ई – दिशानिर्देश

छाडा पशुचौपायाले किसान हैरान

९ आश्विन २०७९, आईतवार
छाडा पशुचौपायाले किसान हैरान


दिशानिर्देश समाचार
महेन्द्रनगर, ८ असोज
कैलाली कञ्चनपुरका किसान छाडा पशु चौपायाले धानबाली खाएर सखाप पार्न थालेपछि हैरान भएका छन । आजभोली छाडा पशुचौपाया शहरदेखि गाउँसम्म जताततै देखिने गरेका छन । गाउँ शहरका मानिसले गाईले दुध दिने बेलासम्म मात्रै घरमा राख्ने र दुध दिन छोडेपछि सडकमा छोड्ने गरेका तमाम उदाहरणहरु छन । यसरी नै छोड्ने प्रवृत्ति बढदै जाँदा पशुचौपायाको विचल्ली गरेका छन । तिनै विचल्लीमा परेका चौपाया गाउँघर खेतमा आएर धानबाली खाएर नष्ट पार्ने गरेका छन । त्यसैको ज्वलन्त उदाहरण हो पुनर्वास नगरपालिका ११ अमरबस्ती स्थित शान्ति टोलवासी किसानहरूको धानबाली र मकैबाली छाडा पशुचौपाया ले खायर नष्ट पार्दै आएका छन । छाडा पशुचौपायाहरू गाउँसंगै जोडिएको स्थानीय अमरगोकुल सामुदायिक बन सिद्धदेवी सामुदायिक बन तथा श्री अमर श्रीकृष्ण सामुदायिक बनमा बस्ने र रात पर्ने बितिकै धानबालीमा पसि नष्ट गर्ने गरेको पिडित दिनेश बिकले बताए । ६० देखि १०० वटा सम्मको संख्यामा आउने गरेका छाडा पशु चौपायाहरू बढी जसो
रातीको समय खेतवारीमा पसेर बाली नष्ट गर्दै आएको स्थानीयको भनाई छ । पछिल्लो समय छाडा चौपायाका कारण किसानहरुले लगाएको खेतीमा मात्रै नभई सार्वजनिक यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ । छाडा पशुचौपाया धपाउन स्थानियहरु रातभरी जाग्रम बस्ने गरेको स्थानियहरु बताउछन् । ‘गाई गोरुको न्यायोचित व्यवस्थापन भने हुन सकेको छैन’ स्थानियहरु भन्छन्दु हुनो गाई छउन्जेल घरमा पाल्ने र दूध खाने, दूध दिन छाडेपछि छोड्ने परिपाटीले समस्या थपिदै गएको स्थानीय अगुवा बताउँछन । धानको बाला लहलह भएको अवस्थामा छाडा चौपायाले एकै रातमा खेतमा पसेर उपद्रो मच्चाउदै आएको स्थानीय बताउँछन । जग्गा भएर मात्रै के गर्ने लगाएको बाली उठाउनै पाईदैन । छाडा पशु
चौपायाले विगत ३/४ बर्षदेखी गहुँ, धान र मकैबाली नष्ट पार्दै आएको स्थानीय उत्तम महर्जनले बताए । छाडा चौपायाले बर्सेनि लगाएको बाली नष्ट पार्दै आएपछि १० कठ्ठा जग्गा बाझै राख्नुपरेको बताए । किन खेती लगाएछु जस्तो लागि
रहेको छ स्थानीय अम्मरे कामी दुखेसो पोख्छन । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले स्थानीय करन
रोकायाले दुख व्यक्त गरे ।’ वर्षभरिका लागि खान पुग्ने खेत एकै रातमा छाडा चौपायाले सखाप पार्न थालेपछि जहान केटाकेटी
कसरी पाल्ने भन्ने चिन्ता रहेको छाडा पशु चौपाया पिडित लोकबहादुर आउजी बताउँछन् । सयौं किसानहरूको धानबाली छाडा चौपायाले नष्ट पारेको छ । छाडा चौपायाले बाली नष्ट पारेपछि कतिपय स्थानीयहरू परिवारको खर्च जोहो गर्न भारत तर्फ जान थालेका छन । स्थानीयले तारजाली जडान गरिनुपर्ने माग राखेका छन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh