ई – दिशानिर्देश

देश बनाउन संकल्प चाहिन्छ

९ बैशाख २०७४, शनिबार
देश बनाउन संकल्प चाहिन्छ

देश निर्माण गर्न देशका नागरिकहरुलाई मार्नु पर्दैन, उपदेश दिएर नागरिक माथि न्यायको विजय गराउनुपर्दछ । मानिस मारेर शासन गर्ने प्रचलन आदिम कालको तरिका हो । शासन गर्न जनतालाई दुःख दिनु, आफुले शानमा ज्यूनु होइन, राम्रोको लागि संकल्प गर्नुपर्छ । म मेरो देश निर्माण गर्नेछु, विश्वमा सबैभन्दा अगाडी लैजाने छु भन्नुपर्ने हुन्छ ।

आज नेपालीहरु नेपाली भाषा देखि घृणा गर्दैछन् जो गर्दैनन् उनको लािग साहित्य बंग्याई घृणा फैलाई बरु हिन्दी भाषालाई बढावा दिई संविधानमा राखी सरकारी कामकाजको भाषामा रुपान्तरण गर्न खोजी रहेका भएपनि बोल्ने र नेपाली भाषा बचाउनेहरु कोही पनि छैन जस्तो भान भएको छ ।

हाम्रो छिमेकी राष्ट्र भारतका निवासी स्वामी विवेकानन्दले हिन्दु धर्मलाई संसारभरी पु¥याए, त्यति मात्र होइन हिन्दु धर्मलाई मात्र होइन उसका काम, कर्तव्य र प्राकृतिक अधिकार स्वच्छ समाज निर्माणका विषयमा विश्वभरीका जनतालाई प्रवचन दिई विश्व शान्तिमा अमुल्य योगदान पु¥याएका थिए । हुन सक्छ, यी कुराहरु सबैको जानकारीमा आई सकेको छ ।

हामी सबैको सामु छ देशलाई भ्रष्टाचार मुक्त बनाउन स्वामी रामदेवले गरेका संकल्पहरु मानव समाजको कल्याणको लागि बाहेक अरु केही छैन र उनका इच्छा पवित्र हुदा विश्व मानवलाई हाम्रा ऋषिमुनीहरुका ज्ञानका पोका फुकाल्दै बाड्दै रहेका छन् ।

भारतका नागरिक भएपनि यस्ता कार्य गर्न भ्रष्टाचार मुक्त भारतको बारेमा परिकल्पना नगर्दै उनलाई समातेर राजधानी बाहिर पुर्याए । देशको लागि अठोट रुपले लागि परेका रामदेवलाई आज विश्वभरीका बालक बृद्ध सबैले अध्ययन गर्न, प्रयोग गर्न पाएका छन् । भारतलाई भ्रष्टाचार मुक्त बनाई विदेशमा रहेको कालोधन जफत गर्ने अठोट गरेका थिए उनले ।

देशमा रहेको धन कालो रुपमा रहेकोले निर्मुल होइन कि निर्मल पार्न देशभर रहेका ५ सय र १ हजार दरका नोट माथि प्रतिबन्द लगाई स्रोत समेत देखाई तोकिएको रकम तोकिएकै समय भित्र सटही गर्न आह्वान गरेका थिए । भारतको उत्तर प्रदेशमा हालको अन्तिम निर्वाचनमा एक जना सन्यासी आदित्यनाथ योगी मुख्य मन्त्री छान्न पाउँदा त्यहाँका जनता हर्षित भएका छन् ।

उनीहरुमा देश र जनताको सेवा गर्न बाहेक अरु केही छैन । हाम्रो लागि अर्थात् नेपालको लागि नभएपनि नेपाली जनताको हितमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका शुद्ध भावना देशका पूर्व जनताले स्वीकार गरेका छन् ।

त्यस्ता अठोट विचारधारा भएका नेता नपाउनु नेपालीको दुर्भाग्य हो । भारतका प्रसिद्ध उत्तम विचारका दुबै विचारक विवेकानन्द र रामदेवका विचारहरुले भारतको मात्र हित नगरी सम्पूर्ण विश्व समुदायको हितको लागि रहेका छन् । हाम्रा नेताहरुले पनि उनीहरुबाट र भारतका प्रधानमन्त्रीका मोदीका विचारधारालाई नआगाँलेपनि अध्ययन भने गर्नैपर्ने हुन्छ ।

मोदीले नेपाललाई नचिनेपनि नेपालले मोदीलाई चिन्नै पर्ने हुन्छ किनभने असल मित्र पाउने भाग्यमानी हो । त्यसकारण हामी असल मित्रको खोजी गरौं, भ्रष्टाचारको विरुद्धमा आवाज उठाई भ्रष्टाचारको पहिचान समग्र देशका जनतालाई गराउँउ के हो भ्रष्टाचार ? के भ्रष्ट काम गर्नु नै भ्रष्टाचार हो ?

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh