ई – दिशानिर्देश

छाडाचौपाया व्यवस्थापन किन बन्दैछ चुनौती

२६ मंसिर २०७९, सोमबार
छाडाचौपाया व्यवस्थापन किन बन्दैछ चुनौती


दिशानिर्देश समाचार
महेन्द्रनगर, २४ मंसिर
छाडाचौपाया व्यवस्थापन स्थानीय सरकारको चुनौतीको रुपमा खडा भएको छ । छाडाचौपायाले हैरान गरेको भन्दै स्थानीयले कञ्चनपुरको वेदकोट नगरपालिकाका भित्र छाडाचौपाया हुलिएपछि विवाद उत्पन्न भएको थियो । स्थानीयले छाडाचौपाया व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भएको भन्दै आन्दोलन गरे । नगरपालिकाभित्र गाई हुलिएपछि नगरपालिकाले व्यवस्थापन गर्नका लागि नगरपालिकाकै वडा ६ मा रहेको गौशाला लग्यो । त्यस क्रममा गाई व्यवस्थापन गर्दा केही अराजक समुहले अवरोध गरेको नगरपालिकाको दावी छ । तर छाडाचौपाया व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भएपनि यसतर्फ आम नागरिक समेत सचेत हुन जरुरी छ । दुध दिने बेलासम्म गाई घरमा राख्ने र दुध दिन छोडेपछि गाई सडकमा छोड्ने परम्पराले गर्दा यो समस्या बल्झिएको हो । यसको व्यवस्थापनका लागि स्थानीय सरकारहरुले करोडौ खर्च गरेपनि दिगो व्यवस्थापन गर्न भने सकेका छैनन । साहित्यकार तथा सुदरपश्चिम प्रदेशका जानकार हेमबाबु लेखकले भने छाडाचौपायाको मुख्य दोषी नागरिक भएको बताए । यो समस्याका मुख्य दोषी हामी नागरिक भनिनेहरु नै हौ दोस्रो दोषी स्थानीय तहका जनप्रतिनिधिहरु हुन । उनले भने–गाईको व्यवस्थापनका लागि दीर्घकालीन उपाय योजनावद्ध तरिका आफु निकटका मान्छेहरुलाई गाई व्यवस्थापनका लागि बजेट दिने स्थानीयसरकारका जनप्रतिनिधिहरु दोषी छन । उनले विगतका स्थानीय सरकारहरुले यसमा ठोस समाधान निकाल्न नसकेको र अहिलेका स्थानीय सरकारहरुले पनि यसमा परिपक्वता देखाउन नसकेको बताए । उनले छाडा चौपाया कुनैपनि राजनीतिक दलले सडकमा छाडेर निम्तिएको समस्या नभई आम नागरिकहरुमध्येबाटै दुध दुहेर खाइसकेपछि र खेत जोतिसकेर बुढो भएपछि छाडिएपछिको समस्या भएको बताए ।
छाडा चौपाया सडकमा छोड्नु नागरिकको गल्ती भएको बताउदै सिर्जत समस्याको समाधान गर्न नसक्नु नगरपालिकाको
कमजोरी रहेको बताए ।
हाम्रो राष्ट्रिय जनावर पनि गाई भन्छौ ती गाईलाई हामी हिन्दुले पुजा गर्छौ तिनै गाई सडकमा छोडेका छौ । उनले भने–हामीले हिन्दु हौ भन्न पनि लाज लाग्ने अवस्था आएको छ यसको समाधानका लागि सरकार र नागरिक उत्तिकै जिम्मेवार हुनुपर्छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh