ई – दिशानिर्देश

नेपाल राष्ट्र बैंकको विकास

१२ बैशाख २०७९, सोमबार
नेपाल राष्ट्र बैंकको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनकोलागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२१
नेपाल राष्ट्र बैंकको विकास
२०१७ साल भाद्र २७ गते
भारतसँग व्यापार तथा पारबहन सन्धि हुनु अघिसम्म नेपालको परिवत्र्य विदेशी मुद्राको आम्दानी
भारतको विदेशी विनिमय कोषमा जम्मा हुन्थ्यो र त्यसको कुनै छुट्टै हिसाब हुँदैन थियो ।
नेपाललाई विदेशी मुद्राको जरुरत पर्दा भारतबाट उपलब्ध हुन्थ्यो । तर उक्त सन्धि लागू भएपछि नेपालको परिवत्र्य मुद्राको आय नेपाल राष्ट्र बैंकमा जम्मा हुन थाल्यो । २०१७ साल अषाढ सम्ममा नेपाल राष्ट्र बैंकसँग रु १३.७९ करोडको विदेशी विनिमय जगेडा कोष थियो भने २०१९ अषाढसम्ममा सो रकम बृद्धि भई १८.५४ करोड पुगेको थियो ।
भारत बाहेक अरु देशहरुसँग पनि आर्थिक कारोबार बृद्धि गर्दै लैजाने उद्देश्यले २०१७ साल ज्येष्ठ १ गतेदेखि यु.एस. डलर, व्रिटिस पाउण्ड र स्वीस फ्रयागसँग चैत्र १ गतेदेखि बर्मीच्याटसँग र २०१८ श्रावणदेखि जापानी येनसँग नेपाली रुपैयाँको विनिमय दर तोकियो । २०१९ साल अषाढमा यी मुद्राहरुको नेपाली रुपैयासितको विनिमय दर यस प्रकार थियो ।

विदेशी मुद्रा खरिद दर विक्री दर
यु.एस. डलर १ ७.६० ७.६८
पाउण्ड स्टर्लिङ १ २१.३० २१.४८
जापानी येन १ ०.०२ ०.०२
स्वीस फ्रेंक १ १.७६ १.८०
बर्मीच्याट १ १.५९५ १.६१


ख) नोट निष्काशन तर्फ
२०१९ साल अषाढसम्ममा नेपाल राष्ट्र बैंकले रु. १३.३७ करोडको नोट निष्काशन गरेको थियो जसमध्ये रु १२.४८ करोड चलन चल्तीमा र रु ८८.१५ लाख बैंकिङ विभागमा मौज्दात रहेको थियो ।
ग) आन्तरिक लगानी तर्फः
नेपाल राष्ट्र बैंकले २०२८÷१९ देखि आन्तरिक लगानी गर्न शुरु गर्यो । श्री ५ को सरकारले आर्थिक वर्ष २०१८÷१९ मा पहिलो पटक रु ७० लाखको टे«जरी विल निष्काशन गरेकोमा सो विलमा अन्य कुनै क्षेत्रबाट लगानी नभएको हुनाले यस बैंकले नै लगानी गर्नु परेको थियो ।
३. नेपाल राष्ट्र बैंकको गतिविधि (दोस्रो योजना अवधि २०१९।२०–२०२१।२२)
क) नोट निष्काशन तर्फ
दोस्रो योजनाको शुरुको वर्ष २०१९।२० को अन्त्य सम्ममा रु. १५.३१ करोडको नोट निष्काशित भएको थियो भने योजनाको अन्त्यसम्ममा नोट निष्काशनको रकम रु. ३१.९० करोड पुगेको थियो । यसरी यस योजना अवधिमा नोट निष्काशनमा रु. १६.५९ करोड (१०८.४ प्रतिशत) बढेको थियो । २०२० आषाढमा नोटको सुरक्षणमा सुन, चाँदी र विदेशी मुद्राको अनुपात ८५ प्रतिशत थियो भने २०२२ अषाढमा सो सुरक्षणको हिस्सा ९१.६ प्रतिशत रहेको थियो ।
ख) आन्तरिक लगानी
२०२० अषाढसम्ममा रु १.५५ करोडको टे«जरी बिलमा लगानी गरेको थियो । तर त्यसपछि योजना अवधिमा कुनै पनि टे«जरी विलमा लगानी भएन । २०२२ अषाढसम्ममा नेपाल राष्ट्र बैंकले श्री ५ को सरकारको विकास ऋण पत्रमा रु. ३० लाखको लगानी गरेको थियो ।
ग) बैंकिग विकासतर्फ
दोस्रो योजना अवधिमा नेपाल राष्ट्र बैंकले बैंकिग तथा वित्तीय संस्थाहरुको विकास गर्नेतर्फ पाइला चाल्न सुरु गरेको थियो । नेपाल राष्ट्र बैंकको सक्रियतामा वाणिज्य बैंक ऐन, २०२० को तर्जुमा भएपछि नेपाल बैंक ऐन, १९९४ खारेज भई नेपाल बैंक समेत यसै नयाँ ऐन अन्तर्गत संचालित भयो । वाणिज्य बैंकहरुको विकासको लागि अर्को एउटा बैंकको आवश्यकता देखिएको तर निजी क्षेत्रले यसतर्फ चाख नदेखाएकोले नेपाल राष्ट्र बैंकको सल्लाहले राष्ट्रि वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत २०२२ साल माघ १० गते श्री ५ को सरकारको पूर्ण स्वामित्वमा एउटा अर्को वाणिज्य बैंक राष्ट्रिय बाणिज्य बैंकको स्थापना गरियो ।
योजना अवधिमा स्थापना गरिएको सहकारी बैंकको पूँजी कोषमा नेपाल राष्ट्र बैंकले आफ्नो कृषि कर्जा कोषको रु ८ लाख प्रदान गरेको थियो । योजना अवधिमा नेपाल राष्ट्र बैंकले सरकारको जमानतमा नेपाल औद्योगिक विकास निगमलाई पनि रु २७.५० लाखको ऋण उपलब्ध गराएको थियो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh