ई – दिशानिर्देश

सरकारी श्रेष्ता तथा व्यापारिक खाता, फारामहरु लागु गर्दा सरकारको ध्यान जावस

३ श्रावण २०७८, आईतवार
सरकारी श्रेष्ता तथा व्यापारिक खाता, फारामहरु लागु गर्दा सरकारको ध्यान जावस


आज विश्व नै आधुनिकतातर्फ अवश्य गई रहेको छ इसेवाहरु छन् तर पनि नेपाल अधिराज्यले त्यस्तो सुविधा प्राप्त गर्न सकेको छैन । सरकारी कार्यालयहरुका नाम बदल्ने, प्रयोग गर्ने फारामका ढाचाँहरु बदल्ने तथा व्यापारीहरुले प्रयोग गर्ने व्यापारिक खरिद विक्री खाताहरु, विद्यार्थीले पढ्ने कोर्षकका कितावहरु जति बेला बदल्ने लहड लाग्छ त्यतिबेला बदल्नु उचित हुदैन । नयाँ श्रेष्ता प्रणाली तथा त्यस सम्बन्धि
फारामहरु बदल्नु पर्ने भएमा त्यसको ढाँचा एक वर्ष पुर्व सम्बन्धित तथा व्यापारिक र औद्योगिक तर्फका छन् भने उद्योग वाणिज्य संघ स्थानीय सरकार पालिकाहरु मार्फत व्यापारीहरुलाई समेत जानकारी गराउनु पर्दछ किन भने धेरै व्यापारीहरुले सरकारी र निजी खाता श्रेष्ताका फारामहरु खरिद विक्री खाता जिन्सी नगदी कारोबार गर्ने खातापाताहरु जव साउन १ गतेदेखि लागु गरिन्छन् भने स्टेशनरी उद्योगीहरुले जेठ असाढ भित्र छपाई गरी ठाउँ ठाउँमा पुर्याई सकेका हुन्छन् र प्रयोगकर्ताले पनि प्रयोग गर्न जानेको हुदैन ।
सर्वप्रथम व्यापारीहरुलाई खाता राख्न सरकारको तर्फबाट गोष्ठी सेमिनार गरि सबै कुरा सरकारी निकाय सरकारी कार्यालय तथा व्यापारिक र औद्योगिक तर्फका छन भने उद्योग वाणिज्य संघ स्थानीय सरकार पक्षले बुझाई सक्नु पर्दछ । व्यापारी जव आर्थिक, ज्ञान मेनपावरबाट सक्षम भई सके भन्ने हुन्छ तब मात्र नयाँ ढाचाँका खाता फारामहरु लागु गर्नुपर्छ । सानो कारोबार गर्नेहरु पनि बाध्यताबस भ्याटमा दर्ता हुन्छन वा नभए पनि खरिद विक्री खाताहरुको बारेमा ज्ञान नगराई लागु गर्दा सेवाग्राही मर्कामा पर्छ आफैले कारोबारको लेखाजोखा
राख्ने थप कर्मचारी राख्न नसक्ने सादा व्यापारीहरु ज्यादै मर्कामा पर्ने हुँदा त्यतातर्फ पनि सरकारको ध्यान जानै
पर्दछ । साझेदारीमा सबैको सहभागिता अनिवार्य हुन्छ त्यस कारण राष्ट्रको कुनै पनि काम कुराको प्रणाली बदलिदा गहन अध्ययन र विचार गर्नैपर्छ । आज व्यापारीहरुका खरिद विक्री खाताहरु तयार भई खरिद विक्रीको काम पनि चलि सकेको र खाताहरु पनि निर्माण भई सकेपछि व्यापारी उद्योगीहरुको राय सुझाव बेगर बदल्नु किन ठीक छैन भने व्यापारी उद्योगीहरु राज्यको राजश्वका श्रोत पनि हुन । सरकारी कार्यालय तथा प्रा.लिहरुमा लेखामा काम गर्ने अलग कर्मचारी हुन्छन् तर भ्याटमा दर्ता भएका भए पनि साना व्यापारीहरु लेखापाल
राख्न सक्दैनन् आय कम नै हुन्छ साना व्यापारीहरुलाई त आफ्नै पारिश्रमिक निकाल्न पनि कठीन परेको हुन्छ तसर्थ प्रा.लि. लिमिटेड बाहेकका व्यापारीहरुले राख्ने खाता फारामहरु सरल हुनुपर्छ भन्ने भनाई व्यापारीहरुको रहेको पाइन्छ ।
व्यापार र बजार तथा पुजीको अध्ययन गर्दा त्यो कुरा जायज नै लागेकोले नेपाल सरकारको ध्यान जावस । त्यस्तै देशमा स्वदेशी उत्पादन नभएको उत्पादन भएको भए पनि कच्चा माल विदेशबाट आयात गर्नुपर्ने भएकोले स्वदेशी कच्चा पदार्थमा उत्पादन हुने माल बस्तुको मूल्य एक वर्षसम्म स्थिर राख्नु र आयातित कच्चा पदार्थबाट उत्पादित बस्तुमा पनि मूल्य स्थिर रहने गरी जिल्लाको दररेट कायम हुनुपर्ने अन्यथा सरकारी निर्माण काम पनि गुणस्तर नहुने हुँदा दररेटमा पनि श्रावण देखि असाढसम्म एकनास हुनु पर्दछ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh