ई – दिशानिर्देश

नेपाल राष्ट्र बैंकको विकास

५ बैशाख २०७९, सोमबार
नेपाल राष्ट्र बैंकको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२१
नेपाल राष्ट्र बैंकको विकास
१. २०१७ सालभन्दा पहिलेको स्थिति
२०१७ सालभनदा पहिले नेपालको वित्तीय जगतमा एउटा केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) एउटा वाणिज्य बैंक (नेपाल बैंक लिमिटेड) र एउटा वित्तीय संस्था (नेपाल औद्योगिक विकास कर्पोरिेशन) गरी जम्म तीनवटा संस्था मात्र थिए । देशको तत्कालीन गतिहीन आर्थिक स्थितिमा परिवर्तन ल्याउन र नेपाली मुद्राको स्थिरता कायम गरी देशभर नेपाली मुद्राको प्रचलन गराउन २०१३ साल बैशाख १४ गते केन्द्रीय बैंको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । स्थापना भएको एक दुई वर्षसम्म यस बैंकले आफ्नै आन्तरिक व्यवस्थालाई सुदृढ पार्ने काममा लाग्नु परेकोले देशको तत्कालीन ज्वलन्त समस्याको रुपमा रहेको द्धैष मुद्रा प्रणाली रुपयौंको भा.रु. सितको अस्थिर विनिमय दर र नेपाली मुद्रा प्रति अविश्वास हटाउने कार्यतर्फ बाञ्छित प्रगति हासिल गर्न सकेको थिए । त्यसपछि बैंकद्वारा नेपाली रुपैयाको भा.रु. सितको विनिमय दरमा स्थिरता ल्याउने प्रयास सुरु गरियो जुन अन्यत्र उल्लेख भईसकेको छ । २०१६ साल बैशाखमा भा.रु. सितको विनिमय दर भा.रु. १०० को ने.रु. १६० तोकिएपछि विनिमय दरको अस्थिरताको समस्या समाधान भयो । २०१७ साल अघिसम्म बैंकको सम्पूर्ण ध्यान विनिमय दरमा स्थिरता ल्याउने दिशातर्फ नै केन्द्रीत भएकोले यसले केन्द्रीय बैंकको परम्परागत कार्य बाहेक अरु विकास सम्बन्धी काममा ध्यान दिन सकेको थिएन । बैंकका परम्परागत कामहरु मध्ये एउटा महत्वपूर्ण काम नोट निष्काशन गर्नु हो । नेपालमा २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्काशन गर्ने काम शुरु भए तापनि नेपाल राष्ट्र बैंकले २०१६ साल फाल्गुन ७ गतेदेखि मात्र नोट निष्कासन गर्न शुरु गरेको थियो । यस बैंकको नोट निष्कासन गर्न थालेपछि चलन चल्तीमा धतु मुद्राको दाँजोमा कागजी मुद्राको अनुपात बढ्न थालेको थियो । २०१६ साल अषाढसम्म कुल चलन चल्तीमा
रहेको मुद्रामा धातु मुद्राको अनुपात ५१.८ प्रतिशत भएकोमा २०१७ अषाढसम्ममा यसको हिस्सता घटन गै ४३.७ प्रतिशत पुगेको थियो । २०१६ अषाढमा रु ४.६६ करोडको कागजी मुद्रा चलन चल्तीमा भएकोमा २०१७ अषाढमा यो रकम रु ६.७६ करोड पुगेको थियो ।
२. २०२७ देखि २०१९ सम्म्को स्थिति क) मौद्रिक स्थिरता कायम गर्नेतर्फ २०१६ साल बैशाखमा ने.रु.÷भा.रु. विनिमय दर भा.रु. १०० को ने.रु. १६० तोकिएपछि देशमा कैयौं वर्षदेखि विद्यमान रहेको ने.रु. र भा.रु. बीचको विनिमय दरको अनिश्चितताको समस्या समाधान भए तापनि देशमा नेपाली रुपैयामा विश्वास जगाउने र नेपाली रुपैयाको चलन चल्ती बढाउने समस्या यथावत नै थियो । नेपाली रुपैयाको चलन चल्ती बढाउने ऐन २०१४ सालमा तर्जुमा भए तापनि २०१७ साल बैशाख १ गतेदेखि मात्र काठमाडौं उपत्यका र अधिकांश पहाडी जिल्लाहरुमा लागु गरियो । यो ऐन २०१८ साल अषाढ १ गतेदेखि इलाम र बैतडीमा र भाद्र १ गतेदेखि डोटीमा पनि लागु गरियो ।
विदेशी विनिमयको कारोबार नियन्त्रण गर्ने उद्देश्यले २०१७ साल जेष्ठ २० गते श्री ५ को सरकारले विदेशी विनिमय सटही नियन्त्रण ऐन, २०१७ को तर्जुमा गर्यो । यो ऐन २०१७ कार्तिक १ गतेदेखि काठमाडौं उपत्यकामा मात्र लागु भयो । तर यो ऐनलाई २०१९ भादं्रमा तर्जुमा गरिएको विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ ले खारेज गर्यो । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ सव्रप्रथम अधिराज्यका ३६ व्यापारिक केन्द्रहरुमा लागु गरियो । यो ऐनको मुख्य उद्देश्य विदेशी मुद्राको चलन चल्तीलाई रोक्नु र नेपाली मुद्राको चलन चल्ती बढाउनु थियो । यो ऐन लागु भएका ठाउँहरुमा निक्षेप लिने, कर्जाको लेनदेन, एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउने काममा वाणिज्य बैंकहरुे पनि विदेशी मुद्राको प्रयोग गर्न नपाउने भए । साथै सर्वसाधारण जनताले इजाजत पत्र प्राप्त व्यक्तिहरु सित बाहेक अरु सित विदेशी मुद्रामा कारोबार गर्न नपाउने भयो ।
परिवत्र्य विदेशी विनिमय तर्फ २०१७ साल जेष्ठ १ गतेदेखि नेपाल राष्ट्र बैंक आफैले र नेपाल बैंक मार्फत पनि र सोही सालको कार्तिक १ गतेदेखि इजाजत प्राप्त सराफीहरु मार्फत परिवत्र्य विदेशी मुद्रा खरिद गर्न थाल्यो । २०१८ साल कार्तिक १५ गतेदेखि उपत्यकाका विदेशी पर्यटकहरु बस्ने केही होटलहरु र बैंकका काउण्टरहरुमा मात्र सटही कारोबार हुन सक्ने गरी व्यक्तिगत सराफीहरुद्धारा हुने कारोबारको अन्त्य गरियो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh