ई – दिशानिर्देश

अरुलाई बचाउने सर्तमा

१७ पुष २०७९, आईतवार
अरुलाई बचाउने सर्तमा


बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

०६२/१०/१७ बैतडी

खै म के भनु
को राम्रो को नराम्रो
म भन्न सक्दिन तर
तर

भन्न सक्छु
गर्न डराउनेलाई नमार्नोस
तर मार्नैपर्छ भने
मार तर,
कसलाई
अरु कसैलाई होइन,
सबैलाई बचाउने बाचा गरी मार
मार,
मलाई मार
तर
बचाई देउ
बचाई देउ
मर्न डराउनेलाई बचाई देउ
मार तर मार
केवल
मलाई मात्र मार
सबैलाई बचाई दिने भए
मार केवल मलाई मार,
म आज
तिम्रा सबै अधिकार खोसी रहेको छु
हो हुन सक्छ होला
तिमीलाई मार्ने अधिकार
तर
त्यो अधिकारको हनन् गर्दछु
हनन् गर्न आह्वान गर्दछु
त्यसैले तिम्रा अधिकार प्रयोग गर
केवल मै माथि प्रयोग गर
बरु
मार्नै पर्ने भए मार सबैलाई बचाई दिने भए
हो मार
म लेखक
आफै म बलदेवलाई मार
तर
नमारी देउ अरुलाई
किनभने
कोही छैन रिसालु कोही छैन विरोधी
ति मर्नेहरु अडिग छ
सपथ ग्रहणमा अडिक छन
परिवारको पालन पोषणमा
सबै
ति निस्वार्थ लालाईत छन
तसर्थ बचाई देउ,
ए बन्दुकधारीहरु हो
बचाई देउ निहत्ता निस्वार्थीलाई
बस मार
म स्वार्थीलाई मार
म सहन्छु
तर
तर
म कसरी सहु
सहन सक्तिन
म देख्न सक्दिन टिष्टा र कागडाका
योद्धालाई मारेको

म सहन सक्तिन
त्यसैले अरुलाई बचाउने भए
बरु मार
म म लेखकलाई मार
म सहन्छु
मैले मात्र होइन मेरो पवित्र भन्न नसकेनि
अपवित्र भन्न नसकिने
मेरो
यदि
टुलु टुलु हेरी रहने
निरिह आत्माले सहनेछ
अनि त्यो निरिह आत्माले
निश्चय पाउनेछ
शान्ति शान्ति पाउनेछ
आज यो देश बोकाझै सप्रेको छ,
बोका सप्रेका संकेतहरु देखिएका छन,
दिल्लीको कब्रस्थापनमा ढोग्नेहरु
महात्मा र नेहरुमा फुलमाला चढाउनेहरु,
हाम्रा राष्ट्र निर्माता पृथ्वीका शालिक तोडी रहेका छन,
विश्व परिचित नेपाल तारा महेन्द्रका शालिक तोडि रहेका छन,
महेन्द्रका नाम निसानी मेटाई रहेका छन
तर,
दिल्ली पुगेर नेहरु महात्माका समाधीमा सिर झुकाई फुल चढाउँछन
नेपालीलाई न्यायबाट बन्चित गराई रहेका छन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh