ई – दिशानिर्देश

गृहमन्त्री द्वारा संसदको अपमान

९ बैशाख २०७४, शनिबार
गृहमन्त्री द्वारा संसदको अपमान

दिशानिर्देश समाचार, काठमाण्डौं, ०९ बैशाख ।

नेताहरुको चरित्र उनका कामबाट प्रष्ट हुने हो । नेपालको संसदीय व्यवस्था बमोजिम संसदको मर्यादा तोकिएको छ । त्यो मर्यादाको पालना गर्ने सभासदहरुको कर्तव्य हो । तैपनि आफ्नो कर्तव्यबाट च्युत भएका छन् । नियमको पालना गर्दैनन् । त्यसको पुष्टि निम्न प्रकरणबाट पनि गरिएको छ ।
वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आइरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गरेका छन् ।

संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीहरु देखि मन्त्रीहरु, सत्तापक्ष, प्रतिपक्ष दलका सांसद् बस्नुपर्ने नियममा व्यवस्था छ । तर सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठक अनौठो शैलीमा भाग लिए ।

एमालेले सांसद् सत्यनारायण मण्डलको घरमा भएको घटनाबारे प्रश्न उठाएपछि जवाफ दिन निधि संसद् पुगेका थिए ।

सांसदहरुले शून्य समयमा बोल्ने क्रम सकिएपछि सभामुख ओनसरी घर्तीमगरले गृहमन्त्रीले बोल्नका लागि समय मागेको भन्दै निधिलाई रोस्टममा बोलाइन् । बैठकमा उपस्थित नै नभएका गृहमन्त्रीलाई समय दिएको भन्दै सांसदहरु सभामुख आसन र सरकारका लागि छुट्याइएको कुर्सी्तिर हेराहेर गर्न थाले । त्यहीबीच गृहमन्त्री निधि मूलढोकाबाट फटाफट बैठकमा प्रवेश गरी सीधै रोस्टममा पुगे । र, निर्वाचनका लागि सुरक्षालगायत एमालेले उठाएको घटनाको जवाफ दिएका थिए ।

जवाफ सकिएपछि गृहमन्त्री निधि मन्त्रीलाई तोकेको स्थानमा नबसी सिधै बाहिरिएपछि सांसद्हरु मुखामुख गर्न थाले । ‘संसद्मा उपस्थित नै नभएको अवस्थामा गृहमन्त्रीलाई किन सभामुखले समय दिनुभयो भन्ने हामीलाई लागेको थियो,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘संसदमा आज सम्म कहिल्यै नभएको शैली अपनाउनुभयो ।’

यो शैली अपनाउनुको मुख्य कारण हो निजि फाइदा परिपूर्ति नहुनु, आफु भन्दा ठूलो अरु कोही छैन भन्ने दम्भ गर्नु । जुन दम्भबाट आमोवादीको उत्पत्ति भएको थियो, जुन दंभबाट दिल्लीको १२ बुँदे सम्झौता भएको थियो । त्यस्ता दम्भहरु पुनः उठ्न गएमा नेपालको विकास होइन कि विनास हुने निश्चित छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh