ई – दिशानिर्देश

पाल राष्ट्र बैंकको विकास

२ जेष्ठ २०७९, सोमबार
पाल राष्ट्र बैंकको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२१
नेपाल राष्ट्र बैंकको विकास
माघदेखि चैत्र महिनासम्म स्वीकार गरिने ३ महिने मुद्दती निक्षेपमा न्यूनतम ५ प्रतिशत र कार्तिकदेखि चैत्रसम्म स्वीकार गरिने ६ महिने मुद्दती निक्षेपमा न्यूनतम ५ प्रतिशत व्याजदर तोकियो । निक्षेपको व्याजदरमा बृद्धि भएकोले कर्जामा लिने व्याजदर नेपाल राष्ट्र बैंकको स्वीकृति लिई वाणिज्य बैंकहरुले नै निर्धारण गर्ने अधिकार वाणिज्य बैंकहरुलाई नै दिइयो ।
२०२३ साल माघ १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले निर्यात कर्जाको मार्जिन दर अधिकतम २५ प्रतिशतसम्म लिन सकने, निर्यात तथा औद्योगिक कर्जामा अधिकतम ८.५ प्रतिशत, ब्याज लिने र निर्यात वि डिस्काउण्ट गर्दा ७.५ प्रतिशत व्याजदरमा गर्नुपर्ने गरियो ।
ङ) आन्तरिक लगानी तथा बचत परिचालन
योजना अवधिमा नेपाल राष्ट्र बैंकले रु ४ करोडको ऋणपत्र निष्कासन र रु २.०७ करोडको ऋणपत्रको भुक्तानी गरेको थियो ।
५. नेपाल राष्ट्र बैंकको गतिविधि (चौथो योजना अवधि २०२७।२८–२०३१।३२)
क) गेट निष्काशन
चौथो योजनाको पहिलो वर्ष २०२७।२८ मा नेपाल राष्ट्र बैंकले रु ६० करोडको नोट निष्काशन गरेको थियो । योजनाको अन्तिम वर्ष २०३१।३२ मा नोट निष्काशनको रकम रु ९५.०० करोड पुगेकोले योजना अवधिमा रु ३५करोडको बढी नोट निष्काशन भएको थियो । यसै अवधिमा नोटको सुरक्षणमा गरेको सुनचाँदी र विदेशी विनिमयको हिस्सा ९५.६ प्रतिशतबाट ७४.४ प्रतिशतमा झरेको थियो ।
ख) बैंकिंग तथा वित्तीय संस्थाहरुको विकास
चौथो योजना अवधिमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साधन उपलब्ध गराउनु पुर्नकर्जा योजनालाई व्यापक प्रयोगमा ल्याएको थियो । योजना अवधिमा नेपाल राष्ट्र बैंकले जम्मा रु ७४.६९ करोडको पुर्नकर्जा स्वीकृत गरेको थियो । योजनाको पहिलो वर्षमा जम्मा रु ३.१० करोडको पुनर्कजर्ना स्वीकृत गरेकोमा योजनाको अन्तसम्ममा सो रकम रु ४१.४४ करोड पुगेको थियो । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले योजना अवधिमा रु ५९.९९ करोडको पुनर्कर्जा उपयोग गरेका थिए । योजनाको पहिलो वर्षमा रु १.४८ करोड उपयोग भएको थियो भने योजनाको अन्त्यमा पुगेर रु ४१.१६ करोड उपयोग भएको थियो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh