ई – दिशानिर्देश

वाणिज्य बैंकहरुको विकास

२ आश्विन २०७९, आईतवार
वाणिज्य बैंकहरुको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२२
वाणिज्य बैंकहरुको विकास
४. तेसो योजना अवधि (२०२२/२३–२०२६।२७) को स्थिति
तेस्रो योजनाको पहिलेवर्ष २०२२/२३ मा बाणिज्य बैंकहरूको कल निक्षेप केही घटेर रू.१२.५० करोड पुगेको थियो । चल्ती निक्षेप उल्लेखनीय रूपले घटेर रू. ७.५८ करोड पुगेको थियो भने बचत र मद्दती निक्षेप केही मात्रामा मात्र बढी क्रमशः रू.१.५२ करोड र ३.४० करोड पुगेको थियो । बैंक कर्जा र लगानी भने तीव्र रूपमा बढेर रू.१६.५९ करोड पग्न गएको थियो। निजी क्षेत्रलाई गएको कर्जाको रकममा ठूलो बृद्धि हुनका साथै त्यसवर्षदेखिसरकारी संस्थानहरूले पनि बैंकबाट कर्जाको माग गर्न थालेका थिए । यसरी कर्जामा तीव्र बृद्धि भइ निक्षेपको रकमले नै नपुग भएकोले नेपाल राष्ट्र बैंकबाट रू.२.९४ करोड सापटी लिन
परेको थियो । सो वर्षको कर्जा–निक्षेप अनुपात १३० प्रतिशत र तरल सम्पत्ति घट्दै गएकाले तरलताको अनुपात १५ प्रतिशतमा ओर्लेको थियो ।
२०२२ साल वैशाखमा निक्षेप व्याजदरमा बृद्धि गरेको कारणले बचत र मुद्दती निक्षेपको रकममा केही वृद्धि भए तापनि २०२३ जेष्ठ २४ गते नेपाली मद्राको भारतीय मुद्राको दाँजोमा पुनर्मूल्यन भएको कारणले चल्ती निक्षेपमा उल्लेखनीय रूपले घट्न गएको थियो । कर्जातर्फको व्याजदरमा बृद्धि नभएको र भारतीय सामानहरू सस्तो भएकोले त्यस्ता वस्तुहरू थपारी पट्काबाजीबाट कमाउने प्रवृत्तिले गर्दा कर्जाको माग निकै बढेको थियो । २०२३ आषाढ मसान्त सम्ममा असुल गर्न बाँकी कर्जा रू.१६.६० करोड मध्ये सबभन्दा ठूलो रकम (रू.६.१७ करोड) अन्न तथा कृषि उपजको धितोमा गएको थियो । अन्य कर्जामा सामान्य वृद्धि मात्र भएको थियो । यसरी बचतको तुलनामा कर्जाको वृद्धिदर तीन हँदै गएकोले वाणिज्य बैंकको साधनमा चाप परेको हुँदा त्यसलाई निराकरण गर्न बढी बचत संकलन गर्ने र कर्जाको मागमा नियन्त्रण गर्ने दृष्टिले २०२३ श्रावण १५ गते वाणिज्य बैंकहरूको निक्षेप र कर्जा व्याजदर दबै बढाइएको थियो । निक्षेपतर्फ बचत निक्षेपमा ४ प्रतिशत
र मद्दतीतर्फ ५ देखि ७ प्रतिशतसम्म व्याजदर निर्धारण गरिएको थियो । कर्जाको दरपनि वृद्धि गरी निर्यात बीलमा ७. १÷२ देखि ८. १÷२ प्रतिशत, प्रतीशत पत्रमा ६ देखि ६५ प्रतिशत, सुन चाँदीमा ९ १÷२ प्रतिशत, आयात बील (भारत) मा ८ १÷२ प्रतिशत, मुद्दती निक्षेपमा ९ प्रतिशत र ओभर ड्राफ्टमा ११ प्रतिशतसम्म पु¥याइएको थियो । साथै कर्जा नियन्त्रणका अन्य उपायहरू पनि अंगाल्नका साथै मंसीर २०२४ मा नेपाली मद्राको अवमूल्यन समेत भएकोले तेस्रो योजनाको अन्तसम्ममा वाणिज्य बैंकहरूको स्थितिमा निकै सधार आएको थियो। तेस्रो योजना अवधिमा एउटा नयाँ बैंक राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएकोले पनि बैकिंग गतिविधिमा निकै तीव्रता आएको थियो । आर्थिक वर्ष २०२६।२७ मा कल निक्षेप रू.३६.४२ करोड पगेको थियो जन २०२२।२३ को भन्दा १८०.६ प्रतिशतले बढी थियो । साथै कुल निक्षेपको बनौटमा पनि उल्लेखनीय परिवर्तन देखापरेको थियो । २०२२।२३ सम्म जम्मा निक्षेपमा चल्तीको हिस्सा अत्यधिक थियो तर २०२६।२७ मा भने चल्ती निक्षेपको हिस्सा कम भई (४१.६ प्रतिशत) मद्दतीकै हाराहारी (३९.५ प्रतिशत) मा पुगेको थियो । व्याज आर्जन हने बचत तथा मुद्दती निक्षेपमा वृद्धि भई चल्ती निक्षेपको अंश कम हुँदै गएको थियो । सो वर्ष निक्षेप बृद्धिको दाँजोमा कर्जा तथा लगानीमा बद्धि हन सकेन । तसर्थ कर्जा–निक्षेप अनुपात पहिलेको १३० प्रतिशतबाट ओर्ली ८१.७ प्रतिशत पुगेको थियो । तरलताको स्थितिमा सुधार भई तरल सम्पत्ति निक्षेप अनुपात ४२.० प्रतिशत पुगेको थियो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh