ई – दिशानिर्देश

मतदाता असक्षम कि नेता असक्षम यो गहन अध्ययनको विषय रहेको छ

२९ चैत्र २०७७, आईतवार
मतदाता असक्षम कि नेता असक्षम यो गहन अध्ययनको विषय रहेको छ

संसारभरीको नेतृत्व जनता अर्थात मतदाताहरुले छान्दछन् । धेरै देशहरुमा नेतृत्व असफल भएझै नेपालमा पनि सफल र सवल नेतृत्व देखिएको छैन । बाह्य जगतमा पनि यहाँका नेताहरुको मजाक उडेको अनुभव हामीले गरेका छौं । होला संविधान सम्मत नहोला तर नेपालमा बनेका ऐन कानूनहरुमा रितिरिवाज समय परिस्थिति अनुसार गर्नु भन्ने पनि छ । नेपालमा २ तिहाईको भरोसायुक्त सरकार थियो राम्रो जे काम पनि गर्न सकिने थियो । जनताको पनि भरोसा थियो तर असल नेताहरुलाई पनि हाम्रा मतदाताले छानेका जनप्रतिनिधिहरुले आफैलाई तल झारी दिए १० वर्षेको द्वन्दकाल १७ हजार भन्दा बढीको नरबली सबै नेताहरुले विर्सिए । एक भिजन छैन आजका माओवादी भोली कांग्रेस हुदैछन तर १७ हजार मार्नेमा माओवादीले जिम्मा त लिएकै छ तर त्यसको औचित्य के यसरी डगमगाएर राष्ट्र कहाँ कसरी चल्छ । राष्ट्रको लागी सबै एकजुट हुनुपर्ने ठाउँमा दुई तिहाईको बहुमत न्यूनतामा खसाल्नु कहाँको नियम हो । के प्रधानमन्त्री एक्लैले राष्ट्रका
हरेक काम गर्न सक्छन, मन्त्रालयहरु बाडफाँड भएका छन, गाउँघरमा स्थानीय प्रान्तीय सरकार छ, केन्द्रमा विग्रे पनि देशभर इमान्दारिता रहनुपर्ने थियो एक व्यक्ति केवल प्रधानमन्त्रीलाई दोष दिएर अरु सभासदहरुले उम्कन पाउने नियम कानून र संविधानमा व्यवस्था छैन । तसर्थ उग्रता नदेखाई नम्रताका साथ संसद सञ्चालन गर्नु पर्यो । आज सांसदको पुनरबहाली भएको छ । खै के उपलब्धी भयो जनताले के पाए के गुमाए त्यस कारण हामी पनि अन्यौलमा छौ कि नेपालमा मतदाता अयोग्य हुन कि मत पाउने अयोग्य हुन । त्यसको दोष नेताहरुलाई मात्र दिनु गलत हो ।
चुनावको समयमा एक नगरपालिकाका सदस्यले समेत ५० लाख भन्दा कम खर्च गरेका छैनन् । त्यो खर्च गरेको केही औचित्य रहेन आज देश बाङ्गो भएको छ । राजनीतिज्ञको अपुताली परे सरह भएको छ । कसैको मतमा कोही छैन सबले आफ्नै लिणेढिपी ओगटी
राखेका छन् । नेताहरुले जनताको विश्वास नलिन सक्यो नगर्न सक्यो जनतामाथि विश्वास भएको भए त आज ताजा जनमत आउने थियो । मानिसको औषत आयु मात्र ७०÷८० वर्ष होला त्यति नै बाच्नु पर्ने ज्ञारेन्टी त छैन ।
२०१५ साल देखि आजसम्मको संवैधानिक नियमले जनप्रतिनिधिलाई ५ वर्षको लागी छान्ने चलन थियो तर कुनै पनि नियमको पालना भएको छैन । सबै संविधानहरु निरलज्जताका साथ निलम्बन गरिएका छन् ।
सबैभन्दा बेमौतमा मरेका संविधान मध्ये २०४७ को संविधान दोस्रो हो । २०४७ को संविधानले संसद विघटन भयो । व्यूताउन कुनै विधान नियम चाहिएनराजालाई धम्क्याएर २०४७ को संविधान मार्यो मरिसकेको संसद राजाद्वारा पुनरबहाली गरायो ।
राजाद्वारा हैन कि संविधानद्वारा नै पुनरबहाली भएको भए आज देशमा संकट आउने थिएन यो कुरा न
गिरिजाले बुझ्यो न प्रचण्ड माधव आदिले । संविधानको उल्लंघन गर्नमा नेताहरुको नै साथ रह्यो । त्यस कारण नेपालको राज्य संचालन व्यवस्थाले अन्यौलता प्राप्त गरेको छ । यो अन्योलता हटाउन अब इमान्दारिताको पनि खाचो रहेको पाइन्छ । अव योग्य मतदाताले योग्य नेता छान्न पाउनुपर्छ । अयोग्य मतदाताले छानेका नेता अवश्य पनि अयोग्य रहनेछन् । पहिले योग्य मतदाताको पहिचान गर्नु आवश्यक छ । आजको परिवेशमा नेपालका नेता असक्षम छन कि मतदाता अयोग्य, यो एक गहन अध्ययनको विषय रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh