ई – दिशानिर्देश

नेपाल राष्ट्र बैंकको विकास

१९ बैशाख २०७९, सोमबार
नेपाल राष्ट्र बैंकको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदाँको जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)

गत अंकको बाँकी

परिच्छेद –२१
नेपाल राष्ट्र बैंकको विकास

४. नेपाल राष्ट्र बैंकको गतिविधि (तेस्रो योजना अवधि २०२२।२३–२०२६।२७
क) नोट निष्काशन
तेस्रो योजनाको पहिलो वर्ष अर्थात आ.व. २०२२।२३ को अन्तमा निष्कासित नोटको रकम रु ३४.६० करोड थियो । योजनाको अन्तसम्ममा निष्काशित नोट र २१.३३ करोड (६१.६ प्रतिशत) ले बृद्धि भई रु ५५.९३ करोड पुग्यो । यसै अवधिमा नोटको सुरक्षणमा रहेको सुनचाँदी र विदेशी विनिमयको हिस्सा ९२.२ प्रतिशतबाट बढेर ९५.३ प्रतिशत हुन पुग्यो ।
ख) बैंकिग तथा वित्तीय संस्थानहरुको विकास
तेस्रो योजना अवधिमा नेपाल
राष्ट्र बैंक र वित्तीय संस्थाहरुो विकास र प्रवद्र्धन तर्फ सक्रिय पाइला चालेको थियो । विद्यमान वित्रीय संस्थाहरुलाई वित्तीय सहायता प्रदान गर्ने हेतुले रु १.० करोडको एउटा विकास कोष खडा गर्नुका साथै बैंक नभएका ठाउँहरुमा नयाँ बैंकहरु खोल्नका लागी वाणिज्य बैंकहरुलाई वित्तीय सहायता प्रदान गर्ने हेतुले एउटा बैंकिग विकास कोषको पनि सृजना गरियो । यस कोषबाट वाणिज्य बैंकहरुले नयाँ शाखा खोल्दा परेको नोक्सानीको पहिलो वर्षमा शत प्रतिशतसम्म दोस्रो वर्षमा ७ प्रतिशतसम र तेस्रो वर्षमा ५० प्रतिशतसम्म बेहोरिने व्यवस्था गरियो । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाइृ आफ्नो क्रियाकलाप बढाउन साधनको कमी पुरा गर्ने हिसावले नेपाल राष्ट्र बैंकले २०२३। २४ मा एउटा विस्तृत पुनर्कर्जा योजनाको तर्जुमा गर्यो । यस योजनाको सुरुमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्यात विल र औद्योगिक कर्जाको लागि रु १० करोडसम्मको पुनकर्जा दिने व्यवस्था गरिएको थियो । तर पछि यो रकमलाइृ बढाई रु २.५० करोड पुर्याईयो । पुर्नकर्जा योजना अन्तर्गत वाणिज्य बैंकहरुले निर्यात कर्जा प्रदान गरेको रकमको शत प्रतिशत रकम सम्म पुर्नकर्जा प्रदान हुन्थ्यो । यस्तो पुर्नकर्जाको व्याजदर ६ प्रतिशत थियो र वाणिज्य बैंकहरुले आफ्नो गाहकसँ ७।१÷२ प्रतिशत व्याज लिने गर्दथे । त्यस्तै औद्योगिक कर्जाको लागि दिने पुनर्कर्जाको व्याजदर ७ प्रतिशत थियो र बैंकहरुले ग्राहकसित व्याजदर ८।१÷२ प्रतिशत थियो ।
बैंकिग विकासका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरुका बीच आपसी समन्वयको विकास गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकमा एउटा बैंकिग प्रवद्र्धन समितिको गठन गरियो । यस समितिले बैंकिग विकास तथा बैंक सम्बन्धी जनचेतना जगाउन अध्ययन गोष्ठी तथा प्रचार प्रसार पनि गरेको थियो ।
यस योजना अवधिमा नेपाल राष्ट्र बैंकले कृषि विकास बैंक र राष्ट्रिय बीमा कम्पनीको क्रमश रु २५ लाख र रु ८ लाखको शेयर खरिद गरी यी संस्थाहरुको विकासमा पनि सहभागी बनेको थियो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh