ई – दिशानिर्देश

आमाका चमत्कारी हातहरु कार्यक्रमले ल्यायो थारु महिलाको व्यवहारमा परिर्वतन

१६ फाल्गुन २०७७, आईतवार
आमाका चमत्कारी हातहरु कार्यक्रमले ल्यायो थारु महिलाको व्यवहारमा परिर्वतन

दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ फागुन
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाँगफाटा दशरथ टोलका थारु महिला हरेक हप्ता आमाका चमत्कारी हातहरु(एमएमएच) कक्षामा सहभागी हुन्छन् । कक्षामा उनीहरुलाई सरसफाई, लैङ्गिक समानता, विभिन्न रोगबाट बच्ने उपाय लगायतका बारेमा कक्षमा सिकाईन्छ ।
स्थानीय पर्वद्धकबाट थारु भाषामै प्रशिक्षण गराईने भएकोले उनीहरुको सिकाई प्रभावकारी बनेको छ । कक्षा लिन थालेपछि स्थानीयको सरसफाईसँग घरायसी व्यवहारमा समेत परिवर्तन भएको छ । वडा नम्बर १९ की दशरथचन्द टोलकी गिता चौधरीले कार्यक्रम सञ्चालन भएपछि सरसफाईको व्यवहार र लैङ्गिक समानताबारे जानकारी पाएको बताईन् ।
कक्षा लिएपछि व्यक्तिगत सरसफाई र लैङ्गिक समानताबारे जानकारी पाएका छौँ ।’ उनले भनीन् यसअघि सरसफाईमा खासै चाँसो दिने गरेका
थिएनौँ । कक्षा लिएपछि नियमित साबुन पानीले हात धुन थालेका छौँ ।’
कार्यक्रममा स्थानीय महिलालाई खाना खानुअघि, शौचालय गएपछि र खेतबारीमा काम गरिसकेपछि घरफस्दा साबुनपानीले २० सेकेन्डसम्म हातधुन सिकाईन्छ । त्यस्तै घरमा महिला पुरुषले मिलेर काम गर्ने लैङ्गिक समानताबारे समेत जानकारी दिईन्छ ।
‘कार्यक्रममा सिकेका कुराहरु घरमा सुनाउँछौँ, सोही अनुसार परिवारका सदस्यले व्यवहार गर्न थालेका छन् ।’ एमएमएच कक्षामा सहभागी
रमा चौधरीले भनीन् । ‘घरमा खाना पकाउने लगायका घरायसी काम उहाँहरुले सघाउनु हुन्छ । सबै काम मिलेर गर्न थालेका छौँ ।’ कक्षा लिएपछि नियमित सरसफाई र लैङ्गिक समानताबारे जानकारी पाएको उनको भनाई छ ।
अक्सफाम नेपालसँगको साझेदारीमा निड्स नेपालले स्वच्छताका लागि व्यवहार परिर्वतन लागि व्यवहार परिवर्तन परियोजना अन्तर्गत भीमदत्त नगरपालिकाका आठ वटा वडामा कार्यक्रम सञ्चालन भईरहेको छ ।
‘आमाका चमत्कारी हातहरु’ कार्यक्रमकी प्रर्वद्धक तथा शिक्षीका अनिता चौधरीले कक्षा सञ्चालन भएपछि त्यहाँका आमाहरुको सरसफाईको स्तरमा निकै सुधार आएको बताईन् । उनका अनुसार त्यहाँका स्थानीय महिलाहरुलाई विभिन्न समुहका विभाजन गरि दैनिक रुपमा फरक÷फरक समयमा कक्षा सञ्चालन गरिदैँ आएको छ । कार्यक्रम अन्र्तगत हरेक समुहलाई व्यत्तिगत तथा सामुदायिक सरसफाई र लैगिक विभेद न्यूनिकरणबारे प्रशिक्षण गराईन्छ ।
‘पहिले यहाँका आमाहरुले सरसफाईमा चाँसो राख्नु हुन्थेन् प्रर्वद्धक चौधरीले भनिन् कक्षा लिएपछि सबैले घरमा हात धुन छुट्टै पानी ट्याङ्कीको व्यवस्था गरेका छन्, सबैले नियमित रुपमा सरसफाई गर्छन्, घर आगन, भित्र–बाहीर सफा सुग्घर बनाएका छन् ।’ कार्यक्रमले कोभिड संक्रमणपछि स्थानीयको सरसफाईको स्तर उकास्न महत्वपुर्ण सहयोग पु¥याएको उनको भनाई छ ।
निडस नेपालको ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’ संयोजक प्रयागराज रेग्मीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार संक्रमण नियन्त्रणका लागि स्वच्छ खानेपानी र सरसफाई अत्याआवश्यक भएकाले लक्षीत समुदायमा कार्यक्रम सञ्चालन गरिएको हो । अक्सफाम नेपालको प्राविधिक सहयोग रहेको परियोजना भीमदत्त नगरपालिकाका ८ वटा वडा २,९, १०,११, १२,१३,१८ र १९ मा सञ्चालनमा छ । परियोजनामार्फत व्यक्तिगत सरसफाई, लैंगिक समाजनता, महिला सचेतनासँगै विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण समेत गरिएको छ ।
हरेका घरका आमा शिक्षीत भएपछि मात्रै परिवार र सामुदाय शिक्षीत हुने बताउँदै परियोजनाका संयोजक रेग्मीले भने ‘आमाका चमत्कारी हातहरु कार्यक्रम अन्र्तगत दुर्गम बस्तीका एक सय समुहमा कक्षा सञ्चालन भईरहेको छ, जसबाट त्यहाँका आमाहरु सरसफाईबारे पुर्ण रुपमा जानकार बन्दै गएका छन्, यसले स्थानीयलाई निरोगी बन्न मद्दत पुग्छ ’ उनले भने । साथै परियोजना अन्र्तगत निड्सले कक्षामा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहज होस् भन्ने उद्देश्यका साथ स्थानीयलाई धारा जडित बाल्टीन र साबुन समेत हस्तान्तरण समेत गरेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh