ई – दिशानिर्देश

धनगढीको मेयरमा स्वतन्त्र उमेद्वारी घोषणा

९ बैशाख २०७४, शनिबार
धनगढीको मेयरमा स्वतन्त्र उमेद्वारी घोषणा

दिशानिर्देश समाचार, धनगढी, ९ बैसाख ।

१९ वर्ष सम्म निरंकुश तानाशाह स्थानिय लेबलमा लादिएकोले आज बडा मुस्किलले ऐतिहासिक स्थानिय निर्वाचन भईरहदा उम्मेदवार तथा मतदाताहरुमा हौषला छाएको छ ।

सुन्दर सुदूर पश्चिमका अभियन्ता गोपाल हमालले कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् । ५ बर्षमा धनगढी उपमहानगरपालिकालाई देशभरिकै उत्कृष्ट र नमूना नगर बनाउने उनले उदघोष गरेका छन् ।

‘आर्थिक समृद्धिको पहिलो आधारः व्यवस्थित शहरीकरण’ भन्ने मूल नाराका साथ स्वतन्त्र उमेद्वार हमालले शुक्रबार सदरमुकाम धनगढीको एक होटल परिसरमा आफ्ना चुनावी एजेण्डा सार्बजनिक गरे ।

हमालको २८ बुँदे घोषणा पत्र सार्बजनिक गर्दै हमालले धनगढी उपमहानगरपालिकालाई मोडेल शहरको रुपमा विकास गर्ने र प्रदेश नम्बर सातको राजधानी पहल गर्ने बताए ।

हचुवाका भरमा लागू गरिएको सम्पति करलाई वर्गीकरण गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्ने, डुवान र नदीनाला अतिक्रमण हटाई व्यवस्थित शहर बनाउने, धनगढीलाई विषादीयुक्त फलफूल, तरकारी तथा खाद्यान्न मुक्त गरी अग्र्या्निक कृषि उब्जनी केन्द्र बनाउने लगायतका चुनावी एजेण्डा उनले सार्बजनिक गरेका छन् ।

सडकहरुको स्तरोन्नती गर्ने, अल्पसंख्यक समुदायको रुपमा रहेका रानाथारु समुदायको संस्कृति संरक्षणका लागि संग्रहालय स्थापना गरिने लगायतका विषय उनको घोषणा पत्रमा उल्लेख छन् । घोषणा पत्रमा जेसुकै उल्लेख गरेतापनि स्थानिय तहमा त्यसको कुनै अर्थ छैन । भोलीका दिनमा जनताको जे आवाज आउँछ जे गर्ने भन्छन् नगरपालिका क्षेत्र भित्रका जनताको इच्छा नै मेयरहरुको इच्छा हुनुपर्छ ।

म यस्तो गरुँला भन्दा पनि यहाँका जनताको जे माग चाहना रहेको हुन्छ त्यो बमोजिम म गर्नेछु भन्ने जसले उद्घोष गरेको हुन्छ उसको नै बोली बढी भरोसायुक्त हुन्छ भन्छन् गोविन्द दत्त अवस्थी ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh