पत्रकार सबैका साँझा हुन, राष्ट्रका पहरेदार हुन
बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
पत्रकार संघ संस्था स्वतन्त्र रहनु पर्दछ र रहनु दिनु पर्दछ, आफन्त परायाको पहिचानबाट टाढा रहनु पर्दछ । सम्पूर्ण पत्रकारिताको योवन देश र जनताको लागी हुनु पर्दछ । साझा पत्रकारहरुले आफ्नो क्षेत्रमा कर्मनिष्ट भएर काम गर्नुपर्छ तर नेपालमा त्यस्तो भएको अनुभव गर्न सकिएको छैन त्यो कुरा जव पत्रकार महासंघको निर्वाचन हुन्छ तव मात्र थाहा हुन्छ । पत्रकारहरुको लागी सबै जातजाती राजनीतिक पार्टी सबै समान हुन म केवल देश र जनताको सेवामा समर्पित छु । म न कांग्रेस, न कम्युनिष्ट वा कुनै पनि राजनीतिक पार्टीहरु मेरा नजिक र टाढाका होइनन् सबै नजिकका हुन भन्ने कुराको मनन् गर्नु पर्दछ ।
पत्रकार महासंघको निर्वाचन हुँदा सबै मतदाताहरु योग्य छन भनेर बुझ्नु पर्दछ र योग्य मतदाताले पनि आफ्नो योग्यताको कदर आफै गर्नु
पर्दछ । योग्य पत्रकार मतदाताहरुले कहीकतै बहकिने र पार्टीगत तथा एकै पार्टीगतका पनि बहुचालन बनाएर निर्वाचनमा जाने हो भने यहाँ फलानाले हार्यो त्यसको ठाउँमा फलानाले जित्यो नभनि फलानो राजनीतिक प्यानलले जित्यो वा हार्यो भन्ने गर्दा अचम्ब लाग्नु स्वभाविक पनि हो ।
राजनीतिक प्रति पार्टी उम्मेदवारको छनौट गर्दा नेपाली वा अरु कुनै देशका जनता मतदाताको रुपमा योग्य छन भन्न सकिदैन । मतदाताहरु अयोग्य भएमा प्रतिनिधि पनि अयोग्य हुनसक्छ । हाम्रो शास्त्रले पनि भनेको छ गदापच्चीसे कटेको युवक योग्य हुन्छ तर मुनिको योग्य हुने ग्यारेन्टी छैन । जुन देशका मतदाता अनिणित निर्धन बेरोजगार हुन्छन र अयोग्य हुन्छन भने सही प्रतिनिधिको छनोट हुन सक्दैन । अज्ञानता, लोभका बसमा परि गलत उम्मेदवारको छनौट हुन्छ । मानव अधिकारले सबैलाई समान ठानेको छ तर अयोग्य मतदाताको अलमलमा नेतृत्व फस्छ अन्तमा देशले प्रगति गर्न सक्दैन । स्वार्थको पनि महास्वार्थमा फसेका सभासद त देशको लागी निर्णय गर्न सक्दैनन् । मोलमोलाईचा, बार्गेनिङले गर्दा आज नेपालको सभा नै अलमलमा छ । सरकारलाई दिएको विश्वास न फिर्ता लिई अविश्वासको प्रस्ताव राख्न सक्यो न नयाँ जनादेशमा जान सक्यो के सबै कुरा संविधानमा लेखिए बमोजिम भएको छैन अयोग्य मतदाताले छानेका जनप्रतिनिधिहरु आज अन्यौलमा छन । कहाँ कुन बाटो जाउँ भनि अलमतमा परेका छन् । यी सबै हेर्दा २५ वर्ष कटाएको मानिस नै योग्य हुन सक्ने रहेछ भन्ने बुझियो । २५ वर्ष उमेर तलका युवाहरु भने युद्ध स्थलमा सफल हुन सक्छ राजनीतिको जिम्मेवार पदमा खासै भरोसा देखिएन ।
यदि देशमा योग्य मतदाता बनाउने हो भने सबैलाई शिक्षित बनाई रोजगारी दिएर निर्धनबाट धनी बनाउनु पर्यो अनि मात्र हामी योग्य मतदाता पाउन सक्छौं । हामीले मत दिएका प्रतिनिधिरु कस्तो काम गर्दैछन गरिरहेका छन भन्ने बुझ्ने ज्ञान नहुँदा सम्म मतदातालाई योग्य भन्न सकिने अवस्था छैन ।
यी कुराहरुलाई जनता माझ लगी दिने काम गर्नु विद्धान पत्रकारहरुको पनि हो किनभने पत्रकार देश र जनताका सिपाही हुन । हामीलाई दुःख लाग्छ पत्रकार संघ संस्थाहरुको नाता पार्टी वाइज जोडिएको हुन्छ । कर्मचारी युनियन एक छैन पार्टी वाइज छन र पो देशको हित भन्दा पार्टी हितमा सक्रिय रहन्छ जे पार्टीले भन्यो हामी त्यही मान्न तयार छौं भने के हामी देशको हितमा छौं । पार्टीप्रति बफादार भए राजनीतिक पद र अरु थप प्राप्ति हुने हुँदा लोभमा फसेका छन् कर्मचारीतन्त्र पनि । पत्रकारहरुको त थोरै तलब हुन्छ । प्राईभेट बोर्डिङ स्कुलका शिक्षकहरुले विए गरेका भए पनि न्यून तलब ५÷६ हजारमा काम गरिरहेका छन् । सरकारी स्कुलमा पनि सिसु कक्षा सञ्चालनको लागी बीए पढेकाले पनि ७÷८ हजार भन्दा बढी तलब पाएको छैन । सरकारले दिएको छैन भने मिडिया हाउसलाई जति अनिवार्य गरे पनि दिन लिन सक्दैनन् ।
भारतमा पंचायतराजको गाउँ पंचायत नगर पंचायत तथा जिल्ला पंचायतको चुनाव हुन्छ स्थानीय निकायमा जनता जे भन्छ त्यही गर्छन जो राम्रो मानिस छ उसैले मत पाउँछ कुनै पनि उम्मेदवार पार्टी वाइज हुदैन स्थानीय निकाय पंचायतराज (सरकार राम्रो चलेको छ) जो नेपालमा राम्रो छैन भनि नेपालबाट हटाई भारतमा फस्टाउन लागेको पंचायत राजको प्रसंसा नै छ भने पत्रकार राष्ट्रको चौथो अंगको रुपमा राखिएको छ त्यो पनि पार्टीमुखी हुने हो भने राष्ट्रको हित भन्दा पार्टीको हितमा जाने हुँदा पत्रकार महासंघ वा जिल्ला संघ स्वतन्त्र हुनुपर्छ र रहन दिनुपर्छ सबैलाई समानताको आधारमा सरकार र प्रेस काउन्सीलले पनि हेरोस भन्ने धारणा हाम्रो पनि छ । यि सबै कुरा किन भन्नु परेको भने २०७७ चैत्र २५ गते भएको पत्रकार महासंघको निर्वाचनबाट केही कुरा जानिएको छ भने केही कुरा प्रेस काउन्सीलबाट प्राप्त हुने विज्ञापनहरुबाट पनि महसुस भएको छ ।