ई – दिशानिर्देश

ख) बैंकिंग तथा वित्तीय संस्थाहरुको विकास

८ जेष्ठ २०७९, आईतवार
ख) बैंकिंग तथा वित्तीय संस्थाहरुको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२१
नेपाल राष्ट्र बैंकको विकास
ख) बैंकिंग तथा वित्तीय संस्थाहरुको विकास
चौथो योजना अवधिमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साधन उपलब्ध गराउनु पुर्नकर्जा योजनालाई व्यापक प्रयोगमा ल्याएको थियो । योजना अवधिमा नेपाल राष्ट्र बैंकले जम्मा रु ७४.६९ करोडको पुर्नकर्जा स्वीकृत गरेको थियो । योजनाको पहिलो वर्षमा जम्मा रु ३.१० करोडको पुनर्कजर्ना स्वीकृत गरेकोमा योजनाको अन्तसम्ममा सो रकम रु ४१.४४ करोड पुगेको थियो । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले योजना अवधिमा रु ५९.९९ करोडको पुनर्कर्जा उपयोग गरेका थिए । योजनाको पहिलो वर्षमा रु १.४८ करोड उपयोग भएको थियो भने योजनाको अन्त्यमा पुगेर रु ४१.१६ करोड उपयोग भएको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम खोलिएका वाणिज्य बैंकका शाखाहरु चलाउँदा परेको नोक्सानीको क्षतिपूर्तिको रुपमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई योजना अवधिमा जम्मा रु ९१ लाखको क्षतिपूर्ति प्रदान गरेको थियो । योजनाको पहिलो वर्ष रु ७९ लाख क्षतिपूर्ति दिएकोमा अन्तिम वर्षमा रु ६ लाख मात्र दिएको थियो ।
नेपाल राष्ट्र बेंकले वाणिज्य बैंकहरुका नयाँ खुलेका शाखाहरुका लागि योजना अवधिमा रु ५५ लाखको निव्र्याजी ऋण उपलब्ध गराएको थियो ।
यस योजना अवधिमा वाणिज्य बैंक ऐन, २०२० र राष्ट्रिय वाणिज्य बैंक ऐन २०२२ खारेज गरि वाणिज्य वाणिज्य बैंक ऐन, २०३१ लागू गरियो र दुवै वाणिज्य बैंकहरु यसै ऐन अन्तर्गत सञ्चालित भए । यस नयाँ ऐनको प्रमुख उद्देश्य दुई ऐनको एकीकरण गर्नु मात्र नभई बैंकहरुलाई देशको आर्थिक विकासमा प्रत्यक्ष रुपबाट सहभागी गराउने कानूनी आधार खडा गर्नु पनि थियो । कृषि, घरेलु उद्योग र अन्य उत्पादनशील क्षेत्रहरुमा सरल रुपमा वित्तीय सहयोग प्रदान गरि यी क्षेत्रहरुमा मध्यम र दीर्घकालीन ऋण समेत दिन सक्ने व्यवस्था गरियो ।
ग) कर्जा नियन्त्रण
२०२८ बैशाख १ गते नेपाल राष्ट्र बैंकले प्रचलित व्याजदरमा केही हेरफेर गर्यो । बैंकको निक्षेप दर ५ देख ८ प्रतिशत सम्म तोकियो । बचत खाताको निक्षप दर १÷२ प्रतिशतले र मुद्दती खाताको निक्षेप दर १२÷२ देखि १४/२ प्रतिशतसम्म बढाईयो । अल्प अवधिमा पनि व्याज पाईने सुविधा दिने उद्देश्यले योजना निक्षेपको व्यवस्था गरियो जसमा व्याज दर ३/१/२ देखि ४/१/२ प्रतिशतसम्म तोकिएको थियो । नयाँ संशोधित कर्जादर ७ देखि १३ प्रतिशतको बीचमा तोकिएको थियो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh