ई – दिशानिर्देश

वाणिज्य बैंकहरुको विकास

२६ भाद्र २०७९, आईतवार
वाणिज्य बैंकहरुको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदाँको जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२२
वाणिज्य बैंकहरुको विकास
निक्षेप वृद्धिको तुलनामा कजाको रकम बढ़न नसकेका कारणले कर्जा–निक्षेप अनुपात ५८.९ प्रतिशतमा ओर्लेको थियोर तरल सम्पत्तिको रकम बढेर रू.४.४० करोड पुगेकोले तरलताको अनुपात ४३.७ प्रतिशत रहन गएको थियो । २०२० आषाढ सम्ममा बैंकको उठाउन बाँकी ऋण रू.७.४१ करोड पुगेको थियो सो मध्ये अधिकांश रकम सुन, चाँदी र अन्नहरूको धितोमा गएको थियो ।
दोश्रो योजनाको अन्तिम वर्ष २०२१/२२ मा निक्षेपको रकम बढेर रु .१२.९८ करोड पगेको थियो । सो मध्ये चल्ती निक्षेपको हिस्सा ६६.६ प्रतिशत पुग्यो भने मुद्दती निक्षेपको हिस्सा घटेर २५ प्रतिशत रह्यो । वास्तवमा मुद्दती निक्षेपको रकम २०१९/२० कै स्तरमा मात्र कायम रहेको थियो । बचत निक्षेपको हिस्सा भने उल्लेखनीय रूपले बढेर ८.४ प्रतिशत (रू.१.०९ करोड पुगेको
थियो ।
यो वर्ष निजी क्षेत्रलाई गएको कर्जाको रकम २०१९/२० का तुलनामा झण्डै दोब्बर हुन गएको थियो । निक्षेपको बृद्धिभन्दा कर्जाको बृद्धि तीव्र भएकोले नेपाल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट पहिलो पटक रू. ३० लाख सापटी लियो ।
यसरी यो वर्ष कर्जा– निक्षेप अनुपात बढेर ८२.४ प्रतिशत पुगेको थियो भने तरलता निक्षेप अनुपात भने ३०.४ प्रतिशतमा ओर्लेको थियो । दोस्रो योजनाको अन्त तिर बैशाख २०२२ मा नेपाल बैंक लिमिटेडले आफ्नो निक्षेपको व्याज दर बृद्धि गर्यो ।
पहिले चल्ती निक्षेपमा १/२ प्रतिशत व्याज दिने गरेकोमा सो व्याज हटाइयो । बचत निक्षेपको व्याजदर २ प्रतिशत र ३ प्रतिशत कायम गरी मुद्दती निक्षेप तर्फ अवधि हेरी साढे तीन प्रतिशतदेखि ६ प्रतिशतसम्म व्याजदर कायम गरियो । कर्जादरमा भने कुनै परिवर्तन गरिएन ।
दोस्रो योजनाको अन्तसम्ममा उठाउन बाँकी कर्जा रु ११.६९ करोड थियो । जसमध्ये वैदेशिक व्यापार कर्जा रु ५.११ करोड र अन्य कर्जा रु ६.५८ करोड थियो । दोस्रो योजनाको अन्तसम्ममा नेपाल बैंक लिमिटेडका शाखाहरु जम्मा ३२ पुगेका थिए र ती मध्ये २१ वटा तराईमा र ११ वटा काठमाडौं र पहाडमा थिए । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh