ई – दिशानिर्देश

गोदावरी पुलमा नेपालका २१ झण्डा फहराइयो

२३ चैत्र २०७७, सोमबार
गोदावरी पुलमा नेपालका २१ झण्डा फहराइयो

दिशानिर्देश समाचार
महेन्द्रनगर, २१ चैत्र


कैलालीको गोदावरीमा रहेको पुलमा नेपालका २१ वटा झण्डा फहराइएको छ । गोदावरी क्षेत्रसँगै पुरानो काठे पुललाई पर्यटकीय क्षेत्रका रुपमा प्रचारप्रसार गर्ने ध्ययका साथ नेपालको झण्डा फहराइएको थ्रीडीभिएल क्रियसनले जनाएको छ । गत पुसमा थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवयरको सहयोगमा गोदावरीको पुरानो पुलमा ८ फिट लम्बाइको झण्डा राखिएको थियो । तर यहि चैत १५ गते मंगलबार अज्ञात समूहले राति तोडफोड गर्दै उक्त झण्डा फालिदिएको थियो । त्यसपछि अभियान चलाएर १ लाखको लगानीमा मंगलबार पुनः पुलमा २१ झण्डा राखिएको थ्रीडीभिएल क्रियसनका सचिव एलआर ओझाले बताए ।
सडक डिभिजन कार्यालय, गोदावरी नगरपालिका, लक्ष्मण ऐर, आशिष भट्टराई, हेम भन्डारी, सिव ट्रेडस, भुवन महता बेकरी, रुद्र अटोमोटिभ, हरि भट्टराई, बिर बहादुर कडायत, कमल कडायत, नसिब साउद, बिनोद खत्री, नमादेव अटो वर्कसप र नमादेव सेल्लताडा ट्रेड एन्ड सप्लायर्स लगायतले ती झण्डा राख्न सहयोग गरेको सचिव ओझाले बताए । साथै सोही मौकामा युवाहरुले पुलको सरसफाई समेत गरेका छन् । पुलमा झण्डा राखिएपछि पहिल्लो समय सामाजिक सञ्जाल टिकटकमा उक्त स्थान चर्चित बनेको थियो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh