ई – दिशानिर्देश

टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा प्रभावित

२६ चैत्र २०७३, शनिबार
टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा प्रभावित

बैतडी, २६ चैत्र । कुनै पनि सेवासुविधाहरु एक अर्काका पूरक भएर रहेका छन् । जस्तै खानेपानी, शहरी विकास, सडक, दुरसञ्चार जस्ता संस्थानहरुले एक अर्का सित समन्वय गरेनन् भने देशले ठूलो घाटा व्यहोर्नु परेको हुन्छ । असक्षम संस्थानले गर्दा अर्काे संस्थानले पूर्ण सेवा दिन सक्दैन । जस्तो दुरसञचारले आफ्नो सेना पूर्ण रुपमा आज सम्म दिन सकेको देखिदैन । निजि क्षेत्रको तुलनामा आधा पनि सेवा सुविधा दिन नसक्दा दुर्गम भेगमा रहेका स्वास्थ्य केन्द्र, अस्पताल, सुरक्षा निकायले समेत समयमा सेवा उपयोग गर्न पाएका छैनन् ।
नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा जिल्लाको दुर्गम तल्लोस्वोराड क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।
जिल्लाको दुर्गम पञ्चेश्वर गाँउपालिका, शिवनाथ गाँउपालिका, मेलौली नगरपालिकाका अधिकांस वडाहरुमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यस क्षेत्रको स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो ।
नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्वास्थ्य सेवा प्रभावित हुने गरेको शिवनाथ गाँउपालिका १ शर्माली गौशल्ला सुरक्षित प्रशुती केन्द्रकी अनमी यसोदा साउदले बताउनुभयो । नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा समस्या हुने गरेको छ उहाँले भन्नुभयो, ‘गर्भवती महिला तथा सुत्केरी महिलालाई चेकजाँच गराउन फोन गर्न समेत सकिदैन’ ।
रातीको समयमा कोही महिला सुत्केरी हुदाँ नेटवर्कले काम नगर्दा समस्या हुने गरेको समेत उहाँले बताउनुभयो ।
स्वास्थ्य जस्तो संवेदनसिल क्षेत्रमा काम गर्दा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सेवा प्रवाहमा समस्या भएको शर्माली स्वास्थ्य चौकीका ईन्चार्ज प्रकाश चन्दले जानकारी दिनुभयो । भौगोलिक बिकटता भएको शर्मालीमा स्वास्थ्य सेवा दिन अप्ठ्यारो भएका बेला गाँउपालिका भएकोले भारतीय मोबाईल बढी प्रयोग हुने गरेका छन् उहाँले भन्नुभयो ‘नेपाली नेटवर्कले काम नगर्दा भारतीय मोबाईलको प्रयोग गर्नुपर्ने भएको छ’ ।
टेलिकमले पछिल्लो समय बिभिन्न ठाउँमा टावर राखी सेवा बिस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लोस्वोराडका स्थानीय बासिन्दा फोन सेवा बाट बन्चीत भएका साविकको शर्माली गाविसका सचिव हरि सिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिवनाथमा रहेको नेपाल टेलिकमको टावरले मात्रै काम गर्छ ।’
नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा तल्लोस्वराड क्षेत्रका बासिन्दा भारतीय मोबाईल प्रयोग गर्न बाध्य भएका छन् ।
साविकको आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्र लगायतका गाबिसका स्थानीय बासिन्दा अझै पनि भारतीय मोबाईल प्रयोग गर्न बाध्य भएका हुन् ।
यस क्षेत्रमा नेपाली फोनले काम गर्न थाले पनि अधिकासं ठाउँहरुमा नेपाल टेलिकम को प्रिपेड तथा पोस्टपेड फोन सेवाले काम नगर्ने उदयदेवका स्थानीय बासिन्दा बिरेन्द्र महताले बताउनुभयो ।
नेपाल टेलिकम कुनै पनि मोबाईलले काम नगर्दा भारतीय मोबाईलको प्रयोग गर्न बाध्य भएको शिवनाथ गाउपालिका १ की रेखा साउदले बताउनुभयो । उहाँले भन्नुभयो ‘गाँउमा सबैले भारतीय मोबाईल प्रयोग गर्ने गरेका छौं’ ।
भारतसंग सिमा जोडिएको तल्लोस्वाराड क्षेत्रमा नेपाल टेलिकमले प्रभावकारी सेवा दिन नसक्दा स्थानीय बासिन्दा भारतीय मोबाईलको प्रयोग गर्न बाध्य भएका हुन् ।
नेपाल टेलिकमको सेवा नै प्रभावकारी नहुँदा सबैले भारतीय मोबाईल प्रयोग गर्ने गरेको स्थानीय बासिन्दा पुस्कर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली मोबाईलको नेटवर्क आउदैन’ ।
तल्लोस्वाराडमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा लगायतका सेवाहरु प्रभावित हुने
गरेकोले टेलिकमले त्यो क्षेत्रमा आफ्नो सेवा प्रभावकारी बनाउन जरुरी रहेको छ । तल्लोस्वराड क्षेत्रमा नेपाल टेलिकमले आफ्नो सेवा प्रभावकारी बनाएर सञ्चारको सुविधा दिन आवश्यक छ ।
विकट क्षेत्रहरुमा पनि निजि क्षेत्रका टेलिकमहरुले आफ्नो सुविधा स्तरीय दिएको छ । सेवा मात्रै स्तरिय होइन कमिसनखोरहरुलाई समेत ती कम्पनीहरुले पालिरहेका छन् भने झन् मुलमा रहेको नेपाल टेलिकमले जनतालाई सेवा किन दिन सकेन यसको छानविन अपरिहार्य छ । हुन त जसले निरिक्षण ग¥यो ऊ नै फाइदाको भागीदार बन्न
खोज्छ । साझा सम्पत्ति भएकोले नीजि कम्पनीको जस्तै दुरसञ्चारले अनैतिक तरिकाबाट आफुले बोनस खाएपनि अरुलाई दिन मान्दैन रदिन पनि हुदैन । अरुलाई दिने रकम र आफुले पाउने बोनसबाट भएपनि सर्वप्रथम नेपाल अधिराज्यभरीका सबै जनताले समान सुविधा पाउनुपर्ने विचार त्यहाँका जनताले राखेका छन् । नीजि कम्पनीहरुमा लगानी आफ्नै भएर पनि नाफामा चल्नु दूरसंचारलाई विभिन्न राष्ट्रहरुको सहयोगमा निर्माणा भएर पनि घाटामा आउनु अत्यन्त दुखद कुरा हो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh