ई – दिशानिर्देश

वित्तीय संस्थानहरुको विकास

३ पुष २०७९, आईतवार
वित्तीय संस्थानहरुको विकास

इतिहासको पानाबाट
समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –२३
वित्तीय संस्थानहरुको विकास
१. नेपाल औद्योगिक विकास कर्पोरेशन
(क) २०१७ सालभन्दा पहिलेको स्थिति
नेपालको प्रथम पंचवर्षीय योजना कालमा देशमा औद्यौगिक विकास सम्बन्धी अनुसन्धान र विकासको काम गर्न एउटा औद्योगिक विकास केन्द्रको स्थापना गरिएको थियो । देशमा निजी क्षेत्रमा औद्योगिक विकासको चेतना जगाउन वित्तीय सहायता तथा प्राविधिक सरसल्लाह समेत प्रदान गर्ने एउटा वित्तीय संस्थाको आवश्यकता महशूस गरी यही औद्योगिक विकास केन्द्रलाई नेपाल औद्योगिक विकास कर्पोरेशनमा परिणत गरिएको थियो । निजी क्षेत्रमा उद्योगहरूको स्थापना गर्न, सम्बद्र्धन गर्न तथा आधुनिकीकरण गर्न आवश्यक वित्तीय सहायता तथा प्राविधिक सरसल्लाह उपलब्ध गराउने उद्देश्यले रू. १.०० करोडको अधिकृत पूँजीमा २०१६ साल जेष्ठ १३ गते यस कर्पोरेशनको स्थापना गरिएको थियो ।
(ख) २०१७ देखि २०१९ सम्मको स्थिति
२०१६ सालको गतिहीन आर्थिक स्थितिमा स्थापना भएको यस संस्थाको गतिविधि २०१९ सालसम्म नगण्य थियो। औद्योगिक विकासको लागि आवश्यक पर्ने भौतिक आधारशिलाको नितान्त अभाव भएको र उद्योगधन्धा संचालन बारे ज्यादै सीमित ज्ञान र चेतना भएको नेपालको अति संकोचशील निजी क्षेत्रलाई उद्योगहरूको स्थापना तर्फ जागरुक
गराउनसम्म मात्र यस कर्पोरेशनले शुरू गरेको थियो ।
२०१९ साल सम्ममा कर्पोरेशनको भुक्तानी पूँजी रू ७६.० लाख र बाह्य सापटी रू. २.० लाख मात्र थियो । साधनको उपयोगतर्फ रू. ३४.० लाख कर्जा रू. १५.० लाखको शेयर लगानी र रू २.० लाखको कर्जाको ग्यारेण्टी प्रदान गरेको थियो ।
(ग) दोस्रो योजना अवधि मा ने. औ.बि.क.को स्थिति
दोस्रो योजनाको शुरू देखि यस कर्पोरेशनले केही मात्रामा पूँजी संकलन गरी लगानी गर्ने काम शुरू गरेको थियो । २०१९ । २० मा यसको कुल सम्पत्ति रू. १४९ करोड थियो जसमध्ये १.०० करोड भुक्तानी पूँजी (जुन पूर्णरूपले सरकारले प्रदान गरेको थियो ) रू २४ लाख विदेशी ऋण र बाँकी रू. २५ लाख अन्य सम्पत्ति ’ थियो। रू. १.४९ करोडको सीमित पूँजीमध्येबाट रू. ९१ लाख विभिन्न उद्योगलाई प्रत्यक्ष ऋण, ऋणको जमानत शेयर लगानी र औद्योगिक क्षेत्रमा लगानी गरिएको थियो । प्रत्यक्ष ऋणमात्र रू ७२ लाखमध्ये अधिकांश रकम उत्पादन गर्ने उद्योग तथा होटेल व्यवसायका लागि प्रदान गरिएको थियो । दोस्रो योजनाको अन्तसम्ममा यस कर्पोरेशनको कुल पूँजी उत्साहवर्द्धक रूपले बढी झण्डै दोब्बर (रू ३.७७ करोड पुगेको थियो । यसमध्ये भुक्तानी पुँजी रू ६२ लाख बढेर रू १.६२ करोड पुगेको थियो भने बाह्य ऋण धेरै गुणा बढी रू १.५८ करोड पुगेको थियो । यस वर्ष जम्मा पूँजीको अधिकांश रकम प्रत्यक्ष कर्जा र औद्योगिक क्षेत्रमा लगानी गरिएको थियो । यस अवधिमा पनि प्रत्यक्ष कर्जा रू २.१९ करोडमध्ये अधिकांश रकम उत्पादन उद्योग र होटललाई उपलब्ध गराइएको थियो ।
(घ) तेस्रो योजना अवधिमा ने. औ.वि.क.को स्थिति
तेस्रो योजनाको अन्त (२०२६।२७) सम्म ने. औ.वि.क.को कुल साधन २०२१।२२ को तुलनामा ११५.० प्रतिशतले उत्साहवर्द्धक वृद्धि भएर रू. ८.११ करोड पुगेको थियो। यसमध्ये भुक्तानी पूँजी ११२.० प्रतिशतले बढेर रू. ३.४४ करोड र विदेशी ऋण ७७.२ प्रतिशतले बढेर रू. २.८० करोड पुगेको थियो। कुल साधनमध्ये अधिकांश रकम प्रत्यक्ष कर्जाको रूपमा उपलब्ध गराइएको थियो । तेस्रो योजनाको अन्त्यसम्ममा उठाउन बाँकी ऋण रू. ४.२४ करोडमध्ये ४५.० प्रतिशत उत्पादन उद्योगका लागि २७.१ प्रतिशत होटलको लागि र बाँकी २७.९ प्रतिशत यातायात, विद्युत्, सेवा आदि अन्य प्रयोजनका लागि गएको थियो । क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh