ई – दिशानिर्देश

वाणिज्य बैंकहरुको विकास

१२ भाद्र २०७९, आईतवार
वाणिज्य बैंकहरुको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२२
वाणिज्य बैंकहरुको विकास
१. २०१७ भन्दा पहिलेको स्थिति
२०१७ सालभन्दा पहिले नेपालमा एउटा मात्र वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड थियो । विक्रम सम्व १९९४ सालमा स्थापना भएको यस बैंकको क्रियाकलाप २०१७ सालभन्दा पहिले ज्यादै सिमित थिए । रु १.० करोडको अधिकृत पूँजी र रू. ८ लाख ४२ हजारको चुक्ता पुजीबाट स्थापना भएको यस बैंकका गतिविधिहरु काठमाडौं र तराईका केही शहरहरुमा मात्र सिमित थिए । २०१७ साल अषाढ सम्ममा यस बैंकका जम्मा १६ वटा शाखाहरु थिए जसमध्ये १२ वटा तराईमा थिए । सो अवधिसम्ममा बैंकको कुल निक्षेप रु ७.२२ करोड, कर्जा रु ३.२२ करोड, नगद मौज्दात रु १.५९ करोड र चुक्ता पूँजी रु. २५.० लाख थियो ।
२. २०१७ देखि २०१९ सम्मको स्थिति
२०१७ आषाढ सम्ममा देशको नेपाल बैंक लि. को कूल पूँजी रू.४४ करोड थियो जसमध्ये निक्षेप रू. ७.२२ करोड थियो । जम्मा निक्षेपमा चल्ती निक्षेपको हिस्सा सबभन्दा बढी ६३.३ प्रतिशत (रू.४.५७ करोड) थियो । मुद्दती निक्षेपको हिस्सा ३०.७ प्रतिशत
(रू.२.२२ करोड) र बचत निक्षेपको माग ६.० प्रतिशत (रू.०.४३ करोड) थियो । नेपाल बैंक लिमिटेडको निजी क्षेत्रलाई गएको कर्जा मात्र ३.२२ करोड थियो र तरल सम्पत्ति रू. ४.९९ करोड थियो । यसरी २०१७ आषाढमा निक्षेपको तुलनामा कर्जाको अनुपात ४४.६ प्रतिशत मात्र थियो । फलस्वरूप तरलताको स्तर निकै बढी ६९.१ प्रतिशत थियो । उक्त अवधिसम्ममा नेपाल बैंक लिमिटेडका जम्मा १६ शाखाहरू मात्र थिए । तीमध्ये १२ वटा तराई क्षेत्रमा थिए भने काठमाडौं र पहाडमा गरी ४ वटा मात्र थिए ।
२०१९ साल आषाढसम्ममा निक्षेप परिचालन रू. ७.९३ करोड पुगेको थियो जसमध्ये चल्ती निक्षेपको हिस्सा ५५ प्रतिशत (रू.४.३८ करोड), मद्दती निक्षेपको हिस्सा ३७ प्रतिशत (रू.२.९५ करोड) र बाँकी बचत निक्षेप थियो । २०१९ आषाढ सम्ममा कर्जाको रकम बढेर रू.५.७५्र करोड र तरल सम्पत्तिको रकम घटेर रू.३.५४ करोड पुगेको थियो । यसरी कर्जा–निक्षेप अनुपात ७२.५ प्रतिशत पुग्न गएको थियो भने तरलता निक्षेप अनुपात ४४.६ प्रतिशत पुगेको थियो ।
२०१९ वैशाखसम्ममा नेपाल बैंक लिमिटेडको उठाउन बाँकी कर्जा रू. ६.३१ करोड थियो जसमध्ये वैदेशिक व्यापार कर्जा रू.२.७५ करोड र अन्य कर्जा (सुन,चाँदी र अन्य पदार्थहरूको धितोमा गएको) रू.३.५६ करोड थियो ।
३. दोस्रो योजना अवधि (२०१९/२०–२०२१/२२) को स्थिति
दोस्रो योजनाको पहिलो वर्ष २०१९।२० मा रू.१०.०७ करोडको निक्षेप परिचालन गरेको थियो । यसमध्ये ६१ प्रतिशत (रू.६.१४ करोड) चल्ती निक्षेप, ३२ प्रातशत (रू.३.२६ करोड) मुद्दती निक्षेप र बाँकी बचत निक्षेप थियो । सो वर्ष नपाल बैंक लिमिटेडको कर्जा तथा लगानी रकम रू.६.३८ करोड थियो । जसमध्ये निजी क्षेत्रलाई रू.५.९३
करोडको कर्जा गएको थियो र रू.०.४५ करोड सरकारी ऋणपत्रमा लगानी भएको थियो । निक्षेप वृद्धिको तुलनामा कजाको रकम बढ़न नसकेका कारणले कर्जा–निक्षेप अनुपात ५८.९ प्रतिशतमा ओर्लेको थियोर तरल सम्पत्तिको रकम बढेर रू.४.४० करोड पुगेकोले तरलताको अनुपात ४३.७ प्रतिशत रहन गएको थियो । २०२० आषाढ सम्ममा बैंकको उठाउन बाँकी ऋण रू.७.४१ करोड पुगेको थियो सो मध्ये अधिकांश रकम सुन, चाँदी र अन्नहरूको धितोमा गएको थियो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh