ई – दिशानिर्देश

गौरा पर्वको रौनकता धुमधामसँग मनाईदै

१९ भाद्र २०७९, आईतवार
गौरा पर्वको रौनकता धुमधामसँग मनाईदै

दिशानिर्देश समाचार
महेन्द्रनगर, १८ भदौं
सुदूरपश्चिममा गौरा पर्वको रौनकता छाएको छ । बिहीबार देखी विधिवत रुपमा सुरु भएको गौराको पहिलो दिन घर घरमा विरुडा (पाच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर सुरुवात गरिन्छ । परापूर्व देखिको परम्परा अनुसार तामाको भाँडोलाई गाइको गोबरले लिपेर दुबो अक्षताले सजाएर भाँडोमा मास, कलौ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने गरिन्छ । विरुडा पन्चमी बाट गौरा पर्वको सुरुवात हुने गर्दछ । बिरुडा भिजाउदा महिलाहरु सगुन फाग लय हालेर गाउने गर्दछन् । भिजाएर राखेको बिरुडा षष्ठी को दिन पखाल्ने गरिन्छ ।
सप्तमी र अष्टमीलाइ गौराको विषेश दिन मान्ने गरिन्छ । सप्तमीको दिन महिलाहरु नजिकैको खेतबारीमा गएर धान र सउ घाँस बाट गौरा को प्रतिमा बनाई डालोमा राखेर गौरा घरमा भित्राउछन् । गौराको पुजा गर्दा श्रीमान तथा घर परिवारका सदस्य निरोगी दीर्घायु, परिबारमा सुख समृद्धि कायम रहने विस्वास छ । अष्टमीका दिन पुजा आजा गर्दै गौरा घरमा नचाउने गरिन्छ । महिला पुरुष देउडा खेल खेल्ने गर्छन् । प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् । शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पजा गरिंदै आएको छ । विहानै ब्रतालु महिलाहरुले स्नान गरी गौरा खलामा गई गौरा देवी लाई वाहिर ल्याएर उमा– महेश्वरको पुजा अर्चना
गरेपछि सप्तमीको दिन गौरा देविमा आफुले चढाएका दुवधागोलाई निकालेर गलामा लगाउने गर्दछन । अमर–अटलको प्रतिक दुवोको समेत पुजा गरिने भएकाले दुर्वाष्टमी पनि भन्ने चलन छ । सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ती गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन । यसरी खेलाउदा उनीहरुले गौरा गित गाउने गर्दछन जसलाई (फाग) भन्ने गरन्छि । दिनभरीको उमा महेशवरको पुजा अर्चना गरिसकेपछि गौरापर्व थालनी गरीएका दिनमा भिजाएका पञ्चअन्नलाई वाडेर ब्रत वसेका महिलाहरुले आ–आफ्ना घर लैजाने विरुडा केही भागले घर परिवारका सदस्यलाई पुज्ने र वाकि रहेको विरुडा लाई भुटेर प्रसादको रुपमा खाने गर्दछन । भने विभिन्न मठ मन्दिर, चौक चौतारामा लोक भाकामा महिला तथा पुररुषहरु देवि देवताका गाथा सहितका गित गाउदै देउडा खेल्ने महाकाली साहित्य संगमका केन्द्रिय सल्लाहकार चन्द्रकला पन्तले बताए । यो पर्वको थालनी भाद्र पञ्चमीका दिन महिलाहरुले गहु, केराऊ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्च अन्नलाई भिजाएर हुने भएपनी समापनको भने निश्चित तिथि भएको पाईदैन । सामान्यतया गौरा पर्व एक साता सम्म मनाइने गरीन्छ । गौरा विसर्जन नगरिए सम्म गोरा घर, विभिन्न चौतारा तथा सार्वजनीक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टा छुट्रटै रुपमा गोलवद्ध भई स्थानिय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गरेका छन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh