ई – दिशानिर्देश

विदेशी विनिमय नियन्त्रण

२५ बैशाख २०७९, आईतवार
विदेशी विनिमय नियन्त्रण

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२१
नेपाल राष्ट्र बैंकको विकास

ग) विदेशी विनिमय नियन्त्रण
२०२३ साल जेष्ठमा भारतीय रुपैयाको ३६.५ प्रतिशतले अवमूल्यन भए पछि श्री ५ को सरकारले भारतीय रुपैया सँगको नेपाली रुपैयाको समदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेकोले नेपाली रुपैया स्वतः ५७.५ प्रतिशत पुनर्मूल्यन हुन गई भा.रु. १०० को ने.रु. १०१।५५ को विनिमय दर कायम हुन आयो । यसको लगत्तै पछि २०२३ साल असोज १ गतेदेखि श्री ५ को सरकारले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ देशभरि लागु गरी द्वय मुद्रा प्रणालीको अन्त्य गर्यो ।
श्री ५ को सरकारको यस कार्यको सफल कार्यान्वयनका लागी नेपाल राष्ट्र बैंकले भारतीय रुपैया सटही सुविधा प्रदान गर्न देशभरी सटही काउण्टर, घुम्ती सटही काउण्टर र बैंकहरुको व्यवस्था
गरेको थियो ।
२०२४ साल मंसिर २ गते ब्रिटिस सरकारले स्टर्लिङ पौण्डको १४ प्रतिशतले अबमूल्यन गरेको थियो । नेपालको विदेशी विनिमय संचितिको ठूलो भाग पौण्डमा भएको र भारतीय रुपैयाको संचितिमा पनि ह्रास हुँदै गएकोले नेपाली रुपैया र भारतीय रुपैयको विनिमय दरमा
परिवर्तन गर्नुपर्ने स्थिति आई २०२४ साल मंसिर २२ गते नेपालले नेपाली रुपियाको २४.७४ प्रतिशतले अबमूल्यन गरी भा.रु. १०० को रुपैया १३५ को सट्ही दर कायम गर्नु
परेको थियो । साथै नेपालले नेपाली अन्त
राष्ट्रिय मुद्रा कोषसँग नेपाली रुपियाँको सम विनिमय दर रु. १०.१२५ प्रति यु.एस.डलर वा ०.०८७७७० ग्राम फाइन गोल्ड प्रति रुपिया कायम गर्यो ।
घ) कर्जा नियन्त्रण
नेपाल राष्ट्र बैंकले २०२३ साल श्रावणमा जारी गरेको कर्जा नियन्त्रण नियमहरु अन्तर्गत सोही साल भाद्रदेखि सबभन्दा पहिले कर्जा नियन्त्रण सम्बन्धी काम शुरु गर्यो ।
बढी बचत परिचालन गर्ने अभिप्रायले २०२३ भाद्रदेखि लागु हुने गरी वाणिज्य बैंकहरुको व्याजदरमा बृद्धि गरियो । बचत खाताको व्याजदर ३ प्रतिशतबाट बृद्धि गरी न्यूनतम ४ प्रतिशत र १ वर्षसम्मको र सो भन्दा बढी अवधिको मुद्दती खाताको व्याजदर ४ प्रतिशतबाट बृद्धि गरी न्यूनतम ६ प्रतिशत तोकियो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh