ई – दिशानिर्देश

सर्वसत्तावाद राष्ट्रको पतन हो

३१ जेष्ठ २०७८, सोमबार
सर्वसत्तावाद राष्ट्रको पतन हो

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
हामी सर्वप्रथम नेपालको मात्रै कुरा गरौं, सर्वसत्तावाद सत्ताको द्वन्द अन्धो हुन्छ र आफ्नो समर्थनलाई अन्धो भक्तिको दिशाबोध हुन्छ त्यसको प्रमाण हो राणा शासन सर्वसत्तावादकै आधारमा आधारित थियो बाची रहेको थियो । सर्वसत्तावाद कुनै राजनीतिक दर्शन होइन यो केवल अहंकारी मनपरी तन्त्र हो । उसले पनि जनतालाई नियन्त्रणमा राख्न कठोर कानून बनाउँछ जो सत्ताधारी र त्यसका नातेदारलाई लाग्दैन । देशका सम्पूर्ण अंगहरु उसकै अधिनमा हुन्छन् र अर्को सित सत्ता पुग्न ठूलो संघर्ष गर्नुपर्छ । जव नेपालमा राणाहरुको शासन सुरु भयो देशका प्रत्येक जिल्लाहरुमा पारिवारिक सदस्य जहानिया जो राणा सरकारको गुणगान गाउथ्यो परिवार, नातेदार जो भए पनि जिल्लाबाट उठौती रकम सोझै राणा सरकारको हजुरमा पुग्दथ्यो । गौडा, अमिनि, अदालत, भूमिकर सबैमा एकलौटी हात थियो
विरोधीहरुको केही चल्लैनथ्यो । राजा पनि खोपीका बन्दी जस्तै राखेका थिए । देशमा सर्वसत्तावाद लादिएको थियो एकलौटी नै थियो । राणा कालका जनता ज्यादै सहनशील थिए । कुमाउको इतिहासमा लेखले लेखेका छन् । कुमाउ गडवालदेखि छालाको थैलोमा चाँदीका रुपियाँ बोकेर काठमाडौं पुर्याउँदा टाउकाको रौ दाम्लोले झरी सकेर पनि सत्ता सरकार राजा देखि जनता रिसाएनन् सहेकै छन् भनेर लेखेका छन् । राणाकाल सर्वसत्तावाद जहानिया शासन थियो तर आज सर्वसत्तावाद जिउदो छ, ने.का. प्रजातान्त्रिक पार्टी हो तर बाटो विराएर अप्रत्यक्ष वा प्रत्यक्ष माओवाद नामको आतंक फैलाउन लगाई देश १० वर्षे द्वन्दमा चुर्लुम्ब मात्र डुवेन राष्ट्रमा सबै अटाउने गरी राष्ट्रिय सहमति बनाउन चाहेन तर दिल्ली दरबारमा ७ दल सहित राष्ट्रद्रोही विदेशमुखी १२ बुँदे सम्झौता गर्यो । पहिले अशान्ति फैलायो बामलाई उचाल्यो पछि शान्ति ल्यायौ भनि शान देखायो । जनता पनि १० वर्षसम्म थाकेर के गरु भन्ने अवस्थामा पुगेको बेला देशमा हामीले शान्ति फर्कायौं भनि गिरिजा प्रसाद र पुष्पकमल दाहाल उफ्रिदै थिए, क्रिश्चियन राष्ट्रहरुको सहयोगमा नेपालमा उदाङ्ग मचायो पहिले जनतालाई त्रास गरायो पछि हामी यो देशका शान्तिकर्ता हौं राष्ट्रलाई नयाँ नेपाल बनाउँछौं भन्यो र भोट माग्यो र दियों बाँकी केही पनि बुझ्न सकेनौं माओवादी आन्दोलनमा र त्यसपछि १९ दिने आन्दोलनमा पनि नेपालमा मठ मन्दिरहरु, राष्ट्रनिर्माता पृथ्वीनारायण लगायत राजा तथा कवि भानुभक्तका शालिकहरु तोडफोड गरे तर चर्च र मस्जीदमा भने टसमस कुनै तोडफोड गरेन, त्यो कुरालाई हामीले प्रष्ट बुझ्नु पर्ने थियो बुझ्ने काम नै गरेनौ । राष्ट्र भन्दा ठूलो कुनै व्यक्ति हुन सक्दैन । राष्ट्र निर्माता र उनका सन्ततिहरुको शालिक तोड्ने तर लेलिन, माओका तस्वीरहरु भित्तामा सजाएर राख्ने । इतिहास जिवित राख्नु पर्दछ त्यही कोरालाई जिवन्त राख्ने कमसेकम राष्ट्र निर्माता देखिका राजाहरुका तस्वीर र पुर्व राष्ट्रपतिका तस्वीर राष्ट्रपतिको कार्यालयमा र आजसम्म भएका सबै प्रधानमन्त्रीहरुका तस्वीर विवरण झल्किने गरी प्रधानमन्त्रीको कार्यालयमा टास्ने
गर्यो भने नेपालको सम्मानमा बढावा हुने थियो । हामीले नै निर्वाचित गरेका राष्ट्रपति राष्ट्र प्रमुखप्रति जथाभावी गाली गलौच गर्नु आफैमा लज्जास्पद हो, त्यो अपमान राष्ट्रपतिको भन्दा हामी नेपाली जनतामाथि गरिएको अपमान हो । पार्टी सिस्टममा कुनै एक पार्टीको राष्ट्रिपति अवश्य हुने नै भयो । राष्ट्रपति भएको बेलामा संविधानले तोके बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काम गर्नु संवैधानिक प्रावधान नै हो ।
आज देशमा सर्वसत्तावादको जालो जेलिएको छ । त्यसकारण यस्तो सत्ता फेल हुन्छ । एक कार्यालयमा रहेका सबै फाँटहरुको नियन्त्रण प्रत्यक्ष रुपमा कार्यालय प्रमुखले गर्छ भन्ने स्टाफहरु रुष्ट हुन्छन् र प्रमुखले साथ पाउँदैन किनभने स्टाफहरुले मनमानी गर्न पाउँदैन त्यस
कारण इमान्दार कार्यालय प्रमुखले स्टाफबाट सहयोग पाउँदैन । यो देशमा प्रधानमन्त्रीको पनि त्यस्तै छ मन्त्रीहरुले जे जस्तो भ्रष्ट काम गरेमा चुप रहे साथ पाउँछ नत्र पाउँदैन त्यसकारण सत्ता टिकाउन प्रधानमन्त्रीले पनि देखे नदेखे जस्तो गरी भ्रष्टहरुको जमातलाई केही टसमस गर्दैन । सर्वसत्तावादले केही समयसम्म सत्ता टिकि रहन्छ अन्तमा गएर मात्र देश नै दुर्घटनामा पर्छ । बहुदलिय व्यवस्थामा दलहरु निश्वार्थ राष्ट्रको हितमा लाग्दैन भने समय समयमा द्वन्दको सिर्जना भैरहन्छ । २०५२ माओवादी विद्रोहको सिर्जना गर्ने ने.का. र एमाले हुन यि दुवै पार्टीहरुले माओवादीको नाममा बैंक जनता लुटपाट गराई धन जम्मा गरायो भारतीय के.आई.का नेता तथा सरकारले युद्ध सामग्री तालिम आदिको सहयोग गर्यो ७ दलहरुलाई नेपालमा बसी राष्ट्रिय सहमति गरी राष्ट्र चलाउनु भन्दा पनि गिरिजा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जस्ता विद्वानहरुको बुद्धिमा विर्को लाग्यो न भारतको पूर्ण इच्छा सिक्किमीकरण गर्न सक्यो न स्वदेशको स्वाभिमान बोकेर राष्ट्रिय सहमति नै गर्न सक्यो, सक्यो त केवल भारतीय राष्ट्रिय सहमति ।
जव सिक्किमलाई विलय गराउने लेण्डोप दोर्जे लगायतका २/४ प्रमुख गद्धार तक्मा स्याबासी पाउने आशाले विलय पछि इन्दिरा गान्धीलाई भेटन गए त इन्दिराले सोझै भनिन यस्ता देशद्रोहीलाई म भेट दिन्न भोली भारतको लागी पनि यस्तै गद्धारी नगर्लान भन्ने छैन भनि राष्ट्रको गोप्यता अर्को देशलाई बताउने गद्धारलाई भेट नदिएको केही सिकौं, सतर्क बसौं ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh