदेशी भूमिका काम गरिरहेका छन् । यसतर्फ कुनै कसैको ध्यान जान सकेको छैन । अब सरकारले यसको विकल्प पक्कै पनि नखोजी हुदैन, नेपालमै रोजगारीको सिर्जना गरी विदेश पलायन हुनबाट राकौं र दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गरेर प्रोत्साहन गर्ने कार्ययोजनाको निर्माण गरिनु पर्दछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh