ई – दिशानिर्देश

चुनाव सकिएसँगै युवा कामको खोजीमा विदेशिदै

१८ मंसिर २०७९, आईतवार
चुनाव सकिएसँगै युवा कामको खोजीमा विदेशिदै

शानिर्देश समाचार
महेन्द्रनगर, १७ मंसिर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको संख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्ुडााचौकी भएर भारत जानेको संख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव
निरीक्षक बहादुर धामीले बताए ।
चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन् । मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही नभएपछि ‘जीविकोपार्जन गर्नका लागि बाध्य भएर भारततर्फ जाने गरेका छन । सडक पुर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ । ‘अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्ने मजदुरको भनाई छ ।
त्यसैगरी धनगढीबाट पुनः श्रमस्वीकृतिको व्यवस्थासँगै युवाहरु विदेश पलायन बढेको छ ।
सुदूरपश्चिमबाट वैदेशिक रोजगारमा जान पुनः श्रमस्वीकृति लिनेको संख्या बढेको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरका बेला पुनः वैदेशिक रोजगारीमा जानेको संख्यामा केही कमी आएपनि अहिले यस्तो संख्या बढेको हो । विगतमा खुला सीमा रहेका भारतीय बजारमै रोजगारीमा सीमित हुने सुदूरपश्चिमका बासिन्दा पछिल्ला वर्षहरूमा तेस्रो मुलुकमा पनि जान थालेका छन् ।
धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ६ सय ९० पुरुष र १० जना महिला गरी ७ सय जनाले विभिन्न १२ देशका लागि पुनःश्रमस्वीकृति लिएको देखिएको छ । युवाहरु धनगढीबाट पुनः श्रमस्वीकृति लिएर विदेश पलायन हुनेक्रम रोकिएको छैन् ।
यस्तो संख्या आर्थिक वर्ष २०७८÷७९ यो संख्या बढेर ८ सय ५१ पुगेको छ । तीमध्ये २० जना महिला छन् । चालु आर्थिक वर्ष सुरुभएयता पनि पुनःश्रमस्वीकृति लिएर पलायन हुनेक्रम बढेको श्रम तथा रोजगार कार्यालय धनगढीका प्रमुख जनक ओखेडाले बताए । ‘अनलाइन आवेदन भरेर पनि पुनः श्रमस्वीकृति लिन सक्ने व्यवस्था भएकाले सुदूरपश्चिमबाट मात्र कति युवा पलायन भए भन्ने एकिन विवरण कार्यालयसँग हुँदैन तर कार्यालयमै आएर पुनःश्रमस्वीकृति लिनेको संख्या भने दैनिक रुपमा बढ्दो देखिन्छ ।’
काठमाडौंस्थित वैदेशिक रोजगार विभागबाट पहिलो पटक श्रमस्वीकृति लिइसकेपछि समयावधि थपेर पुनः वैदेशिक रोजगारीमा जानेहरूले धनगढीस्थित कार्यालयबाटै स्वीकृति लिने गरेका छन् ।
चालु आर्थिक वर्ष सुरुभएसँगै दैनिक कम्तीमा २० जनाले पुनःश्रम स्वीकृति लिइरहेको कार्यालयले बताएको छ । वैदेशिक रोजगारीअन्तर्गत सबैभन्दा धेरैले यएईका लागि पुनः श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षमा यहाँबाट १२ देशका लागि पुनः श्रम स्वीकृति लिएको देखिएको श्रम तथा रोजगार कार्यालय धनगढीका सुचना अधिकारी नवराज भट्टले बताए ।
धनगढीबाट पुनः श्रमस्वीकृति लिएर धेरै संख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा छन् ।
सुदूरपश्चिमबाट वैदेशिक रोजगारीमा जानेहरूमा सीप भएकाभन्दा पनि सीप नसिकेका व्यक्तिहरूको संख्या बढी देखिएको छ । आर्थिक वर्ष २०७८/८९ मा विभिन्न १९ देशका लागि १५ महिला र ७ सय ६८ पुरुष गरी ७ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएको अभिलेख छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh