इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदाँको जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२१
नेपाल राष्ट्र बैंकको विकास
प्राथमिकता प्राप्त क्षेत्रलाई व्याजदर रकम गरी अन्य क्षेत्रलाई व्याजदर बढाईएको थियो । कृषि क्षेत्रमा काम गर्ने वित्तीय संस्थाहरुको कजाृदर ३–१/२ प्रतिशतदेखि १० प्रतिशत सम्म र नेपाल औद्योगिक विकास निगमको कर्जादर ७–१/२ प्रतिशत तोकिएको थियो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दिने पुनर्कर्जादर ४–१÷२ देखि ६ प्रतिशतसम्म निर्धारण गरियो । कृषि क्षेत्रका बित्तीय संस्थाहरुलाई दिइने पुनर्कर्जा दर २ देखि ६ प्रतिशतसम्म नेपाल औद्योगिक विकास निगमलाई दिइने पुनर्कर्जा दर ५ प्रतिशत निर्धारण गरिएको थियो ।
नेपाल राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरुको मार्जिन दरमा पनि संशोधन गरी विभिन्न प्रयोजनका लागी न्यूनतम १५ देखि ३० प्रतिशतसम्म निर्धारण गरियो । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई दिने पुनर्कर्जा मार्जित दरमा पनि संशोधन गरी वाणिज्य बैंकहरुलाई १० प्रतिशत, कृषि क्षेत्रका वित्तीय संस्थाहरुलाई १० देखि २० प्रतिशतसम्म र नेपाल आद्योगिक विकास निगमलाई मार्जिन नै नचाहिने गरियो ।
निर्यातलाई प्रोत्साहित गर्ने र आयातको परिमाणलाई नियन्त्रण गर्ने उद्देश्यले २०३० जेठ १८ गतेदेखि वाणिज्य बेंकहरुका नियर्ता योग्य बस्तुहरुको धितोमा जाने कर्जाको दर घटाई ९ प्रतिशत र साधारण र मझौला खालका सुति कपडा बनाउन अरु किसिमका कपडाको धितोमा जाने कर्जादरमा बृद्धि गरी १३ प्रतिशत र स्टील र अन्य आयात मालसामानको धितोमा जाने कर्जादर २३ प्रतिशत गरियो ।
२०३० साल भाद्र १ गतेदेखि निर्यात विलको कर्जाको व्याजदर ६.५ प्रतिशत र ए.वि.सि. अन्तर्गत विदेशमा सामान पठाएको डकुमेन्टमा जाने कर्जाको व्याजदर ८ प्रतिशत निर्धारण गरियो । यी कर्जाहरुको लागि पुर्नकर्जाको व्याजद क्रमशः ४ र ६ प्रतिशत निर्धारण गरियो । बैंकहरुको साधन परिचालन तथा कर्जाप्रवाहमा सन्तुलन ल्याउने, मूल्य बृद्धिलाइृ नियन्त्रण गर्ने तथा वैदेशिक सम्पत्तिमा ह्रास हुन नदिने उद्देश्यले २०३१ साल श्रावण १ गतेदेखि फेरी व्याजदरमा हेरफेर गरियो । बचतमा दिइने व्याजदर ५ प्रतिशतबाट ६.५ प्रतिशत गरियो । मुद्दती तर्फ १ वर्ष मुद्दती निक्षेपमा ७.५ प्रतिशतबाट ९.५ प्रतिशत २ वर्षेमा ७.७५ प्रतिशतबाट ९.७५ प्रतिशत, ३ वर्षेमा ८ प्रतिशतबाट १० प्रतिशत, ४ वर्षेमा ८.२५ प्रतिशतबाट १०.२५ प्रतिशत र ५ वर्षे र सो भन्दा बढीमा ८.५ प्रतिशतबाट १०.५ प्रतिशत गरियो । त्यस्तै वाणिज्य बैंकहरुले कर्जामा लिने व्याजदर पनि १ देखि ३ प्रतिशत विन्दुसम्मले बृद्धि गरियो । क्रमशः