ई – दिशानिर्देश

मानव तथा भाइरस कोरोना

१९ बैशाख २०७८, आईतवार
मानव तथा भाइरस कोरोना


एक कुराको स्मरण आईरहन्छ २०४८ सालतर्फ राजा विरेन्द्रले नेपालको एक अंग्रेजी इन्डिपेन्डेन्ट पत्रिकालाई अन्तरवार्ता दिएका थिए । त्यसमा भनिएको थियो “विश्वमा भयावहको स्थितिको सुरुवात हुँदैछ त्यसबाट नेपाल पनि अछुतो रहने छैन । हो रैछ भन्ने लागेको
छ । विश्वभरी भाइरस रुपी कोरोनाले उल्का मचाएकोछ, भने नेपाललाई नयाँ नेपाल बनाउने हाम्रा विद्वानहरुको स्वार्थले एक अर्काका खुट्टा तान्ने प्रवृत्तिले नेपालमा अशान्ति मचाएको छ । करिव २ तिहाईको सरकारलाई झारेर अल्पमतमा पुर्याउन दावापेच रचेपनि हिम्मत भने गर्न सकेका छैनन् । त्यसको ज्वलन्त प्रमाण हो प्रधानमन्त्री केपी ओलीको विरुद्धमा देशभरका जनतालाई सडकमा उतारी कडा विरोध गर्नेहरुले ओली सरकारलाई दिएको अर्थात समावेश भएकाहरुले फिर्ता लिन हिम्मत गर्न सकेका छैनन् । कारण थियो देशको लागी विरोध नगरी स्वार्थको लागी सत्ता पक्षहरु नै विपक्षीको बाटोमा समाहित भएका रहेछन् । नेताहरु जनताको जनमत लिन डराई रहेका छन् किन ? नेता
राजनीतिक पार्टीहरुमा अनेकताको भावना आयो एक अर्काप्रति विश्वासघातको जन्म भयो जनतालाई भ्रम जालमा पारी जनप्रतिनिधिमा छनौट भएको कारणबाट जनताका मत पनि नातावाद कृपावादमा परिणित भएकाले देश नै आतंकित भएको छ । देशले अनेकता होइन कि एकता चाहेको छ । यदि सरकार त्यो पनि आफैले बनाएको सरकारलाई आफैले सहयोग नगरेमा के देशको हित हुन्छ ।
सबै नेताहरुको सरकार जनताले देखेकै हुन आज प्राकृतिक प्रकोप त जनता र सरकारले भोगेकै छ, सरकारलाई हरेक अंग प्रत्यंगले सहयोग नगरेमा के प्राकृतिक भाइरस रुपी महामारीलाई रोक्न सकिन्छ सारा नेपाली जनता तथा जनप्रतिनिधिहरु मिलेर
महामारी सित लड्नु पर्ने ठाउँमा नेताहरुले एक अर्काको विरोधमा उत्रनु जायज होइन विरोध गरौं त्यसको पनि सिजन आउँछ । १÷२ वर्ष सम्म स्थिर भएर बसौं अनि भयंकर विरोध गरौं जनता माझ जाऔं । नेताहरुले सारा जनता सडकमा पुर्याएकै कारणले रोग झन फैलिएको होइन कसले भन्न सक्छ, नत्र विश्वमा सबैभन्दा बढी नेपालमा फैलियो भन्नेको हल्ला मात्र हो ? जनतामा संकट आएको मौका छोपी जनप्रतिनिधिहरुले पनि मौकामा चौका हान्ने काम छोडी दिनु पर्यो । महामारीले एकातर्फ सताएको छ भने मानवरुपी महामारीले झन सताउने काम गर्नु भएन, २०४६ सालमा राजा विरेन्द्रले भनेका थिए ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh