ई – दिशानिर्देश

देश जली रहेको छ नेता लडिरहेका छन

९ जेष्ठ २०७८, आईतवार
देश जली रहेको छ नेता लडिरहेका छन

नेताहरुको सक्रिय विरोध गर्ने हाम्रो नियति होइन संयोग पर्न मात्र गयो यो यथार्थ हो । साचो झुटा नेताहरुलाई नै थाहा छ । आजको विश्वमा महामारी कोरोना फैलाएको छ, विकसित देशहरुले खोप निर्माण गरी नागरिकहरुलाई लगाउँदै छन तर हाम्रा नेताहरु देश जली रहेको बेला
परस्पर लडी झगडामा व्यस्त छन । के को लागी कसको लागी शासन गर्ने, नेपाली युवाहरुलाई विदेश पठाई बोल्ने र गर्ने वाला कोही छैन भनि मनपरी गर्ने हाम्रा जनप्रतिनिधिलाई कुनै लाज सरम छैन । देश भयावह स्थितिमा पुगेको छ । भ्याक्सिन दान गरी मागी रहेका छन त्यो दानबाट पाएका सामग्री भित्र्याउन पनि ढुवानी रकम दान चाहिएको छ । देशमा यौटा औषधी कारखाना शाही औषधी लिमिटेड थियो ।
त्यसको प्रगति नभएर नेताहरुको व्यत्तिगत प्रगति भयो अरु निजी औषधी कम्पनीहरु नेपालमा केप्सुल भर्ने र लेवल लगाउने काममा मात्र छन् । नेपाली युवाहरुले वैज्ञानिक बन्ने मौका नेपालबाट पाएका छैनन् । आज सबै थोक आयात मात्र गरिन्छ औषधी देखि राजनीति नुनदेखि चामलसम्म आयात मात्र गरिन्छ निर्यात थोरै छ । व्यापार घाटा छ भने वैदेशिक मुद्रा संचित हुदैन राष्ट्र केवल वैदेशिक रोजगारी भन्ने कि दासताको पुरस्कारबाट चलेको छ बाँकी ऋण र अनुदानबाट थोरै रकम प्राप्त गरिन्छ ।
विश्वमा एक मात्र हिमाली हिन्दु, शान्तिप्रिय राष्ट्र आज अत्यधिक अशान्तिमय भएको छ । कौरब पाण्डवझै नेताहरु परस्पर लडी रहेका छन् । प्राकृतिक प्रकोपबाट जनता त्रसित त भएकै थिए अब नेताहरुबाट पनि त्रसित हुनु परेको छ । नेताहरु देशको र जनताको लागी हुन वा कसैको दुनो सोझ्याई रहेका छन् । प्रजातान्त्रिक व्यवस्थामा ७७ जिल्लाहरुले समान अधिकार पाएका छैनन् । पहाडी जिल्लाले एक जना सांसद छान्न पाउँछ भने तराईका जिल्लाहरुमा १० जना सम्म छान्न पाउने पक्षपात पूर्ण भएका गुनासाहरु पनि सुनिएका छन् । समानुपातिक तर्फ केही भन्नु छैन जनसंख्याको आधारमा ठीक छ पहाडी जिल्लाबाट जति आउँछन, तर मतदान गरेर आउने पद ७७ वटै जिल्लामा बराबर हुनुपर्छ त्यसतर्फ पहाडी जिल्लाका सभासदहरुले होस पुर्याई व्यवस्था मिलाउने काम गर्नु पर्ने अवस्था रहेको छ । नेताहरुले लड्ने
भए यस्तो हक दिलाउनमा लड आफ्नो कुर्सिको लागी हैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh