ई – दिशानिर्देश

बैठके, कोपरे, पिक्के हुक्के छाँते, कुशे

१९ बैशाख २०७८, आईतवार
बैठके, कोपरे, पिक्के हुक्के छाँते, कुशे


पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी


१. श्री ३ का कार्यकर्ता इसा नौका धेके ।
अर्थ खोली चाकरीको, डेउडा गीत लेखे ।।
२) राणाजीको कार्यकर्ता हुक्के भुण्ऊ को हो ।
हुक्का चिलम नली नैचा, टेकी दिन्या जोहो ।।
३) हुक्कामा तमाख भरी, चिलम टेकी दिन्या ।
अर्खाकी चुकिली गरी, विन्ती भौ विसाउन्या ।।
४) हात गोडा तेल घसी, ढोक सलाम गरन्थ्या ।
राणा कि चाकरी गद्द, इन आगा सरन्थ्या ।।
५) श्री ३ कि कृपा भया, वडा हाकिम हुन्थ्या ।
प्रसाद मिल्यो दर्वारको, उन हुक्या भुणन्थ्या ।।
६) अर्खो चाकर राणाजीको, छाँते पद खाएको ।
पिडीमा घोडा कि काँठी, पैरी रमाएको ।।
७) भाइर, भित्र कौसी, तल्ला, श्री ३ झान्या बेला ।
छातेका पिडीमा चडी, मनोरञ्जन खेला ।।
८) घोडा जसो छाँते पद, दर्वारमा पायो ।
जंङीलाङ न्यायाधिश, उइले खान्गी खायो ।।
९) उइबेला खाइलेट नाइथे, राणाका दर्वार ।
कोपरामा हग्दे मुत्ते, श्री ३ का परिवार ।।
१०) गुँ मुतको सफाई बालो, उइको पद कोपरे ।
राणाले घर जग्गा दिन्थ्या, सेवा सत्कार गर्या ।।
११) पान चपाई थुकन्या बेला, हात छोडन्या पिके ।
घुक विर्ता बक्सिस जग्गा, चोकरीमा धेके ।।
१२)कुश दिन्या बामनले, कुशे विर्ता पाउथे ।
सेवा गरी राणाजीकि, चारक रमाउथे ।।
१३) सत्तामा मनपरी गरी, जनता पेलिएका ।
भुरे ठालु गौ घरका, सबै खेलीएका ।।
१४) इसी प्रथा हटी गैथी, मिली जनता राजा ।
पञ्चायती व्यवस्था आयो, सात साल है पाछा ।।
१५) पंचे भया हर्ता कर्ता, राजा भुलेइ खायो ।
राजनीति काँचुली फेरि, बहुदल आयो ।।
१६) जे पाया हमैले पाया, सुच्या गरिब जनता ।
नेता आया भ्रष्टाचारी, राजद्रोहीका धन्दा ।।
१७) नौ को रै छ प्रजातन्त्र, आँजी उसोइ भयो ।
द्वन्द आयो संकटकाल, भौ तै को ज्यान गयो ।।
१८) मिलीजुली सरकार हुन्या, मनपडी चलौन्या ।
गणतन्त्रे विधान आयो, हाडमासु गलौचा ।।
१९) हुक्के, कुशे, छाँते, पिके, नेता कार्यकर्ता ।
चाकरी च्यापलुसी चली, राणा जी है वर्ता ।।
२०) न्यायाधिश, राजदुत, दल दलका भागबण्डा ।
तेरो मेरो कार्यकर्ता, भ्रष्टाचारी धन्दा ।।
२१) कौलेजका कुलपति, अदालती जज ।
कुशे, छाँते, बैठके कि, पडी खचाखच ।।
२२)अड्डा गौणा भर्ति भया, सत्ताका कोपरे ।
राणा शासन फर्कि आयो, उनै आगा सरे ।।
२३) वैधानिक भ्रष्टाचार, यो सरकारी नीति,
सीमा मिच्यो पडौसीले, ऐल कि विथिति ।।
२४)बालुवाटारको जग्गा, ललिता निवास ।
जो अग्वा छ बाटा हग्वा, इसो छ विश्वास ।।
२५) देश लुटी ठालुले खाइग्या, उठ जन्ता उठ ।
सर्वसत्ता अन्यायको, तो मुण्ओ निमोड ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh