ई – दिशानिर्देश

२०४७ देखि ०६२/६३ सम्मको उपलब्धी

२७ कार्तिक २०७९, आईतवार
२०४७ देखि ०६२/६३ सम्मको उपलब्धी


जव भारतका नेताहरुलाई नेपालमा आमन्त्रित गरी राजसंस्थालाई नेपाली नेताहरुले गाली गर्न लगाए त्यसपछि राजा महेन्द्रको दर्शन खोसियो र माओ लेलिनको दर्शन सिरोधार्य गरे । भारतीय कम्पनी, उद्योगहरुको अनुरोधमा कमिसन खाई नेपालका उद्योगहरुलाई सर्वप्रथम आगो लगाई त्यसपछि मुल्य घटाई विक्रि गरी प्राप्त रकम कार्यकर्ता र निर्वाचनमा खर्च गरे । गिरिजा प्रसादले राजसंस्थामाथि षडयन्त्र गरी राजसंस्था तथा राजपरिवारको हत्या गराई राज्यलाई कमजोर पार्ने काम गर्यो ।
२०६२/६३ पछि त्यसपछि ५ वर्षको लागी चुनिएका सांसदहरुलाई ६ वर्षपछि नयाँ चुनाव नगराई मृत सांसदलाई राजा ज्ञानेन्द्रलाई अप्यारोमा पारी गैर कानूनी तरिकाले पुनरबहाली गरी त्यही अवैध सांसदले गणतन्त्रको घोषणा गरी संविधानसभाको निर्वाचनपछि चुनिएका सभासदहरुको पहिलो बैठकले राजसंस्था निलम्बन गर्ने भन्ने गैरकानूनी निर्णय गरेको र पछि पहिलो बैठकबाट राजसंस्था हटाउने निर्णय गरी सकेकोले राजा ज्ञानेन्द्रद्धारा जनताको नासो जनतालाई नेता मार्फत फिर्ता गरेको छ । त्यसपछिका दिनहरुमा युवाहरलाई विदेशीका नोकर चाकर बनाउन बाहिर पठाएका आमाबाबु बृद्धलाई बृद्धभत्ता दिई चित्त बुझाउन खोजेको छ।
०७७/०७८ सम्म पुग्दा बालुवाटारको जग्गा ललिता निवास टुडिखेल बसपार्क लगायत नारायणहिटीको केही जग्गा समेत अनधीकृत हस्तक्षेप गरी बेचेका र रकम हिनामिना गरी खाएको, जिल्लाहरुमा नगर विकास समितिको अधिनमा रहेको जग्गा पनि गुरुयोजना विपरित विक्रि गरी रकम खाएको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh