ई – दिशानिर्देश

सभासदहरुको महाभुल

२३ बैशाख २०७४, शनिबार
सभासदहरुको महाभुल

नेपालमा राजनेताको उदय हुन नसक्नु सारा नेपाली जनताको चिन्ताको विषय रहेको छ कारण विश्वासमा रहेर आफ्नो नेतालाई छान्न सकेन । हामीले हाम्रा सभासदहरुले न्यायपूर्ण काम गर्छन भनि ठानेका थियौं तर उनी त साधारण निमुखा जनता भन्दा पनि गरिब रहेछन् । राणा शासनको समयमा गाउ“ गाउ“मा ठालुहरु हुन्थे ।

सानो कुनै मन गण्ढन्ते अपराध लगाएर ठालुहरुका कार्यकर्ताले जनताका लिफा लिने काम गरी अन्तमा त्यो लिफा फिर्ता माग्न मागे जति खर्च दिनु पथ्र्याे, अनि फिर्ता पाउथे तर आज हाम्रा सभासदहरु त्यस बेलाका जनता भन्दा पनि तल्लो स्तरमा रहेछन् भन्ने ज्ञात भयो । आफ्नो पार्टी प्रमुखलाई आफ्नो लिफा दिनु र सभासद माथि नेताहरुले पनि विश्वासघात गर्नु अपराध हो कि होइन ? आज प्रचण्ड र देउवालाई लिफा दिने सभासदहरु भोली मोदीलाई आफ्नो लिफा नदेलान भन्ने ग्णरेन्टी के छ ?

आजका जस्ता सभासहरुले सिक्किमिकरण गर्ने छैनन् भन्ने विश्वास जनताले कसरी गर्ने ? कुनै पनि दलाललाई आफ्नो लिफा दिनु भनेको नेपालको निसान मेटाउने अभ्यास हो । अर्काे कामको लागि लिएको लिफा प्रचण्ड र देउवाले अर्कै काममा प्रयोग गरेको भन्ने सभासदहरुको निरिहताले जनतालाई स्तब्ध बनाएको छ । यस्ता सभासदहरुको भनाई सुनेपछि सारा नेपालीले आफ्नो मनोबल मात्र होइन विश्वास गुमाउन खोजेका छन् । पार्टीका नेता प्रमुखहरुले आफ्ना पार्टीका सभासदहरुको लिफा लिई राख्ने र पछि गएर हस्ताक्षरको दुरुपयोग गर्नाले शंका उत्पन्न भएको छ । त्यस्तै कृते र लिफा दस्ताखतबाट त कतै नेपालको संविधान २०७२ को निर्माण भएको त होइन ?

आज सर्वाेच्च अदालत माथि हमला भएको छ । सभासदहरुको दस्तखत प्रधान न्यायाधीश सम्माननिय सुशिला कार्की तथा अख्तियार प्रमुख माथि प्रयोग गराएका छन् । जे जति घृणित कार्य सरकार र सभासदहरु गर्दै जान्छन् त्यसमा यो देशको लागि सत्ता छोडी सत्ता बाहिर रहेका राजा ज्ञानेन्द्रलाई बेसर्मीहरु दोष दिइ रहनुमा झन् असक्षमता प्रकट भइ रहेको छ ।

प्रधान सेनापति तथा प्रधान न्यायाधीश माथि यस तरिकाको आक्रमण गर्नु प्राकृतिक न्याय संगत छैन । ६ सय १ जनाको संख्या आजको आवश्यकता छैन । त्यसकारण जे जतिको संख्या संविधानमा रहेको छ बा“कीलाई कुनै प्रक्रिया मिलाएर हटाउनु प¥यो । सभासदहरुका नक्कली दस्तखत सभामुख वा सरकारमा पेश गर्नु पनि अपराध हो ।

यसरी लिफा लिई लिफाको दुरुपयोग गर्ने माथि कारवाही गर्नुपर्छ । धेरै झकडियाहरु आफ्नो सुविधाको लागि मुद्दाको पैरवी गर्न अधिवक्ताहरुलाई आफ्नो लिफा दिएका हुन्छन् र त्यस्ताहरु वर्षाै सम्म पनि वकिल संगै हुन्छन् । यदि दुरुपयोग गर्ने भए जे पनि गर्न सक्थे । वकिलहरुले वकिल सित रहेको नैतिकताले जनतामा विश्वास जगाएको छ । त्यस्तै वकिलहरुको संलग्नताबाट सर्वाेच्च अदालतको गठन भएको हो । सभासद पनि धेरै जसो वकिल पेशाबाट बनेका छन् । उनीहरुले सभासदहरुलाई किन सुझाव दिदैनन् कि मान्दैनन् ।

सुतिरहेको बाघलाई ढुङ्गा हानी जिस्क्याए जस्तो गर्नु आपत्तिजनक हो । कहिले अदालतलाई दोष दिएर, कहिले सत्ता छोडेका राजा ज्ञानेन्द्रलाई दोष दिएर चोखिन खोज्नेहरुले आफ्नो क्रियाकलाप हेर्नु प¥यो । यो देशमा आगो लगाउने अदालत र अख्तियार होइन स्वार्थी नेताहरु हुन् । नेताहरुले गरेको भ्रष्टाचार लुकाउन कै लागि खेलेका खेलहरु समग्रमा समस्त जनतालाई थाहा भइसकेकोले अब प्रधान न्यायाधीश माथि महाअभियोगको प्रस्ताव राख्नेले सत्ता र सांसद पद छोड्नु नै बेस हुनेछ । सभासदहरुले ध्यान दिनु पर्ने कुरा के छ भने बल छ अधिकार छ भन्दैमा तपाई सत्ता छोडि दिनोस् भनी राजालाई भन्दा हुन्छ म छोडी दिन्छु तपाई गर्नुस् भन्ने महान विचारक कोही छैन । सर्वाेच्च अदालत र भ्रष्टाचार नियन्त्रण गर्ने संबैधानिक अंग माथि भएको हस्तक्षेप कोही कदापि सहन सकिदैन ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh