ई – दिशानिर्देश

आगामी वर्षको बजेट सार्वजनिक सबैभन्दा धेरै बजेट शिक्षामा

१६ जेष्ठ २०७८, आईतवार
आगामी वर्षको बजेट सार्वजनिक सबैभन्दा धेरै बजेट शिक्षामा


दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ जेठ
सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन
भइरहेको छ । यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्ति लगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।
बजेटमा विश्व विद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ ।
ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो
सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पु¥याएको छ । शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि
गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले
बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।
तत्कालीन एमाले
सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१/५२ को बजेटमा पहिलो पटक बृद्धभत्ताको नीति सुरु
गरेका थिए । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा सय रुपैयाँ थियो ।
पछिल्ला वर्षहरुमा बृद्धभत्ता चुनावी गोटी बनेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गर्र्दै आएका थिए ।
२०७४ को आम चुनाव अगाडि वाम गठबन्धनले ५ हजार पु¥याउने उल्लेख गरेको थियो भने नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ मा झार्ने प्रस्ताव गरेको थियो । तर उमेर घटाउने निर्णय कार्यान्वयनमा आएन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुका दुई वर्ष बृृद्धभत्ता बढाएन । तर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बृद्धभत्ता बढ्ने घोषणा
गरेपछि तत्कालीन अर्थमन्त्री
युवराज खचिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा वृद्धभत्ता एक हजार बढाएर ३ हजार पु¥याएका थिए । यो वर्षपनि त्यही भएको छ ।
कहिले कहिले बढ्यो भत्ता ?
तत्कालीन अर्थमन्त्री अधिकारीले २०५१÷५२ को बजेटमा सुरु गर्दा मासिक बृद्धभत्ता सय रुपैयाँ थियो । २०६० सालमा अधिकारीले वृद्धभत्ता वृद्धि
गरि मासिक १७५ रुपैयाँ पु¥याए ।
२०६५ सालमा
बाबुराम भट्टराईले यस्तो भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पु¥याएका थिए । २०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा.
रामशरण महतले एक हजार पु¥याएका थिए । अर्को वर्ष २०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पु¥याए । उक्त रकमलाई २०७६ सालमा डा. युवराज खतिवडाले मासिक तीन हजार पु¥याएका
थिए ।
बढ्यो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन
सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा
सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।
सरकारले घोषणा
गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।
सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाममा केन्द्रीत भनिएको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई झण्डै सवा खर्ब रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष स्वास्थ्य मन्त्रालयतर्फ ९० अर्ब ६९ करोड रुपैयाँ बजेट परेको थियो ।
सरकारले लक्षित समूहका सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको र खोपका लागि २६ अर्ब ७५ करोड रकम छुट्याएको छ ।
कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।
स्वास्थ्यका मुख्य कार्यक्रम
औषधि खरिदका लागि ५ अर्ब ६० करोड
राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड
–स्थानीय तहमा ५÷१०÷१५ शैयनका आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड
–स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो
–स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन ७ अर्ब ५० करोड
–एक सय शैयाभन्दा बढी क्षमतामा अनिर्वाय अक्सिजन प्लान्ट
–अक्सिजन उद्योग स्थापनाका लागि
उपकरण आयात गर्दा भाग्ने भन्सार र मूल्य अभिबृद्धि करमा पुरै छुट
–जनशक्ति अभाव हुन नदिन सेवा निवृत्ति वा इन्टर्नशिपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एक वर्षका लागि करारमा लिइने
–४० वर्षमाथिका नागरिकको रत्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पोठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण
–कीर्तिपुरमा १५०० शैयाको अत्याधुनिक स्पेशियालिटी केन्द्र निर्माण सुरु गरी ३ वर्षमा सञ्चालनमा ल्याइने
पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने
सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh